मेलुङमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक गाउँपालिकालाई

4 weeks ago/Sunday, November 17th, 2019

मेलुङ (दोलखा), १ मंसिर ।

दोलखाको मेलुङ गाउँपालिकामा सम्पन्न अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाले जितेको छ ।

अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा तामाकोशी गाउँपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपालिकाले उपाधी हाँसिल गरेको हो । हारसँगै तामाकोशी गाउँपालिकाले उपविजेतामा चित्त बुझाएको छ । यसैगरी विगुलाई पराजित गर्दै गौरीशंकर गाउँपालिकाले प्रतियोगिताको तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगिताका विजेताहरुलाई आजै एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा प्रथम हुने कालिञ्चोकले ८० हजार, द्धितीय हुने तामाकोशीले ६० हजार, तृतीय हुने गौरीशंकरले ४० हजार र सान्तवना हुने विगु गाउँपालिकाले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा तामाकोशी गाउँपालिकाका नारायण चौलागाई वेष्ट डिफेण्डर, तामाकोशीकै सुरेश खड्का वेष्ट ब्लकर, कुमार कार्की वेष्ट सर्भर, कालिञ्चोकका कृष्ण थापा वेष्ट स्पाइकर, कालिञ्चोकै हरिवंश बुढाथोकी वेष्ट सटर र सोही टिमका विजयराज बस्नेत उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडीहरुलाई पनि जनही नगद एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका विजेताहरुलाई आयोजक मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो ।

मेलुङ गाउँपालिकाको आयोजनामा कात्तिक २९ गतेदेखि सुरु भएको प्रतियोगितामा दोलखाका ६ सहित ७ टिमको सहभागिता थियो ।

१ मंसिर, २०७६ । ७ः१० बजे प्रकाशित ।

VIEWS: 5470 पटक हेरीएको
error: Content is protected !!