मेलुङ गाउँपालिकामा कोरोना संक्रमण तिव्र, जनतादेखि जनप्रतिनिधि समेत संक्रमित

2 weeks ago/Monday, June 7th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), २४ जेठ ।

दोस्रो लहरको कोरोना अन्तर्गत लामो समयसम्म संक्रमित फेला नपरेको मेलुङ गाउँपालिकामा हाल सबै वडामा कोरोना फैलिएको छ ।

पछिल्लो दुई साता यता मेलुङमा धमाधम संक्रमितहरु फेला परेका हुन् । अहिले दोलखा जिल्लाको ७ गाउँपालिकामध्ये तामाकोशी गाउँपालिकामा सबैभन्दा बढी संक्रमित रहेका छन् भने त्यसपछि विगु गाउँपालिका र मेलुङ गाउँपालिकामा बढी सक्रिय संक्रमित रहेका छन् । पछिल्लो पटक मेलुङ गाउँपालिकाको पनि गाउँ/गाउँमा कोरोना संक्रमित थपिँदै गएसँगै पालिकाको ७ वटै वडाहरुका गरी सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ । पहिलो लहरको कोरोना माहामारीमा कम जोखिम र कम संक्रमित फेला परेको मेलुङ गाउँपालिकामा कोरोनाको दोस्रो लहर अन्तर्गत पछिल्लो समय धेरै संक्रमितहरु फेला परेका छन् । पालिकामा पालिका अध्यक्षदेखि उपाध्यक्षसम्मलाई कोरोना संक्रमण भएको छ । यसअघिनै कोरोना संक्रमण भएर उपाध्यक्षले स्वास्थ्य लाभ लिएपनि केही दिन अघि संक्रमित भएका अध्यक्ष होम आइसोलेसनमा रहेका छन् । दोस्रो लहर अन्तर्गत मेलुङ गाउँपालिकामा अहिलेसम्म १ सय १८ जनामा कोरोना देखिँदा करिब ३६ जनाले स्वास्थ्य लाभ लिएको पालिकाका स्वास्थ्य संयोजक हरिराम चापागाईले जानकारी दिनुभयो ।

पालिकाको ७ वटा वडामध्ये सबैभन्दा बढी वडा नम्बर ५ मा २८ जना, वडा नम्बर ७ मा २७ जना र वडा नम्बर १ पवटीमा १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हालसम्म वडा नम्बर २ मा २ जना, ३, ४ र ६ मा ६/६ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार अर्थात यही जेठ १९ गते मात्रै डाँडाखर्कमा एकै पटक २८ जनामा कोरोना पुष्टि भएको थियो । अझै पालिकाभित्र ४५ जना कोरोनासँग मिल्दोजुल्दो र कोरोना संक्रमितको सम्पर्कमा रहेका बिरामीहरु रहेका छन् । हाल पालिकामै कन्ट्रयाक ट्रेसिङ र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको एन्टिजीन परिक्षण हुँदै आएको छ ।

दोस्रो लहरको कोरोना अन्तर्गत लामो समयसम्म संक्रमित फेला नपरेको मेलुङ गाउँपालिकामा हाल सबै वडामा कोरोना फैलिएको छ पछिल्लो दुई साता यता मेलुङमा धमाधम संक्रमितहरु फेला परेका हुन् । पालिकाको ७ वटा वडामध्ये सबैभन्दा बढी वडा नम्बर ५ मा २८ जना, वडा नम्बर ७ मा २७ जनामा र वडा नम्बर १ पवटीमा १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हालसम्म वडा नम्बर २ मा २ जना, ३, ४ र ६ मा ६/६ जनामा कोरोना पुष्टि भएको छ । अझै पालिकाभित्र ४५ जना कोरोनासँग मिल्दोजुल्दो र कोरोना संक्रमितको सम्पर्कमा रहेका बिरामीहरु रहेका छन् । हाल पालिकामै कन्ट्रयाक ट्रेसिङ र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको एन्टिजीन परिक्षण हुँदै आएको छ ।

यसबीचमा पालिकामा कोरोना नियन्त्रणका लागि विभिन्न अभियानहरु सञ्चालन भइरहेका छन् । शनिबार र आइतबार गरी जिल्ला समन्वय समिति दोलखाका सदस्य एवम् समाजशेवी विदुर शर्माको नेतृत्वमा खटिएका डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीले १ सय ३३ जना कोभिड र ननकोभिड बिरामीलाई परामर्श तथा स्वास्थ्य उपचार सेवा दिएको छ । पालिकाभरका ८८ जना कोरोना संक्रमित र करिब ४५ जना कोरोना नभएको तर, कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका र कोरोना संक्रमितको सम्पर्कमा रहेका बिरामीहरुलाई वडा–वडामै गएर परामर्श तथा उपचार सेवा दिइएको मेलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । गाउँमा कोरोना माहामारीको रुपमा फैलिएपछि गृहगाउँ मेलुङ गाउँपालिका ३ घ्याङसुकाठोकर रहेका समाजशेवी विदुर शर्मा २ जना डाक्टर र एक जना नर्श सहित संक्रमितको घरदैलोमा पुगेका थिए । सो अभियानमा पालिकाका प्रवक्ता एवम् वडा ३ का अध्यक्ष हिरा थोकर र वडा ७ का अध्यक्ष नवराज खड्का पनि टोलीसँगै खटिएका थिए ।

यस्तै, यसअघि केही दिन अघि मात्रै मेलुङ गाउँपालिका वडा नम्बर ६ को विपद् व्यवस्थापन समितिले पालिकाभरका स्वास्थ्यचौकीहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको थियो । वडा ६ का वडाध्यक्ष कुशुम लामाको नेतृत्वमा रहेको विपद् समिति मार्फत मेलुङ स्वास्थ्यचौकीलाई ५ वटा आइसोलेसन वेड र ३ वटा अक्सिजन सिलिण्डर, मेलुङ १ पवटीमा २ वटा आइसोलेसन बेड र २ वटा अक्सिजन सिलिण्डर सहित पिपिई ५ थान र सेनिटाइजर, मास्क लगायतका सुरक्षाका स्वास्थ्य सामाग्री वितरण भएको छ ।

यस्तै, मेलुङ स्थायी घर भएका नेपाली कांग्रेस दोलखाका युवा नेता बर्मा लामाको पहलमा जापानमा रहेका शम्भु केसीको नेतृत्वमा गौरीशंकर बिजनेश ग्रुप दोलखा जापानबाट ६ वटा सिलिण्डर विपद् व्यवस्थापन समतिलाई उपलब्ध भएको छ । सो समितिले गौरीशंकर बिजनेश ग्रुप दोलखा जापानबाट प्राप्त सिलिण्डर र समितिको तर्फबाट २ वटा आइसोलेसन वेड, माक्स, सेनिटाइजर लगायतका अन्य स्वास्थ्य सामाग्री पछिल्लो पटक एकै पटक २८ जना कोरोना संक्रमित फेला परेको वडा नम्बर ५ लाई हस्तान्तरण गरेको वडाध्यक्ष कसुम लामाले जानकारी दिनुभएको छ ।

२४ जेठ, २०७८ । २ः३० बजे प्रकाशित ।

VIEWS: 1750 पटक हेरीएको
error: Content is protected !!