गाउँपालिकाले समयमै बजेट निकाशा नदिई खाता रोक्का गरेकाले बेरुजु देखिएको त्रिभुवन माविको दावी

1 week ago/Monday, July 27th, 2020

जिरी (दोलखा), १२ साउन ।

दोलखाको मेलुङ गाउँपालिकास्थित त्रिभुवन मावि मेलुङले गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा बजेट निकाशा गरी खाता रोकेको कारण विद्यालयको नाममा बेरुजु रकम देखिएकोे जनाएको छ ।

बिद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले हिजो विज्ञप्ती जारी गरी गाउँपालिकाकै कारण विद्यालयको नाममा १ करोड ५० लाख रकम बेरुजु देखाएको बताएका हुन् । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५७ औं प्रतिवेदनमा संघीय सरकारबाट आएर मेलुङ गाउँपालिकाले विद्यालयलाई दिएको रकम बेरुजु देखिएको छ । समयमै विलभरपाई पेश नभई फ¥र्याेट नहुँदा सो रकम बेरुजु देखिएको हो । त्रिभुवन मावि २०७३ साल असार १५ गते साविकको शिक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट नमुना विद्यालय विकासको रुपमा छनौटमा परेको थियो । सो निर्णयपछि नमुना विद्यालयको रुपमा विकास गर्न गुरुयोजना (डिपिआर) तयार गरी स्वीकृत भएपछि अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट कार्यक्रम कार्यन्वयन गर्न ससर्त अनुदान अन्तर्गत संघीय सरकारबाट १ करोड ५० लाख रुपैंया बजेट पालिकामा आएको थियो । पालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले २०७५ साल चैत २१ गते स्थानीय तहलाई गरेको परिपत्र अनुसार २०७६ साल बैशाख अन्तिममा ५० लाख निकासा दिइएको र बाँकी १ करोड असार मसान्तसम्म विद्यालयको नाममा निकाशा गरी विना जानकारी गाउँपालिकाले खाता रोक्का गरेको विद्यालयले जनाएको छ । पालिकाले असार मसान्तमा मात्रै रकम निकाशा गरी खाता रोक्का गरिदिएको र पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको फेरबदल सँगै आवश्यक कागजात सहित पटक–पटक रकम निकाशाको लागि पहल गर्दा समयमा फुकुवा नदिई आलटाल गरेर ढिला गरेको तथा अझै २० लाख रकम रोक्का रहेको विद्यालयले जनाएको छ ।

महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५७ औं प्रतिवेदनमा संघीय सरकारबाट आएर मेलुङ गाउँपालिकाले विद्यालयलाई दिएको रकम बेरुजु देखिएको छ । बिद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले हिजो विज्ञप्ती जारी गरी गाउँपालिकाकै कारण विद्यालयको नाममा १ करोड ५० लाख रकम बेरुजु देखाएको बताएका छन् । समयमै विलभरपाई पेश नभई फ¥र्याेट नहुँदा सो रकम बेरुजु देखिएको हो । पालिकाले असार मसान्तमा मात्रै रकम निकाशा गरी खाता रोक्का गरिदिएको र पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको फेरबदल सँगै आवश्यक कागजात सहित पटक–पटक रकम निकाशाको लागि पहल गर्दा समयमा फुकुवा नदिई आलटाल गरेर ढिला गरेको तथा अझै २० लाख रकम रोक्का रहेको विद्यालयले जनाएको छ ।

त्रिभुवन माविले विद्यालयको गुरुयोजना अनुसार भौतिक संरचनामा ७५ प्रतिशत, शैक्षिकमा २५ प्रतिशत र व्यवस्थापनमा १० प्रतिशत खर्च गर्न पाउने व्यवस्था अनुसार ८ कोठाको प्राविधिक स्टिमेट अनुसार ९९ लाख ४३ हजारको लागतमा शैक्षिक भवन निर्माण भएको, विज्ञान प्रयोगशाला निर्माण गरिएको, सिसिटीभी जडान र व्यवस्थापन, पुरानो भवन वायरिङ तथा नेटवर्किङ व्यवस्थापन, विद्यार्थी फन कर्नर निर्माण तथा सामाग्री खरिद, कार्यालय व्यवस्थापन, परिक्षा व्यवस्थापन कक्ष निर्माण, पुस्तकालय व्यवस्थापन लगायत विभिन्न शैक्षिक गतिविधिमा रकम खर्च भएको  बताएको छ । संघीय सरकारबाट आएको सो रकम विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्रचलित नियम, कानुन, विधि र प्रक्रिया अनुसारनै खर्च गरिएको र कानुन सम्मत भएको विद्यालयको दावी छ । साथै, बजेट समयमा निकाशा नभएकै कारण बेरुजु देखिएको बताएको त्रिभुवन माविले विद्यालयलाई दोषी देखाई विद्यालयले बेरुजु राखेको र गत आर्थिक वर्ष २०७६/७७ को बजेट फिर्ता गरिएको भन्ने कुरा पालिकाबाट प्रचार भएको भन्दै आपत्ति समेत जनाएको छ ।

केही दिन अघि मात्रै त्रिभुवन मावि मेलुङको शैक्षिक पूर्वाधार विकासका लागि आएको बजेट फ्रिज गराएको भन्दै मेलुङ गाउँपालिकामा तनाव भएको थियो । संघीय सरकारवाट नमूना बिद्यालय घोषणा भएको सो बिद्यालयका लागि गत आर्थिक बर्ष २०७६/७७ मा पनि डेढ करोड बजेट खर्चको अख्तियारी आएको थियो । तर, बिद्यालयको रकम फ्रिज गएपछि गाउँपालिकाले रकम फ्रिज गराएको भन्दै गत बुधवार गाउँपालिकाका जनप्रतिनिधिवीच नैं हात हालाहालको स्थिती पैदा भएको थियो भने शिक्षक, बिद्यार्थी र अभिभावकले गाउँपालिकाको कार्यालय घेराउ समेत गरेका थिए ।

विवाद पछि मेलुङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिस्वकर्माले त्रिभुवनमावि मेलुङका लागि सँघीय सरकारवाट गत आर्थिक बर्ष २०७६/७७ मा गाउँपालिकामा निकासा भई खर्च हुन नसकेर फ्रिज गएको १ करोड ५० लाख बजेट चालु आर्थिक बर्षको मंसिर सम्म ल्याउन पहल गरी कार्य सँचालन गर्ने र सम्भवन भए गाउँपालिकाकै बजेटवाट २०७७ साल मँंसिर मसान्तभित्र सोधभर्ना गरी अघि बढाउने प्रतिवद्धता सहितको पत्रमा हस्ताक्षर गरेका थिए । २००७ सालमा स्थापना भएको त्रिभुवनमावि जिल्लाकै दोस्रो पुरानो बिद्यालय हो ।

१२ साउन, २०७७ । १२ः०० बजे प्रकाशित ।

VIEWS: 1820 पटक हेरीएको
error: Content is protected !!