मेलुङ गाउँपालिकाले १८ लाखमा खरिदगरी अनुदानमा बितरण गरेका वोयर जातका बोका धमाधम मर्दै

2 months ago/Thursday, July 22nd, 2021

दोलखा, ७ साउन ।

दोलखाको मेलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा वितरण गरेको बोयर बोका १० दिन नबित्दै मरेको छ भने केही बिरामी परेका छन् ।

मेलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा वितरण गरेको २४ ओटा बोयर बोकामध्ये दुईवटा १० दिन नपुग्दै मरेको हो भने केही बिरामी परेका हुन् । गाउँपालिकाले असार २१ गते बितरण गरेको २४ वटा मध्ये वडा नम्बर १ र वडा नम्बर ३ का किसानको एक एक वटा गरी दुईवटा बोका मरेको किसानहरुले बताएका छन् । मेलुङ गाउँपालिका १ पवटीका अम्बर बहादुर बुढाथोकी र दिल्ली बहादुर बुढाथोकीको बोका भने बिरामी परेको छ । मेलुङ गाउँपालिका १ पवटी भीमथान काब्रेकी पवित्रामाया लिम्बुले बोका ल्याएको भोली पल्ट बाट नै सिगान बगिरहने, खोकी लाग्ने र झोक्राईरहने समस्या देखिएको जानकारी दिनुभयो । उहाँले बोका बिरामी भएपछि प्राबिधिकको सल्लाहमा औषधी खुवाउँदापनि नियन्त्रणमा नआएर १० दिनमै मरेको बताउनुभयो । गाउँपालिकाले पठाएको प्रिमियम ईन्सुरेन्स कम्पनिले बिमाको ट्याग लगाएर बिमा रकम समेत लिएपनि बिमा दाबी गर्न नमिल्ने भनेर फर्काएको उहाँको भनाई छ । बिमाबापत १२ सय ५० रुपैयाँ समेत तिरेको उहाँले बताउनुभयो ।

दोलखाको मेलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा वितरण गरेको बोयर बोका १० दिन नबित्दै मरेको छ भने केही बिरामी परेका छन् । संघीय सरकारको १५ लाख र किसानहरुको ३ लाख गरी १८ लाख लागतमा खरिद गरि प्रति किसानलाई एउटाका दरले एउटै वडामा ३ देखि ४ वटा सम्म बोयर क्रस जातको बोका वितरण गरिएकोमध्ये दुईवटा मरेको हो ।

मेलुङ गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष हिरा थोक्करले हावापानी नमिलेका कारण दुई वटा बोका मरेको बताउनुभयो । यद्यपी अहिले गाउँपालिकाले विरामी बोयर बोकाको उपचारका लागि प्राविधिकको टोली खटाइसकेको उहाँले बताउनुभयो । संघीय सरकारको १५ लाख र किसानहरुको ३ लाख गरी १८ लाख लागतमा खरिद गरि प्रति किसानलाई एउटाका दरले एउटै वडामा ३ देखि ४ वटा सम्म बोयर क्रस जातको बोका वितरण गरिएकोमध्ये दुईवटा मरेको मेलुङ गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलुङ गाउँपालिका वडा नम्बर १, ४ र ६ का किसानलाई ४÷४ वटा र २, ३, ५ र ७ मा ३÷३ वटा दरले वितरण गरिएको हो । प्रतिबोका ६२ हजार ५ सय रुपैयाँमा खरिद गरिएको बोयर बोका एकजना किसानको १५ हजार ६ सय २५ रुपैयाँ परेको छ । बोयर क्रस प्रजातिको बोकाको मासु एक केजिको २५ सय देखि ३ हजार सम्म बजार मुल्य पर्ने गर्ने उहाँको भनाई छ । किसानहरुले भने प्रजननका लागि सो बोका ल्याएका हुन् । दुई वटा मरेपनि अरु सबै स्वस्थ रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बाख्राको साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम अन्तर्गत प्रजननका लागि सो बोका खरिद गरी बोयर बोका अनुदानमा वितरण गरेको हो । किसानहरुले सो बोकामा बोयरमा हुनुपर्ने गुण समेत नभएको बताएका छन् ।

मेलुङ गाउँपालिकाले बोयर बोकाको विमाका लागि पठाएको प्रिमियम ईन्सुरेन्स कम्पनिले बिमाको ट्याग लगाएर बिमा रकम समेत लिएपनि बिमा दाबी गर्न नमिल्ने भनेर फर्काएको किसानहरुले बताएका छन् । किसानले बिमाबापत १२ सय ५० रुपैयाँ समेत तिरेका थिए । किसानहरुले सो बोकामा बोयरमा हुनुपर्ने गुण समेत नभएको बताएका छन् ।

यद्यपि शाखा प्रमुख श्रेष्ठले भने किसानहरुको भनाईको खण्डन गर्दै झापाबाट टेण्डरमार्फत खरिद गरिएको सो बोका ६२ देखि ७५ प्रतिशत बोयर क्रस भएको दाबी गर्नुभयो । तराईबाट ल्याएको हुनाले किसानहरुले बिशेष सावधानी अपनाउनुपर्ने भएपनि त्यसो हुन नसक्दा दुई वटा बोका मरेको उहाँको भनाई छ । शाखा प्रमुख श्रेष्ठले बोयर बोकालाई अरु पशुबाट अलग राखि २१ दिनसम्म क्वारेन्टाईनमा राख्न किसानहरुलाई आग्रह गरी एकथरी औषधी खुवाउन र केही औषधी आफै खरिद गर्न सल्लाह दिएर पठाएपनि किसानहरुबाटै बिशेष ख्याल गर्न नसक्दा समस्या भएको बताउनुभयो ।

गाउँपालिकाले बिमा गरिदिएपनि त्यसको १६ दिनपछि मात्रै दाबी गर्न मिल्ने भएपनि १० दिनभित्रै मरेकाले तत्काल बिमा दाबी गर्न नमिल्ने उहाँको भनाई छ । किसानहरुले गाउँपालिकाले प्रिमियम ईन्सुरेन्समार्फत बिमा गरिदिने भन्दै बोकाको कानमा ट्याग समेत लगाईदिए पनि बिमा दाबी गर्न नपाउँदा आफ्नो लागानी माटोमा मिलेको दुखेसो पोखेका छन् ।

७ साउन, २०७८ । ७ः०० बजे प्रकाशित ।

 

VIEWS: 3665 पटक हेरीएको
error: Content is protected !!