यसरी आफ्नै सँरक्षकवाट एक बर्षदेखि बलात्कारको शिकार भईन् १४ बर्षिया बालिका

1 week ago/Wednesday, July 10th, 2019

दुर्गा बस्नेत ।

दोलखा २५ असार ।

सुन्दा हामीलाई अपत्यारिलो लाग्न छ, तर यो सत्य घटना हो । दोलखाको जिरी नगरपालिका वडा नम्बर ४ मा १४ वर्षिया बालिका आफ्नै संरक्षकबाट पटक–पटक बलात्कारको शिकार बनेकी छन् ।

कक्षा ७ मा अध्ययनरत वालिका आफ्नै संरक्षक जिरी नगरपालिका वडा नम्बर ४ का ४९ वर्षिय शान्ति बिर जिरेलबाट बलात्कृत भएकी हुन् । सिन्धुपाल्चोकको साविकको ठोकर्पा गाविस घर भएकी ति वालिका आमाले दोस्रो विवाह गरेपछि आमासँगै जिरी नगरपालिका वडा नम्बर ३ मा आएकी थिइन् । उनकी आमाले दोस्रो विवाह गर्दा उनी र उनका भाईलाई सँगै लिएर आएकी थिइन् । सिन्धुपाल्चोकमा घर भएपनि काठमाडौमा बस्दै आएका उनीहरुलाई आमाले दोस्रो विवाह गरेपछि आर्थिक समस्याले सताउन थालेको थियो । सानोबुवाको खटनपटन र आमाको अर्को पट्टीको सन्तान जन्मिएपछि उनीहरुलाई आर्थिक समस्याले निकै सताउन थाल्यो ।

यसरी भएको थियो घटना

यसै क्रममा जिरी नगरपालिका वडा नम्बर ४ स्थायी घर भएका शान्ति बिर जिरेलले बालिकाको पालनपोषण र शिक्षा सहितको जिम्मेवारी लिने र छोरीको रुपमा पालनपोषण गर्ने भन्दै सँरक्षकत्व दिने प्रस्ताव गरे । नाताले बहिनी ज्वाई पर्ने शान्ति बिरले गरेको प्रस्ताव राम्रो लागेपछि ति महिलाले ११ बर्षकी छोरीलाई उनको जिम्मा लगाएर पठाएकी थिईन् । कक्षा ५ सम्म सौतेनी बुबाकै घरमा बसेर बढेकी वालिकालाई कक्षा ६ देखि पढाई खर्च सवै व्यहोर्ने सहित शान्ति जिरेलकै घरमा बस्नेगरी आमाले पठाएकी थिइन् । तर उनी त्यहाँ गएपछि बलात्कारको शिकार बन्न पुगिन् । अहिले कक्षा ७ मा अध्ययनरत १४ वर्षिया वालिका एक वर्षदेखि बलात्कारको शिकार बन्न पुगेकी हुन् । बालिकाका अनुसार उनलाई शान्ति बिरले संवेदनशील अङ्गमा छुटे र श्रीमती घरमा नभएको समयमा बलात्कार गर्ने गर्दथे ।

रेडियोबाट जानकारी पाएर गरिन हेल्प लाइनमा फोन

उनले यो पीडा विगत एक वर्षदेखि कसैलाई भन्न सकिनन् । भनुन् पनि कसलाई ? न उनीसँग आफुलाई जन्मदिने आमा साथमा थिइन् न त बुवा नैं । पछिल्लो पटक यही जेठ २१ गते राति खाना खाएर सुतेको समयमा पनि उनी शान्तिविर बाट बलात्कृत भइन् । श्रीमति नभएको समयमा विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने शान्तिविरको अत्याचार सहन नसकेर उनले काठमाण्डौं स्थित बाल ‘हेल्प लाइन’ को १०९८ मा फोन गर्ने आँट गरिन् । प्राय रेडियो सुन्ने गरेकी ति बालिकालाई बाल हेल्प लाईनको नम्बर रेडियोबाटै जानकारी भएको थियो । बाल हेल्प लाईनमा फोन गर्दा ति बालिकाले आमाको मोवाईल प्रयोग गरेकी थिईन् । हेल्प लाइनमा आफु बलात्कारको शिकार भएको कुरा राखीसकेपछि ति बालिकालाई अधिकारकर्मीले उद्धार गरेर सदरमुकाम चरिकोट ल्याएका थिए ।
निरन्तर बलात्कारको शिकारबाट पीडित बालिका अहिले चरिकोट स्थित आवाज नेपालको संरक्षणमा छिन् । बलात्कारको आरोपमा पक्राउ परेका शान्तिविरलाई दोलखा जिल्ला अदालतको आदेश वमोजिम एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरको छ । यद्यपी जिरेलले आफुले बालिकालाई बलात्कार नगरेको तर संवेदनशिल अंगमा छोएको मात्रै भनेर बयान दिएका छन् । तर अस्पतालको रिर्पोटले भने वालिकामाथि बलात्कार भएको पुष्टि गरीसकेको छ ।

कस्तो सजाय हुन्छ पीडकलाई ?

मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार १४ बर्ष वा १४ देखि १६ बर्ष उमेर समूहका बालिकालाई बलात्कार गरेमा १२ देखि १४ बर्षसम्म कैद सँजाय हुने कानूनी व्यवस्था छ । साथै, आफ्नो सँरक्षणमा रहेकी बालिकालाई बलात्कार गरेमा थप ३ बर्ष कैद सँजाय हुनेछ ।
दोलखामा एक पछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भईरहेका छन् । यसअघि पनि आफ्नै बाबुले छोरीलाई, काकाले भतिजीलाई बलात्कार गरेको घटना सार्वजनिक भईसकेका छन् । जिल्लामा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १३ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये ५ जना आफन्तबाटै बलात्कृत भएका छन् । यस्तै जवरजस्ती करणी उद्योगका तीन वटा घटना भएकोमा एउटा घटना आफन्तबाटै भएको छ । जिल्लामा चालु वर्ष दुई वटा बाल यौन दुरुपयोगका घटना पनि भएका छन् ।

गत आर्थिक वर्षमा जवरजस्तीकरणीका १२ वटा घटना भएको थियो भने जवरजस्ती करणी उद्योगका १० वटा घटना भएको थियो । यो तथ्यांकलाई हेर्दा जिल्लामा गत वर्षको तुलनामा जवरजस्ती करणीका घटना बढेको र जवरजस्ती करणी उद्योगको घटनामा कमी आएको देखिएको छ ।

२५ असार, २०७६ । ९ः २० बजे प्रकाशित ।

VIEWS: 2930 पटक हेरीएको
error: Content is protected !!