यसरी बढाउँदैछ बिप्लव नेतृत्वको नेकपाले दोलखामा राजनीतिक गतिविधि

2 months ago/Monday, July 19th, 2021

सिर्जना थापा (खड्का) ।

दोलखा, ४ साउन ।

विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोलखामा आफ्नो राजनीतिक र सांगठनिक अभियानलाई तीब्रता दिएको छ ।

प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट अलग्गिएर छुट्टै पार्टी गठन गरी केही समय अर्धभुमिगत भएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय दोलखामा राजनीतिक र सांगठनिक अभियानलाई तीब्रता दिएको हो । जनमत संग्रहको कार्यनीतिद्धारा तत्कालीन राज्य व्यवस्थालाई बदल्न आमुल परिवर्तन गरी बैज्ञानिक समाजवादमा रुपान्तरण गर्नका लागि दैशैभर राजनीतिक र सांगठानिक अभियान सुरु गरिएको नेकपाका केन्द्रिय सदस्य एवँ दोलखाका नेता प्रेम दर्नालले जानकारी दिनुभयो । उहाँले दोलखा सहित देशभर बैज्ञानिक समाजवादको स्थापनाको लक्ष्यअनुुसार गतिविधि अघि बढेको बताउनुभयो ।

दोलखामा पार्टीका जिल्ला इन्चार्ज पुर्ण सिंह र सेक्रेटरी माधब गौतमको नेतृत्वमा सांगठानिक अभियान सञ्चालन भैरहेको उहाँले बताउनुभयो । जसअन्तर्गत कालिञ्चोक गाउँपालिकामा सांगठानिक अभियान सम्पन्न भएको छ भने भीमेश्वर नगरपालिकामा जारी रहेको छ । बिप्लव नेतृत्वको नेकपाले असार १८ गते दोलखाको १० औँ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ । सो बैठकले देशव्यापि अभियान स्वरुप जिल्लामा पनि जनसंगठन तथा जनसेवा अभियान सुरु गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी बिशेष कमिटी सदस्य अर्जुन योगीले जानकारी दिनुभयो । बिप्लव नेकपाको दोलखाको इन्चार्ज र सेक्रेटरी दुवै जिल्ला वाहिरका नेता हुन् । यादव दाहाल, अर्जुन योगी लगायतका जिल्लाका नेताहरु भने बिशेष कमिटीको जिम्मेवारीमा छन् ।

विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोलखामा आफ्नो राजनीतिक र सांगठनिक अभियानलाई तीब्रता दिएको छ । बिप्लव नेतृत्वको नेकपाले असार १८ गते दोलखाको १० औँ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ । सरकार र विप्लव समूहबीच सरकारले लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेकाहरुको रिहाई तथा मुद्धा खारेजी गर्ने लगायतका बिषयमा सहमति भएपछि विप्लप समूह खुल्ला राजनीतिमा प्रवेश गरेको हो ।

पार्टी बिचार, एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा, बैज्ञानिक समाजवाद, जनमत संग्रह, जनसंगठन, जनसंघर्ष, जनसेवा लगायत महत्वपूर्ण बिषयमा केन्द्रित रहेर असार २० देखि भदौ अन्तिमसम्म जनसंगठन तथा जनसेवा अभियान सञ्चालन हुने बिप्लव नेतृत्वको नेकपाले जनाएको छ । मन्त्रीपरिषद्को बैठकले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई २०७५ साल फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । विप्लव नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप गरेको, विकासको पूर्बाधारहरुमाथि बम बिस्फोट गराएको र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने लगायतका कार्यहरु गरेको भन्दै सरकारले सो दललाई प्रतिबन्ध लगाएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएसँगै सरकारद्धारा प्रतिबन्धित नेकपा विप्लव समूहले हिँसा छाडेर शान्तिपूर्ण राजनीतिमा आएको हो । सरकार र विप्लव समूहबीच सरकारले लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेकाहरुको रिहाई तथा मुद्धा खारेजी गर्ने लगायतका बिषयमा सहमति भएपछि विप्लप समूह खुल्ला राजनीतिमा प्रवेश गरेको हो ।

४ साउन, २०७८ । ९ः२५ बजे प्रकाशित ।

VIEWS: 5655 पटक हेरीएको
error: Content is protected !!