याद गर्नुहोस्, सरकारी निर्देशनको अवज्ञा गर्दा सुरक्षाकर्मीको फन्दामा परिएला

1 week ago/Wednesday, March 25th, 2020

दोलखा, १२ चैत्र ।

के तँपाई दोलखामा ‘लक डाउन’ भईरहेको बेलामा सरकारी निर्देशनको अवज्ञा गर्दै घर बाहिर निस्करहनुभएको छ ? यदी तपाई सरकारी निर्देशन विपरित अत्यावश्यक काम बाहेक पनि घरबाहिर निस्किनुहुन्छ भने तपाई पनि कारवाहीमा पर्नुहुन्छ । सरकाले कोरोना भाईरस रोकथामका लागि जारी गरेको ‘लक डाउन’ को समयमा मानिसहरु अत्यावश्यक काम बाहेक जथाभावी घरबाहिर निस्कन थालेपछि दोलखाका सुरक्षाकर्मीहरुले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् ।

दोलखामा अत्यावश्यक बाहेक अनावश्यक कामले घरबाहिर निस्कएका मानिसहरु र अनुमति विनै सञ्चालित सवारी साधानहरुलाई सुरक्षाकर्मीहरुले बजारबाट नियन्त्रणमा लिनेछन् । कोरोना भाईरस फैलन नदिनका लागि सबै व्यक्तिहरुलाई घरभित्रै बस्न आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सडकमा खटिएको छ । हो यसरी लक डाउनको समयमा सरकारी निर्देशन अवज्ञा गर्दै घरबाहिर निस्कने व्यक्तिहरुलाई तिनै सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन् र कोरोना भाईरस र त्यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण दिनेछन् । त्यो अवधिमा ती व्यक्तिहरुले कम्तिमा पनी एक घण्टा प्रहरी नियन्त्रणमा बस्नुपर्नेछ । यतिमात्रै होईन दोलखा प्रहरीले त्यसरी घरबाहिर निस्केका व्यक्तिहरुको विवरण राख्न समेत सुरु गरेको छ । यसरी राखिएको विवरणका आधारमा ती व्यक्ति अर्काे पटक पनि अनावश्यक रुपमा घर बाहिर निस्किएको पाईएमा सरकारी निर्देशन अवज्ञा गरेको कसुरमा कारवाही गरिनेछ ।

सरकाले कोरोना भाईरस रोकथामका लागि जारी गरेको ‘लक डाउन’ को समयमा मानिसहरु अत्यावश्यक काम बाहेक जथाभावी घरबाहिर निस्कन थालेपछि सुरक्षाकर्मीहरुले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् । प्रहरीले आज मात्रै सरकारी निर्देशन अवज्ञा गर्ने २१ वटा सवारी साधन र ३१ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ भने अनावश्यक रुपमा घरबाहिर निस्कने करिव डेढ सय मानिसहरुलाई करिव एक घण्टा नियनत्रणमा राखी कोरोना भाईरसको विषयमा प्रशिक्षण दिएर पठाएको छ ।

दोलखामा आज मात्रै लकडाउनको समयमा सरकारी निर्देशन अवज्ञा गर्ने २१ वटा सवारी साधन र ३१ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको छ भने अनावश्यक रुपमा घरबाहिर निस्कने करिव डेढ सय मानिसहरुलाई कोरोना भाईरसको विषयमा प्रशिक्षण दिईएको छ । प्रहरीले कोरोना बिरुद्ध सरकारले गरेको ‘लक डाउन’ अटेर गर्दै सँचालन भएका १० वटा मोटरसाईकल र ११ वटा चारपांग्रे सवारीका साधनलाई नियन्त्रणमा लिएको हो । ती सवारी साधानहरुलाई दोलखा सदरमुकाम चरिकोट र विभिन्न स्थानमा चेकजाँचका लागि खटिएका सुरक्षाकर्मीहरुको टोलीले नियन्त्रणमा लिएका हुन् । साथै प्रहरीले सोही सवारी साधनका चालक तथा त्यसमा सवार ३१ जना व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिई करिव एक घण्टा कोरोनाविरुद्धको सचेतना कक्षामा राखेर पठाएको छ ।

लक डाउनका बेला अत्यावस्यक काम बाहेक हिडडुल गर्न नपाउने र सवारीका साधन समेत सँचालन गर्न नपाउने सरकारी निर्देशनलाई अवज्ञा गर्नेहरु उपर कारवाही गरिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । आजसम्म सरकारी निर्देशन अवज्ञा गर्दै घरबाहिर निस्कने मानिसहरुलाई सचेतना कक्षामा राखेर पुनः यस्तो घटना नदोहो¥याउने सर्तमा छाडिए पनि भोलीदेखि भने कानुनी कारवाही अघि बढाईने डिएसी पोखरेलले बताउनुभयो । डिएसपी पोखरेलले यसरी घरबाहिर निस्कने व्यक्तिलाई आधा देखि एक घण्टा सातदोबाटो चोकमा राखेर सचेतना कक्षा सञ्चालन गरिएकाले यो पनि एउटा कारवाही भएपनि अटेर गर्नेहरुलाई भोलीदेखि अझ कडा कारवाही गरिने चेतावनी दिनुभयो ।

यद्धपी भोली पनि पुनः यस्ता घटना दोहोरिएमा भने कानुन बमोजिमकै कारवाही हुने डिएसपी पोखरेलले बताउनुभयो । ऐन अनुसार आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँ जरिवाना तथा अधिकृत व्यक्तिहरुलाई बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यसअघि हिजो पनि कोरोना बिरुद्ध सरकारले गरेको ‘लक डाउन’ को अटेर गर्दै दोलखामा सँचालन भएका ३० भन्दा बढी सवारीका साधन र दुई व्यक्तिलाई नियन्त्रणमा लिईएको थियो । हिजो नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई पुनः सञ्चालन नगर्ने सर्तमा गएराति नै छाडिएको छ भने आज नियन्त्रणमा लिईएका सवारी साधनलाई पनि छाड्ने तयारी गरिएको छ । यद्धपी भोली पनि पुनः यस्ता घटना दोहोरिएमा भने कानुन बमोजिमकै कारवाही हुने डिएसपी पोखरेलले बताउनुभयो । लक डाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

१२ चैत्र, २०७६ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 1475 पटक हेरीएको
error: Content is protected !!