युवा र विद्यार्थीद्धारा दोलखामा भारतविरुद्ध प्रदर्शन

2 weeks ago/Saturday, May 9th, 2020

 दोलखा, २७ बैशाख ।

भारतले नेपाली भूमी लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोबर जाने मार्ग बनाएको विरोधमा दोलखामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विरोध जनाएका छन् ।

नेकपा दोलखाका युवा तथा विद्यार्थी नेता लगायतले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थीहरुले प्लेकार्ड सहित प्रदर्शन गर्नुका साथै भारतविरुद्ध नाराबाजी पनि गरेका छन् । उनीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको भन्दै भारतलाई अतिक्रमित भूमि छाडेर जान भनेका छन् । प्रदर्शनको क्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरा–हाम्रो हो, गो ब्याक इन्डिया लगायतका नारा लगायका थिए ।

२७ वैशाख, २०७७ । ८ः१५ बजे प्रकाशित ।

VIEWS: 2220 पटक हेरीएको
error: Content is protected !!