रकम अभाव पछि दोलखामा डेढ महिनादेखि भूकम्प पीडितको अनुदान रोकियो

2 weeks ago/Tuesday, January 14th, 2020

दोलखा, २९ पौष ।

दोलखामा रकम अभाव भएपछि भूकम्प पीडित लाभग्राहीहरुलाई करिव डेढ महिनादेखि किस्ता भुक्तानी प्रक्रिया रोकिएको छ ।

केन्द्रबाट रकम नआएपछि जिल्लाका भूकम्प पीडितहरुको किस्ता भुक्तानी रोकिएको हो । केन्द्रले आवश्यक रकम नपठाएपछि जिल्लामा मंसिर ४ गतेदेखि नै अनुदानको किस्ता भुक्तानी रोकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका प्रमुख गणेश अर्यालले जानकारी दिनुभयो । सबै प्रक्रिया पुरा गरि किस्ता भुक्तानीका लागि अन्तिम तयारीमा रहेका करिव १६ सय भूकम्प पीडितको किस्ता भुक्तानी रोकिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले जनाएको छ । कार्यालयका कम्प्युटर अपरेटर टिका जोशीका अनुसार १ हजार ४४ जनाको तेस्रो, ३ सय ६८ जनाको दोस्रो र १ सय ८७ जनाको पहिलो किस्ता भुक्तानी रोकिएको छ । उनीहरुको किस्ता निकासाका लागि तत्काल १५ करोड ९६ लाख रकम आवश्यक परेको कम्प्युटर अपरेटर जोशीले जानकारी दिनुभयो ।

जिल्लाबाट पटक–पटक ताकेता गर्दा पनि रकम नआउँदा किस्ता भक्तानी हुन नसकेको र आँफु सोही विषयमा छलफलका लागि केन्द्रीय कार्यालयमै गएको प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार दोलखाका लागि १ अर्व ४८ करोड रकम माग गरिएको छ । जिल्लामा करिव डेढ महिनादेखि अनुदानको किस्ता निकासा नहुँदा भूकम्प पीडित समस्यामा परेका छन् भने निजि आवास पुननिर्माणको कम समेत प्रभावित भएको छ ।

पुननिर्माण प्राधिकरणले यसअघि तोकेको असार मसान्तसम्मको समयमा पहिलो किस्ता लिन छुटेका भूकम्प पीडितलाई दोस्रो किस्ता लिनका लागि यही पौष मसान्तसम्मको समय तोकेको छ भने दोस्रो किस्ताका लागि माघ मसान्तसम्मको समय तोकिएको छ । तर, किस्ता भुक्तानी गर्ने अन्तिम समयमा आएर दोलखामा अनुदान रकम नै अभाव भएको हो । सबै प्रक्रिया पुरा गरि किस्ता भुक्तानीका लागि अन्तिम तयारीमा रहेका करिव १६ सय भूकम्प पीडितको किस्ता भुक्तानी रोकिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले जनाएको छ ।

नियमित तेस्रो किस्ता बाहेक यसअघि तोकिएको समयमा किस्ता लिन छुटेका भूकम्प पीडितको पहिलो र दोस्रो किस्ता भुक्तानी दिनुपर्ने अन्तिम समयमा आएर रकम अभाव भएपछि समस्या भएको प्रमुख अर्यालले बताउनुभयो । पुननिर्माण प्राधिकरणले यसअघि तोकेको असार मसान्तसम्मको समयमा पहिलो किस्ता लिन छुटेका भूकम्प पीडितलाई दोस्रो किस्ता लिनका लागि यही पौष मसान्तसम्मको समय तोकेको छ भने दोस्रो किस्ताका लागि माघ मसान्तसम्मको समय तोकिएको छ ।

दोलखा सहित गोरखा र लमजुङ लगाएतका जिल्लामा पनि रकम अभाव भएपछि किस्ता निकासा रोकिएको छ । दातृ निकायले प्रतिवद्धता अनुसार दिनुपर्ने रकम समयमै नदिएका कारण प्राधिकरणलाई रकम जुटाउन समस्या भएपछि किस्ता रोकिएको प्रमुख अर्यालको भनाई छ । दोलखा लगाएतका भूकम्प अति प्रभावित जिल्लामा अफिस अफ ईन्टरनेशनल डेभलपमेन्ट नामक संस्थाले पुननिर्माणमा रकम सहयोग गर्ने प्रतिवद्धता जनाएपनि अन्तिम समयमा आएर सम्झौता नभएपछि समस्या भएको पुननिर्माण प्राधिकरणले जनाएको छ ।

२९ पौष, २०७६ । ९ः ३० बजे प्रकाशित ।

VIEWS: 2970 पटक हेरीएको
error: Content is protected !!