रामेछापमा भएको जीप दुर्घटनामा शैलुङ गाउँपालिकाका दुई बालिकाको मृत्यु, १२ गम्भिर घाईते

3 weeks ago/Tuesday, November 19th, 2019

दोलखा, ३ मंसिर ।

रामेछापको दोरम्बा गाउँपालिकामा जीप दुर्घटना हुँदा दोलखाको शैलुङ गाउँपालिकाका दुई बालिकाको मृत्यु भएको छ भने १२ जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी शैलुङ गाउँपालिका वडा नम्बर ८ की १० वर्षिया सुवानी श्रेष्ठ र १२ वर्षिया दिलकुमारी श्रेष्ठको मृत्यु भएको हो ।  हिजो साँझ दोरम्बा गाउँपालिका वडा नम्बर २ दहपातालमा रहेका आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ भैँसे जाँदै गरेको बा १३ च ७०९५ नम्बरको जीप दोरम्बास्थित ढाक्रेवासमा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते हुनेमा अधिकांश बालवालिका रहेका छन् ।

गम्भिर घाईते हुनेमा शैलुङ गाउँपालिका वडा नम्बर ८ कै स्थानीय १० वर्षिया विमला श्रेष्ठ, २ वषिय युनिस श्रेष्ठ, ८ वर्षिय मनकुमारी श्रेष्ठ र १० वर्षिया सुप्रिया श्रेष्ठ रहेका छन् । यस्तै २१ वर्षिय सुविर श्रेष्ठ, १० वर्षिय दिलबहादुर श्रेष्ठ, मनलक्ष्मी श्रेष्ठ,सोही स्थानका ५० वर्षिय केन्द्र बहादुर श्रेष्ठ, ३० वर्षिया लालमाया श्रेष्ठ, २ वर्षिया बालिका इच्छा श्रेष्ठ, ४२ वर्षिय दिपु श्रेष्ठ र उनकी श्रीमति ३८ वर्षिया धनलक्ष्मी श्रेष्ठ गम्भिर घाईते भएको रामेछापका प्रहरी निरिक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।

गम्भिर घाईतेहरुलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । १४ जना यात्रु सवार जीप सडकबाट करिव ३ सय मिटर तल खसेको थियो ।  यसअघि गत कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा पनि शैलुङ गाउँपलिकाका १३ जनाको मृत्यु भएको थियो ।

३ मंसिर, २०७६। ६ः५० बजे प्रकाशित ।

VIEWS: 4420 पटक हेरीएको
error: Content is protected !!