राष्ट्रिय पुननिर्माण प्राधिकरणद्धारा दोलखाका १ सय ७५ भूकम्प पीडितको गुनासो सम्बोधन

7 months ago/Saturday, January 11th, 2020

दोलखा, २६ पौष ।

छुट तथा पुनः जाँच सर्वेक्षणका क्रममा दोलखाबाट सिफारिस १ सय ७५ जना भूकम्प पीडीतको गुनासो सम्बोधन भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पछिल्लो पटक दोलखाका १ सय ७५ जना भूकम्प पीडीतको गुनासो सम्बोधन गरेको हो । दोलखाबाट छुट तथा पुनः जाँच सर्वेक्षणका क्रममा ८ हजार १ सय ४७ जनाको गुनासो सिफारीस भएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्प प्रभावित जिल्लाका २१ हजार ६ सय गुनासो सम्बोधन गरेकोमा दोलखाबाट १ सय ७५ जना लाभग्राही परेका हुन् । जसअनुसार दोलखाका १ सय ३० जना पुननिर्माण लाभग्राहीमा कायम भएका छन् भने ४५ जना प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् । सबैभन्दा बढी जिल्लाको मेलुङ गाउँपालिकाका भूकम्प पीडीतको गुनासो सम्बोधन भएको छ । मेलुङ गाउँपालिकाका ८८ जना भुकम्प पीडित पुननिर्माण लाभग्राहीमा कायम भएका छन् भने ४४ जना प्रवलीकरण सुचिमा समावेश भएका छन् । यस्तै भीमेश्वर नगरपालिकाबाट २० जना लाभग्राही पुननिर्माण लाभग्राहीमा सुचिमा समावेश भएका छन् भने वैतेश्वर गाउँपालिकाका ९ जनाको गुनासो सम्बोधन भएको छ ।

दोलखाबाट छुट तथा पुनः जाँच सर्वेक्षणका क्रममा ८ हजार १ सय ४७ जनाको गुनासो सिफारीस गरी पठाइएकोमा १ सय ७५ भूकम्प पीडीतको गुनासो सम्बोधन भएको हो । त्यसमध्य१ सय ३० जना पुननिर्माण लाभग्राहीमा कायम भएका छन् भने ४५ जना प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् । जिल्लामा हालसम्म गुनासो सम्बोधनबाट १ हजार ५ सय ८४ जना भूकम्प पीडीत थप भएका छन् ।

यसैगरी तामाकोसी गाउँपालिकाका ६ जना पुननिर्माण लाभग्राही र एक जना प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिकाबाट चार जना भूकम्प पीडीत पुननिर्माण लाभग्राही सुचिमा कायम भएका छन् भने जिरी नगरपालिकाबाट दुई जना र शैलुङ गाउँपालिकाबाट जम्मा एक जना भूकम्प पीडीत मात्रै पुननिर्माण लाभग्राही सुचिमा समावेश भएका छन् ।

दोलखामा अहिलेसम्म गुनासो सम्बोधनबाट १ हजार ५ सय ८४ जना भूकम्प पीडीत थप भएको राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय दोलखाले जनाएको छ । फिल्डबाट प्राप्त तथ्यांकलाई प्राधिकरणले तोकेका मापदण्डका आधारमा विश्लेषण गरी पुननिर्माण लाभग्राही र प्रवलीकरण लाभग्राही अथवा गैरलाभग्राही कायम गर्ने गरीएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमीरेले जानकारी दिनुभयो । अन्य गुनासोमाथि विश्लेषण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

२६ पौष, २०७६ । २ः ०० बजे प्रकाशित ।

VIEWS: 11695 पटक हेरीएको
error: Content is protected !!