नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको उपकोषाध्यक्षमा दोलखाका पाठक मानोनित

6 days ago/Wednesday, July 29th, 2020

दोलखा, १४ साउन ।

सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ कार्यसमिति गठन गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको वर्तमान कार्यसमिति भंग गर्दै ३३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्षमा डा. नेत्रप्रसाद तिम्सिनालाई मनोनयन गरिएको छ । उपाध्यक्षमा डा. विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पीताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा दोलखाका अधिकारकर्मी एवम् सामाजिक अभियान्ता होम पाठकलाई मनोनयन गरिएको छ ।

VIEWS: 755 पटक हेरीएको
error: Content is protected !!