रेडियो नेपालको चरिकोटमा रिले स्टेसन उद्धघाटन

2 weeks ago/Monday, April 5th, 2021

दोलखा, २३ चैत ।

दोलखामा आज रेडियो नेपालको एफएम रिले स्टेशन उद्धघाटन गरिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सदरमुकाम चरिकोटस्थित सिमपानीमा एफएम रिले स्टेशनको उद्धघाटन गर्नुभएको हो । सो रिले स्टेशन सय मेगावटको हुनेछ । रिले स्टेशन राखिएसँगै सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक लगायतका आसपासका जिल्लाहरुमा सहजै रेडियो नेपाल प्रसारण हुनेछ । यसअघि दोलखामा चैत पहिलो साताबाट रेडियो नेपाल प्रसारणमा आएको थियो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि,सञ्चारकर्मी, लगायतको उपस्थिति रहेको थियो ।

२३ चैत, २०७७ । ५ः२० बजे प्रकाशित ।

VIEWS: 1900 पटक हेरीएको
error: Content is protected !!