रेडियो भीमेश्वरको एन्टेना, केबल र अप्टिकल फाइबरमा अज्ञात समुहद्धारा क्षति

2 months ago/Wednesday, March 3rd, 2021

दोलखा, १९ फागुन ।

दोलखा सदरमुकाम चरकोटस्थित रेडियो भीमेश्वरको एन्टेना, केबल र अप्टिकल फाइबरमा अज्ञात समुहले क्षति पु¥याएको छ ।

भीमेश्वर रेडियोका स्टेशन म्यानेजर रवीन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै रेडियोको एन्टेना, केबल र अप्टिकल फाइबरमा अज्ञात समुहले क्षति पु¥याएको जानकारी गराउनुभएको हो । गएराति अज्ञात समुहले भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित देउरालीडाँडाको टारवमा रेडियोको एन्टेना भाँच्नुका साथै एन्टेनामा जोडिने फेडर केबल तथा सातदोबाटोस्थित रेडियोको स्टुडियोबाट लगिएको अप्टिकल फाइबर टुक्रा टुक्रा पारेर काटेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही कारण करिब ३ लाख बराबरको सामान क्षति हुनुका साथै रेडियोको नियमित प्रशारण समेत बन्द भएको स्टेशन म्यानेजर गौतमले जानकारी दिनुभयो । रेडियो भीमेश्वर जिल्लाबाट विगत ८ वर्षदेखि प्रशारण हुँदै आएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ अको¥यावका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्काले भीमेश्वर एफएमको प्रसारण बन्द हुनेगरी अज्ञात समुहले गरेको क्षेतिको भत्र्सना गर्दै दोषिको पहिचान गरी कारवाही गर्न माग गर्नुभएको छ । कोषाध्यक्ष खड्काले सामुदायिक रेडियो माथिको आक्रमण समग्र आम सञ्चार माध्यम माथिको आक्रमण भएकाले गम्भिर ढंगले अनुसन्धान गरी दोषि उपर कारवाही गर्नु माग गर्नुभएको हो ।

यसैबीच,नेपाल पत्रकार महासंघ दोलखा शाखाले पनि घटनाप्रति दुख व्यक्त गर्दै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै रेडियोको टावर, एन्टेना भाँच्ने, एन्टेनामा जोडिने फेडर केबल तथा सातदोबाटोस्थित रेडियोको स्टुडियोबाट लगिएको अप्टिकल फाइबर टुक्रा टुक्रा पारेर काट्दा करिब ३ लाख बराबर पु¥याएको प्रति दुःख व्यक्त गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेको हो । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जिवन लामाले विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सुचनाका हकबाट वञ्चित गराउने जस्तो गम्भीर अपराधको अनुसन्धान गरी दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको छ ।

प्रेस संगठन नेपाल जिल्ला शाखा दोलखाले पनि विज्ञप्ति जारी गर्दै भीमेश्वर रेडियोमा अज्ञात समुहले पु¥याएको क्षतिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । प्रेस संगठन दोलखाका संयोजक शिव भुजेल र सहसंयोजक श्रृजन कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै बन्द भएको रेडियो प्रशारणमा ल्याउने वातावरण बनाउन र दोषि माथि कडा कारबाही गर्न पनि माग गरेका हुन् । विज्ञप्ति मार्फत सञ्चार जगतमाथि आपराधिक मनस्थिति भएको व्यक्तिबाट आम नागरिकको सुचनाको हकबाट बञ्चित गराउने जस्तो गम्भीर अपराधको अनुसन्धान गरी अपराधीलाई नेपालको प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन प्रहरी, प्रशासन समक्ष माग गरीएको छ ।

यस्तै सामुदायिक रेडियो प्रशारक संघ नेपाल जिल्ला समन्वय समिती दोलखाले पनि विज्ञप्ति जारी गर्दै रेडियो भीमेश्वरमा अज्ञात समुहले पु¥याएको क्षेतिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नियमित प्रशारणमा रहेको भिमेश्वर रेडियोको अज्ञात समुहले एन्टेना, केबल र अप्टिकल फाइबरको तार काटेर प्रशारण अवरुद्ध गरेको प्रति सामुदायिक रेडियो प्रशारक संघ नेपाल जिल्ला समन्वय समिती दोलखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सामुदायिक रेडियो प्रशारक संघ अको¥याब, नेपाल जिल्ला समन्वय समिती दोलखाका संयोजक दिपक बस्नेतले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । नागरिकलाई सुसुचित गराउने रेडियोको प्रशारणलाई बाधा पु¥याउने कार्यप्रति घोर भत्र्सना गर्दै सामुदायिक रेडियो प्रशारक संघले यथाशिघ्र घटनामा संलग्नहरुको खोजी गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

१९ फागुन, २०७७ । १०ः५० बजे प्रकाशित ।

 

VIEWS: 1720 पटक हेरीएको
error: Content is protected !!