रेविजको जोखिम न्युनीकरणका लागि दोलखाका तीन स्थानीय तहमा कुकुरलाई भ्याक्सिन लगाइदै

1 week ago/Friday, September 11th, 2020

प्रमिला नेपाली ।

जिरी (दोलखा) २६ भदौ ।

दोलखाको विभिन्न स्थानमा कुकुरले स्थानीयलाई टोक्न थालेपछि रेविज रोग लाग्न सक्ने आशंकामा स्थानीय तहहरुले धमाधम कुकुरलाई रेबिज विरुद्धको खोप दिन सुरु गरेका छन् ।

कुकुरको टोकाईबाट रेविज रोग लागेर ३ जना स्थानीयको मृत्यु भइसकेको मेलुङ गाउँपालिका सहित ३ स्थानीय तहमा कुकुरहरुलाई रेविज विरुद्धको खोप धमाधम लगाइरहेको हो । जसअनुसार मेलुङ गाउँपालिकाको विभिन्न वडाहरुमा दुई साता अघिदेखि रेविज विरुद्धको खोप लगाइरहेको छ भने तामाकोशी तथा बैतेश्वर गाउँपालिकामा पनि कुकुरलाई खोप दिन सुरु गरिएको छ । मेलुङ गाउँपालिकामा कुकुरले टोकेर घाइते भएका ७ जना सहित कन्ट्रयाक ट्रेसिङको आधारमा ६१ जना मानिसलाई पटक–पटक गरी तीन पटक सम्म रेविज विरुद्धको भ्याक्सिन लगाउनुको साथै १ हजार बढी कुकुरलाई पनि एन्टिरेविज भ्याक्सिन लगाइएको गाउँपालिकाका पशु पंक्षी विकास शाखाका नायव पशु सेवा प्राविधिक राष्ट्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै कुकुरलाई खोप लगाउने कार्य जारी नै रहेको छ । मेलुङ गाउँपालिका वडा नम्बर ५, ६ र ७ मा रेविज प्रकोप फैलिएपछि पालिकाभित्रको कुकुरहरुलाई रेविजविरुद्धको खोप दिन सुरु गरिएको थियो । मेलुङमा कुकुरको टोकाईबाट रेविज रोग लागेपछि वडा नम्बर ५ र ६ का २ जना तथा बैतेश्वर घर भएका एक बालकको मृत्यु भएको थियो ।

कुकुरको टोकाईबाट रेविज रोग लागेर ३ जना स्थानीयको मृत्यु भइसकेको मेलुङ गाउँपालिका सहित ३ स्थानीय तहमा कुकुरहरुलाई रेविज विरुद्धको खोप धमाधम लगाइरहेको हो । जसअनुसार मेलुङ गाउँपालिकाको विभिन्न वडाहरुमा दुई साता अघिदेखि रेविज विरुद्धको खोप लगाइरहेको छ भने तामाकोशी तथा बैतेश्वर गाउँपालिकामा पनि कुकुरलाई खोप दिन सुरु गरिएको छ ।

यस्तै, जिल्लाको तामाकोशी गाउँपालिकाले पनि पालिकाभित्रको घरपालुवा र छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप दिन सुरु गरेको छ । तामाकोशीमा १७ गतेदेखि कुकुरलाई भ्याक्सिन दिन सुरु गरिएको हो । तर, २० र २१ गते दुई दिनमा तामाकोशी गाउँपालिकाका वडा नम्बर १ स्थित भिरकोट पिपलबोट र विक गाउँका गरी ८ जना मानिस कुकुरको टोकाईबाट सामान्य घाइते भएका थिए । कुकुरले टोकेकाहरुलाई पनि रेविज लाग्ने डरले रेविज विरुद्धको भ्याक्सिन सहितको उपचारपछि उनीहरु निको भएका छन् । हालसम्म गाउँपालिकाभित्रको विभिन्न वडाका ४ सय ३० बढी कुकुरलाई खोप लगाइसकिएको गाउँपालिकाका पशु चिकित्सक कुस बहादुर जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुकरलाई रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्य जारीनै रहेको छ ।

यसैबीच, बैतेश्वर गाउँपालिकामा पनि मंगलबारबाट कुकुरहरुलाई रेविज विरुद्धको खोप दिन सुरु गरिएको छ । अन्य छिमेकी गाउँपालिकाहरुमा कुकुरको टोकाईबाट मानिस घाइते भएको र कुकुरको टोकाईबाट मृत्यु भएको मानिसमा रेविज पुष्टि भएपछि बैतेश्वरमा पनि घरपालुवा तथा छाडा कुकुरहरुलाई खोप लगाउन सुरु गरिएको गाउँपालिकाका पशु विकास अधिकृत टेक बहादुर जिरेलले जानकारी दिनुभयो । हालसम्म २ सय ६० वटा कुकुरलाई एन्टिरेविज विरुद्धको भ्याक्सिन दिएको छ । तर, बैतेश्वरमा पछिल्लो समय कुकुरको टोकाईबाट कोही पनि घाइते नभएको र पूर्व सावधानी अपनाइएको उहाँले बताउनुभयो ।

पछिल्लो पटक भदौ १४ गते जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा पनि कुकुरको टोकाइबाट एक बालक घाइते भएका थिए ।

२६ भदौ, २०७७ । ९ः४० बजे प्रकाशित ।

VIEWS: 1310 पटक हेरीएको
error: Content is protected !!