लकडाउनका कारण संकटमा परेका कालिञ्चोक गाउँपालिकाका ५ सय परिवारलाई आरईडिसीको सहयोग

3 days ago/Thursday, May 21st, 2020

दोलखा, ८ जेठ ।

कोरोना भाइरसका कारण मुलुक लडाउनमा गएपछि संकटमा परेका दोलखाका कालिञ्चोक गाउँपालिकाका ५ सय घरपरिवारलाई ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसि) ले साँढे १६ लाख भन्दा बढीको खाद्यान्न सहयोग गर्ने भएकोे छ ।

लकडाउनका कारण समस्यामा परेका विपन्न, आर्थिक अवस्था कमजोर भएका कालिञ्चोक गाउँपालिकाका ५ सय घरपरिवारलाई क्रिश्चियन एडको आर्थिक सहयोगमा आरईडिसिले १६ लाख ९२ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । लकडाउनका कारण खाद्यान्न संकटमा परेका गाउँपालिकाका ५ सय घरपरिवारलाई आजबाट खाद्यान्न वितरण सुरु गरिएको आरईडिसिका कार्यकारि निर्देशक सुमन उप्रेतिले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले आज कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ७ र ८ साविक सुनखानी गाविसाका १ सय १० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

आरईडिसिले आज १ सय १० परिवारलाई ३० किलो चामल, २ लिटर खाने तेल, २ किलो चीनि, ३ किलो दाल, दुई प्याकेट नुन र ४ वटा सावुन वितरण गरेको हो । संस्थाले भोली पनि बाँकी रहेका ३ सय ९० परिवारलाई खाद्यान्न वितरण गर्नेछ । विपन्न परिवारलाई खाद्यान्न अभाव हुन नदिने उदेश्यले वितरणको काम सुरु गरेको आरईडिसिले प्रतिपरिवार ३३ सय ८४ रुपैँया बराबरको खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।

लकडाउनका कारण समस्यामा परेका विपन्न, आर्थिक अवस्था कमजोर भएका कालिञ्चोक गाउँपालिकाका ५ सय घरपरिवारलाई क्रिश्चियन एडको आर्थिक सहयोगमा आरईडिसिले १६ लाख ९२ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । आरईडिसिले गाउँपालिकाका ५ सय ५ जना गर्भवती तथा सुत्केरी महिलालाई पनि भोलिबाट पोषणको सामाग्री वितरण गर्ने भएको छ ।

यस्तै आरईडिसिले गाउँपालिकाका ५ सय ५ जना गर्भवती तथा सुत्केरी महिलालाई पनि भोलिबाट पोषणको सामाग्री वितरण गर्ने भएको छ । गाउँपालिकाका प्रत्येक गर्भवती तथा सुत्केरी महिलालाई ५ सय ग्रामको एउटा हर्लिक्स, भटमास, चना र केराउ ३/३ केजी, राजमा, रहरको दाल र मुसुरोको दाल साँढे २/२ केजी लगायत २६ सय ३७ रुपैँया बराबरको पोषकतत्व वितरण गरिने संस्थाका कार्यकारि निर्देशक उप्रेतिले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी तथा गर्भवती महिलालाई ९ लाख ३२ हजार १ सय २५ रुपैँया बराबरको पोषण समाग्रि वितरण गर्न लागिएको हो ।

संस्थाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यसअघि पनि गाउँपालिकामा स्वास्थ्य सामाग्रि वितरण गरेको थियो । जसअनुसार १५ सेट पिपिई, १० थान थर्मल गन, क्वारेन्टाइनका लागि २१ थान ब्ल्याङ्केट, ५ थान फिल्टर, १० वटा पानि ट्याङ्कि, सेनिटाइजर लगायत ३ लाख ९४ हजार बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको आरईडिसिले जनाएको छ ।

८ जेठ, २०७७ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 2930 पटक हेरीएको
error: Content is protected !!