लकडाउनको मौका छोपेर दोलखामा बढ्यो कालोबजारी, पसलै पिच्छे फरक मुल्य

4 days ago/Thursday, May 21st, 2020

दुर्गा बस्नेत ।

दोलखा, ८ जेठ ।

कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लगाईएको लकडाउन लम्बिदै गएका बेला दोलखामा दैनिक उपभोग्य सामान र खाद्यान्नको कालोबजारी सुरु भएको छ ।

जिल्लामा दाल, चामल, चिनि, तेल, चना, केराउ लगायत दैनिक उपभोग्य सामान र खाद्यान्नको मूल्य मनोमानी असुल गर्न थालिएको हो । बजारमा व्यवसायीले मनोमानी मूल्य लिन थालेपछि कोरोनाको त्रास र लकडाउनले थलिएका उपभोक्ताहरु मारमा परेका छन् । जिल्ला सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, सिँगटी लगायतका बजार क्षेत्रमा सामानको कृत्रिम अभाव गर्न थालिएको र मनोमानी मूल्य लिएर ठगि गरिएको उपभोक्ताहरुको गुनासो छ । सदरमुकाम चरिकोटमा दालको मूल्य प्रतिकिलो ४० रुपैँयासम्म बढेको पाइएको छ भने चिनिको मूल्य प्रतिकिलो १३ रुपैँया र तेलमा प्रतिलिटर १० रुपँैयाँसम्म मूल्य बृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । सदरमुकाम चरिकोटमा रातो दाल प्रतिकिलो एक सय ६० रुपैँया, कालो दाल एक सय ८० रुपैँया र चिनि प्रतिकिलो ९५ रुपैँयासम्ममा विक्रि भईरहेको छ ।

हामीले गरेको सर्वेक्षणमा व्यापारीहरुले सदरमुकाम चरिकोटमा रहेको होलसेल पसलबाट लगेका दैनिक उपभोग्य सामानमा बढी नाफा लिएर विक्रि गरेको पाइएको छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुले चिनि प्रतिकिलो ८२ रुपैँया, स्वायविन तेल प्रतिलिटर १ सय ५५ रुपैँया, सनफ्लावरको तेल प्रतिलिटर १ सय ६५ रुपैँया र रातो दाल प्रतिकिलो १ सय २० रुपैँयामा लैजाने गरेका छन् । यो तथ्यांकलाई हेर्दा सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेका खाद्यान्न तथा किराना पसलले होलसेल पसलबाट लगिएका सामानमा न्यूनतम १० देखि अधिकतम ४० रुपैँयासम्म नाफा लिएर बेच्ने गरेको पाईएको छ । उपभोक्ताले लकडाउन सुरु हुनु अघि सदरमुकाम चरिकोटमा चिनि प्रतिकिलो ८५ रुपैँया, रातो दाल १ सय २० रुपैँया, स्वायविनको तेल १ सय ६० र सन्फलावरको तेल १ सय ७० रुपैँयामा खरिद गर्ने गरेका थिए । तर, लकडाउनको समय लगातार थपिँदै गएपछि बजारमा दैनिक उपभोग्य सामानमा पनि कालोबजारी सुरु हुन थालेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

दोलखामा दैनिक उपभोग्य सामान र खाद्यान्नको कालोबजारी सुरु भएको छ । जिल्लामा दाल, चामल, चिनि, तेल, चना, केराउ लगायत दैनिक उपभोग्य सामान र खाद्यान्नको मूल्य मनोमानी असुल गर्न थालिएको हो । सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेका खाद्यान्न तथा किराना पसलले होलसेल पसलबाट लगिएका सामानमा न्यूनतम १० देखि अधिकतम ४० रुपैँयासम्म नाफा लिएर बेच्ने गरेको पाईएको छ ।

सदरमुकाम चरिकोटमा चामलको मुल्यमा पनि उपभोक्ताहरु ठगीएको गुनासो आएको छ । लकडाउन सुरु भएपछि सदरमुकाम चरिकोटमा चामलको मुल्यमा पनि न्युनतम ५० रुपैँयादेखि अधिकतम १ सय ५० रुपैँयासम्म मुल्य बढी परेको पाइएको छ । चरिकोटमा जिरा मसिनो चामल होलसेलमा प्रतिबोरामा १६ सय , खुद्रामा १७ सय ५० रुपैँया पाउनुपर्ने भएपनि उपभोक्ताहरुले १८ सयसम्म तिर्नु परेको छ । यस्तै सोना मनसुली चामल होलसेलमा १४ सय ५० रुपैँया, खुद्रामा १५ सयमा पाउनुपर्ने भएपनि उपभोक्ताहरुले १५ सय ५० देखि १६ सयसम्म मुल्य तिरेर खरिद गर्ने गरेका छन् । यस्तै स्टिम चामलको होलसेल मुल्य १६ सय, खुद्रा मुल्यमा व्यापारीहरुले १७ सयमा बेच्नुपर्ने भएपनि १८ सय ५० रुपैँयासम्ममा बच्ने गरेको पाइएको छ ।

चरिकोटमा दैनिक उपभोग्य सामान लगायत माछा मासु, फलफुल लगायतका सामानमा पनि मुल्य बढेको पाइएको छ । सदरमुकाम चरिकोटमा मात्र नभई सिंगटी बजार, मैनापोखरी बजार लगायतका स्थानमा पनि उपभोक्ताहरुले आफुहरु दैनिक उपभोग्य सामान खरिद गर्दा ठगीएको गुनासो गरेका छन् । दैनिक उपभोग्य सामान खरिदमा यसरी उपभोक्ताहरु ठगीए पनि जिल्लामा निरन्तर बजार अनुगमन हुन सकेको छैन । उपभोक्ताहरुले निरन्तर बजार अनुगमन नहुँदा आफुहरु ठगीएको बताएका छन् ।

सदरमुकाम चरिकोटमा मात्र नभइ सिंगटी बजार, मैनापोखरी बजार लगायतका स्थानमा पनि उपभोक्ताहरुले आफुहरु दैनिक उपभोग्य सामान खरिद गर्दा ठगीएको गुनासो गरेका छन् । दैनिक उपभोग्य सामान खरिदमा यसरी उपभोक्ताहरु ठगीए पनि जिल्लामा निरन्तर बजार अनुगमन हुन सकेको छैन ।

उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले पनि पहिलेको तुलनामा अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्य ५ देखि ७ प्रतिशतसम्म बढेको बताउनुभयो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकले पनि सामान ल्याउन नमान्ने र खरिद मुल्य बढी पर्ने तथा ढुवानी भाडा पनि महँगो भएकाले दैनिक उपभोग्य सामानको मुल्य बढेको अध्यक्ष श्रेष्ठले स्विकार गर्नुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार जिल्लामा लकडाउन सुरु भएपछि हालसम्मको अवधिमा तीन पटक बजार अनुगमन गर्दा दैनिक उपभोग्य सामानमा केही मुल्य बृद्धि भएको पाइएको छ । तर न्युनतम १० रुपैँयादेखि ४० रुपैँयासम्म मुल्य बढी लिनु गलत भएको भन्दै उहाँले तत्काल बजार अनुगमन गर्ने बताउनुभयो । कोरोनाको त्रासका कारण मुलुकमा जारी लकडाउनका बेला उपभोक्तालाई मार पर्ने गरी सामान बेच्नु गलत भएको भन्दै तत्काल बजार अनुगमन गरी त्यस्तो गरेको पाइएमा कानुन अनुसार कारवाही गर्ने उहाँले बताउनुभयो ।

फाइल तस्विरः

८ जेठ, २०७७ । ८ः२० बजे प्रकाशित ।

VIEWS: 3725 पटक हेरीएको
error: Content is protected !!