लकडाउनमा बिद्यार्थीले यसरी गर्न सक्छन् अध्ययन र परीक्षाको तयारी

8 months ago/Sunday, April 12th, 2020

कोरोना भाईरस संक्रमणको त्रासका कारण मुलुक यतिखेर तेश्रो साताको लकडाउनको अवस्थामा छ । लकडाउन सुरु हुनुभन्दा अघि नैं देशभरका शिक्षण सँस्थाहरु बन्द भए भने यो बर्षको एसईइ लगायतका वार्षिक परिक्षाहरु स्थगित भएका छन् । दैनिक बिद्यालय जाने र अध्ययन गर्ने बिद्यार्थीहरु अहिले घरभित्रै थन्किन बाध्य भएका छन् । एसईई परिक्षा स्थगित भएका कारण बिद्यार्थीहरुमा एक किसिमको पीडा छ भने बिद्यालय जान र अध्ययन गर्न नपाएका बालबालिकाको व्यवस्थापनको बिषय अभिभावकहरुलाई समेत चुनौतीपूर्ण बन्दै गएको छ । आज हामीले यसै बिषयमा आधारित रहेर शिक्षाविद् बिद्यानाथ कोईरालासँग कुराकानी गरेका छौं । प्रस्तुत् छ, सहकर्मी लक्ष्मी बस्नेतले गरेको यो कुराकानी ।

कोरोनाको त्रासका कारण मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यो त्राश र लकडाउनले स्कूले वालवालिकाहरुमा कस्तो प्रभाव पारेको होला ?

अलमलमा पारेको छ । के भनेदेखि जाँच हुने कि नहुने, पढाई हुने कि नुहने ? पढाई भयो भने कसरी हुने ? अब फेरि प्रविधिमा जानुपर्ने भन्ने किसिमको कुराकानि छ । शिक्षकसँग भेट्न गाह्रो भो, त्यसो भए के गर्ने भन्ने किसिमको अलमलमा छ । तर, यो अलमलको बाटो निकाल्न सकिन्छ ।

भनेपछि धेरैजसो बिद्यार्थीहरुमा मानसिक असर मनोवैज्ञानिक त्रास भएको हुनु पर्छ ?

एउटा त घरमा बस्न पाएकाले बालबालिकाहरु ढुक्क छन् शहरका बालबालिकाको हकमा । गाउँका बालबालिकालाई त्यति फरक पारेको छैन । किनभने खेतीपाती आदी ईत्यादीमा जान पाएका छन् । अलि बाक्लो वस्तिमा चाहीँ अलि गाह्रो भएको छ । त्यसैले थरीथरीको छ, एकैथरीको अनुभूति विद्यार्थीहरुमा छैन । अब पढाईको कुरा गर्नुपर्दा पनि बिद्यालय तहको कुरा गर्नुभो भने अहिले त चैत/बैशाख भो भर्ना र के–के मा समय खर्च हुन्छ । त्यति खासै फरक परेको पनि छैन । तर, एसईई परीक्षा दिने विद्यार्थीको हकमा भने अब के हुने हो भन्ने अन्योल छ ।

अनि, यस्तो बेलामा वालवालिकाहरुलाई लकडाउनको अवधिमा घरभित्रै कसरी अध्ययन गराउन सकिन्छ ? उनीहरुको दैनिक जीवनमा स्फूर्ति ल्याउनका लागि के गर्नु पर्ला ?

दुई तिनवटा तरिका छन् । एउटा के हो भने बालबालिकाहरुले हरेक कुरामा कसरी पढ्ने भन्ने खोज्नुपर्छ । जस्तो अन्तरपुस्तेनी पढाई, यो भनेको हजुरबा हजुरआमासँग बुबाआमासँग छोराछोरीसँग आपसमा अन्तरपुस्तेनी शिक्षाको खाडल हुन्छ नी त्यो खाडल मेट्ने अवसर हो । आफुले पनि सबैसँग सिक्ने र आफुले जानेको कुराहरु पनि सिकाउने गर्नुपर्छ । सानोतिनो कुरामा पनि अनुसन्धान गर्नुपर्छ, जस्तो अम्वाको रुख हुने ठाउँमा अम्वाको जरा कहाँसम्म हुन्छ ? चिउरीको रुख हुने ठाउँमा चिउरीको जरा कहाँसम्म हुन्छ ? धुपीको रुख हुने ठाउँमा धुपीको जरा कहाँसम्म हुन्छ ? यस्तो कुराहरु खोज्न लागियो भने उ विस्तारै अनुसन्धानकर्ता बन्छ, अनुसन्धान भन्ने वित्तिकै ठुलो कुरा खोज्नुपर्छ भन्ने होईन ।

हजुरबा हजुरआमासँग गरेकै कुराबाट पनि उसले अनुसन्धानको शैली थाहा पाउन सक्छ । उदाहरणका लागि एउटा कुखुराको भालेको मुल्य हजुरबाको पालामा कति पथ्र्याे, बुबाको पालामा कति पथ्र्याे र आफ्नो पालामा कति पर्छ ? बालबालिकाले यति कुरा मात्रै थाहा पाए भने पनि मुद्रास्फितिको कुरा थाहा पाउन सक्छन् । पैसाको महत्व थाहा पाउन सक्छन् । यस्तो ढंगले सोच्ने एउटा अवसर हो । दोस्रो अवसर रेडियो, टेलिभिजन, फेसबुक वा मोवाईल आाफुसँग जे जे साधन छ त्यसबाट पनि सिक्ने अवसर छ, त्यसैले मलाई लाग्छ उनीहरुले यसलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ ।

कोरोना भनेको के हो भनेर भन्यो भने त्यो विज्ञानको मान्छेले एउटा हिसावले बुझ्दो रहेछ, गणितको मानिसले अर्काे हिसावबाट बुझ्दो रहेछ । त्यसो भए गणितको हिसावबाट कोरोनाको उत्तर के हुन सक्ला ? त्यो खोज्नतर्फ लाग्नुपर्छ । पढाई रोकिने चिज होईन । दिनभरी आफुले के–के गरेको छ त्यो बेलुका लेख्ने बानि गरेमा लेखाई पनि रोकिदैन । जाँच दिन पाईएन भनेर आँत्तिनु पर्दैन, आश्वस्त हुने विकल्पहरु निस्कन्छ ।

लकडाउन लामो समयसम्म भएका कारण कतिपय बिद्यार्थीहरुले आफूले अध्ययन गरेको बिषय नैं बिर्सिई सके होला । यस्तो अवस्थामा के गर्ने ?

यस्तो अवस्थामा दिनभरि केही गरिसकेपछि बेलुकी लेख्ने गर्नुपर्छ । जस्तो की कोरोना भनेको के हो भनेर भन्यो भने त्यो विज्ञानको मान्छेले एउटा हिसावले बुझ्दो रहेछ, गणितको मानिसले अर्काे हिसावबाट बुझ्दो रहेछ । त्यसो भए गणितको हिसावबाट कोरोनाको उत्तर के हुन सक्ला ? अथवा विज्ञान पढे विज्ञानमा यत्रो विकास गर्ने मान्छे जाबो कोरोनासँग किन डरायो ?

त्यस्तै हाम्रा पूर्खाहरुको चिन्तन के रहेछ भने कोरोना भन्ने उनीहरुले जानेनन् होला तर उनीहले आउने भाइरसहरु जस्तै रुघा लाग्दा बेसार पानी, ज्वानो पानी अथवा तुलसीको पानी वा जाइको, पारिजातको पात हालेर पानी उमालेर खाएमा ठिक हुन्छ भनेर भने । त्यसको केमिकलको नाम के रहेछ ? भन्ने किसिमले खोज्यो भने त्यो पीडाको अवसरलाई सिकाईको अवसरमा बदल्न सकिन्छ । त्योतर्फ विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई तयार पार्नुपर्छ र स्थानीय सरकार पनि त्यो ढंगले अगाडी बढिदियो भने बालबालिकाको पढाई पनि रोकिँदैन । पढाई रोकिने चिज पनि होईन । दिनभरी आफुले के–के ग¥यो त्यो बेलुका लेख्ने बानि ग¥यो भने लेखाई पनि रोकिदैन । दिनभरी आफुले गरेको कामको अनुभव साथीहरुसँग बाँड्यो भने नयाँ कुरा सिक्ने अवसर पनि मिल्छ । त्यसैले म चाहीँ यसलाई पीडा होईन अवसरको रुपमा उपयोग गर्न सुझाव दिन्छु ।

यो बर्षको एसईई परिक्षा कोरोनाकै कारण अन्यौलमा छ । परिक्षा दिन सवै तयारी पूरा गरेका बिद्यार्थीहरुले चाहीँ यो बेला कसरी परिक्षाको तयारी गर्न सक्छन् ?

यसका लागि अब प्रश्नको तरीका के होला भन्ने कुरामा जानुपर्छ । राष्ट्रिय स्तरमा पनि हामी छलफलमा छौँ । यसमा दुई तीन वटा विकल्पमा जान सकिन्छ । एउटा त एसईईको परीक्षा लिन जरुरी किन छ ? त्यो स्कुल छाड्ने बेला पनि होईन, ८ कक्षाको आधारभूत पनि होईन, माध्यमिक पनि होईन । त्यसैले त्यो जाँच नै नलिएपनि हुन्छ भन्ने दृष्टिकोण पनि हुनसक्छ । अर्काे दृष्टिकोण जाँच पछि–पछि लिँदै गरुला उनीहरुलाई ११/१२ पढ्न दिने भन्ने पनि हुन सक्छ । तेस्रो बाटो के हुन सक्छ भने विद्यार्थीहरुलाई उनीहरुले पहिले–पहिले पाएको नम्वरको आधारमा पास भन्ने अर्काे आधार पनि हुनसक्छ । अमेरिकाले पनि सोही बाटो अपनाउने तयारी गरिरहेको छ । अर्काे मैले देखेको विकल्प के हो भने विद्यार्थीहरुलाई घरबाटै परीक्षा दिने वातावरण पनि बनाउन सकिन्छ । त्यो प्रक्रियाले विद्यार्थीलाई तयार पा¥यो भने विद्यार्थीले सजिलै आफ्नो पाठ अगाडी बढाउन पाउँछन् । त्यसैले जाँच दिन पाईएन भनेर आँत्तिनु पर्दैन, आश्वस्त हुने विकल्पहरु निस्कन्छ भन्ने मेरा आग्रह हो ।

हर कुरा पढ्ने चिज हो । किताव मात्रै पढेर मान्छे विद्धान बन्दैन । विद्यार्थीले आफुले पढेको ज्यामिती कहाँनेर काम लाग्छ भन्ने नै थाहा पाएन भने उसले पढेको के काम लाग्छ र ? विद्यार्थीले दिनभरी के काम गर्छ त्यो उसले लेखोस् । यसो ग¥यो भने बिर्सने डर पनि भएन, अनुसन्धान गर्ने काम पनि भयो, सिकाई पनि बलियो भयो र पढाई व्यवहारिक पनि भयो ।

कतिपय बिद्यार्थीमा लामो समय परिक्षा नहुँदा वा बिद्यालय बन्द हुँदा बिर्सिने समस्या हुन्छ । यो समस्याको समाधान गर्ने विधि र उपाय के हुन सक्ला ?

अब म विद्यार्थीहरुलाई अनुरोध के गर्छु भने विद्यार्थीले दिनभरी के काम गर्छ त्यो उसले लेखोस् । उदाहरणका लागि बारीमा घाँस काटेको छ भने के घाँस काटेको हो ? त्यो घाँस कति अग्लो हुँदो रैछ ? कहिले कहिले पलाउँदो रैछ ? भन्ने खोज्यो भने उ वनस्पतिमा विज्ञ हुनसक्छ । ती कुराहरु लेख्ने ग¥यो भने ती कुरामा आएका प्रश्नहरु अरुलाई सोध्ने अनी ती प्रश्नको उत्तर पनि लेख्नुप¥यो । मलाई लाग्छ यसो ग¥यो भने बिर्सने डर पनि भएन, अनुसन्धान गर्ने काम पनि भयो, सिकाई पनि बलियो भयो र पढाई व्यवहारिक पनि भयो ।

अन्त्यमा यो महामारीका बेला साना स्कूले वालवालिका र बिद्यार्थीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

एउटा तरिका के रैछ भने आफ्ना पूर्खाले गरेका राम्रा कुराहरु के के रैछ, त्यसको खोजी गर्ने कुरामा नचुकौँ भन्ने एउटा सन्देश हो । दोस्रो के हो भने बालबालिकाहरुले अभिभावकलाई अनेक प्रश्न सोध्छन् । त्यो प्रश्नको उत्तर जानेदेखि भन्दिउँ नजानेदेखि मैले जानिँन अरुलाई सोध भनेर पास गरिदिउँ । अभिभावकले यो किसिमको प्रक्रिया अपनायो भने बालबालिकाहरुलाई नजानेको कुरा खोज्ने बानिको पनि विकास हुन्छ । विद्यार्थीहरुलाई चाहीँ मेरो अनुरोध के हो भने हर कुरा पढ्ने चिज हो । किताव मात्रै पढेर मान्छे विद्धान बन्दैन ।

विद्यार्थीले आफुले पढेको ज्यामिती कहाँनेर काम लाग्छ भन्ने नै थाहा पाएन भने उसले पढेको के काम लाग्छ र ? यसरी पढ्ने किसिमको काममा विद्यार्थी पनि लाग्नुपर्छ, अभिभावकले पनि सोच्नुपर्छ र हाम्रा शिक्षकले पनि । मुलत म शिक्षकलाई के भन्छु भने शिक्षकले अहिले विद्यार्थीलाई छुट्टी भएको छ भनेर आनन्दले बस्नुको सट्टा म विद्यार्थीलाई के प्याकेज दिएर पढाउन सक्छु ? भन्ने खोज्नुपर्छ । त्यसका लागि फेसबुमा एउटा–एउटा प्रश्न पठाएर हुन्छ की ? विद्यार्थीलाई व्यस्त राख्नलाई रेडियो मार्फत आजको प्रश्न भनेर दिन सकिन्छ की ? यो अभियान नै चलाउँ ताकी विद्यार्थीलाई जहाँ गएपनि सिक्ने ठाउँ रैछ । सिक्ने संस्कृति महत्वपुर्ण रैछ भन्ने दृष्टिकोण बनोस ।

३० चैत्र, २०७६ । ५ः १५ बजे प्रकाशित ।

VIEWS: 3380 पटक हेरीएको
error: Content is protected !!