‘लक डाउन’ पछि दोलखा सदरमुकाम चरिकोट र जिरी बजार सुनसान (हेर्नुहोस फोटो फिचर)

2 weeks ago/Tuesday, March 24th, 2020

दोलखा, ११ चैत ।

सरकारले आजदेखि एक साताका लागि देशलाई नै लकडाउन गरेपछि दोलखाका बजारहरु पनि सुनसान देखिएका छन् ।

सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी र सिंगटीका बजार आज विहानैदेखि सुनसान देखिएका हुन् । सिंगटी बजारका व्यापारीहरुले भने स्थानीय प्रशासनको अवज्ञा गर्दै आज विहान केहीवेर पसलहरु खोलेका थिए । त्यसलगत्तै खटीएको प्रहरी टोलीले अत्यावश्यक बाहेकका पसलहरु बन्द गराएको र अहिले बजार सुनसान रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरक्षक सुनजित तमाङले जानकारी दिनुभयो । सरकारले देशलाई लकडाउन गरेपछि दोलखा प्रहरीले पनि माईकिङ गरी जिल्लावासीलाई घरबाहिर ननिस्किँन आग्रह गरीरहेको छ भने सातदोबाटो चोकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । उनीहरुले अनावश्यक कामका लागि घर बाहिर निस्किएका सर्वसाधारणलाई सम्झाएर फर्काई रहेका छन् । अन्य बजारहरुमा पनि नेपाल प्रहरीले निगरानी गरीरहेको छ ।

जिल्लामा कुनै पनि सवारीका साधनहरु चलेका छैनन भने मानिसहरु पनि छिटपुट मात्रामा देखिएका छन् । यद्यपी अत्यावश्यक बाहेक सदरमुकाम चरिकोटमा गुडीरहेका केही मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको छ । मानिसको आवतजावत रोकेर नै भाईरसको संक्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठन डब्लुएचओ लगायतको सुझावपछि मानिस र सवारी साधनको आवतजावतमा रोक लगाएको हो । सोही अनुसार दोलखा पनि आज विहानैदेखि सुनसान भएको छ । सरकारले आजदेखि एकसाताका लागि अत्यावश्यक काम बाहेक अन्य सामान्य कामका लागि घर बाहिर ननिस्किन भनिसकेको छ । लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

चरिकोटका दृश्यहरुः

जिरीका दृश्यहरुः

 

११ चैत, २०७६ । १०ः०० बजे प्रकाशित ।

VIEWS: 5030 पटक हेरीएको
error: Content is protected !!