लाइसेन्सको परिक्षा दिन रामेछाप धाउनुपर्ने भएपछि दोलखाका परिक्षार्थीहरु समस्यामा

4 weeks ago/Thursday, September 26th, 2019

विपना थापामगर ।

दोलखा, ९ असोज ।

शिक्षक अध्यापन अनुमतिपत्र (टिचर लाइन्सेन्स) को परिक्षा दिन बाहिरी जिल्लामा जानु पर्ने भएपछि दोलखाका परिक्षार्थीहरु समस्यामा परेका छन् ।

परिक्षा दिनकै लागि रामेछाप धाउनुपर्ने बाध्यता भएपछि लाईसेन्सको परीक्षा दिने तयारीमा रहेका दोलखाका परीक्षार्थीहरु समस्यामा परेका हुन् । शिक्षक लाईसेन्सको परीक्षा आफ्नो जिल्लामा नहुने भएपछि रामेछाप नै धाउनुपर्दा निकै समस्या भएको परीक्षार्थिहरुको गुनासो छ । परीक्षार्थीहरुले परीक्षाकै लागि अन्य जिल्लामा जाँदा खर्चिलो हुने तथा झन्झटिलो हुने गुनासो समेत गरेका छन् ।

शिक्षकहरु लाईसेन्सको परीक्षा दिनका लागि रामेछाप जानुपर्ने भएपछि दोलखाका केही विद्यालय समेत चाँडै बन्द हुने तयारीमा छन् । दशैँका लागि घटस्थापनादेखि बिद्यालय बन्द हुनुपर्ने भएपनि लाईसेन्स परीक्षाकै लागि अन्यत्र जानुपर्ने भएपछि जिल्लाका केही विद्यालय घटस्थापना भन्दा केही दिन अघि नै वन्द हुने तयारीमा रहेका हुन् । शिक्षक सेवा आयोगले यो वर्षदेखि पहिलो पटक लाइसेन्सको परिक्षा बाहिरी जिल्लामा पनि सञ्चालन गर्न लागेको हो ।

शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दिन बाहिरी जिल्लामा जानु पर्ने भएपछि दोलखाका परिक्षार्थीहरु समस्यामा परेका छन् । शिक्षक सेवा आयोगले यो वर्षदेखि पहिलो पटक लाइसेन्सको परिक्षा बाहिरी जिल्लामा पनि सञ्चालन गर्न लागेको हो । परीक्षाका लागि रामेछापको ६ वटा बिद्यालयमा केन्द्र तोकिएको छ ।

यसअघि दोलखाका परिक्षार्थीले जिल्लाभित्रै शिक्षक लाईसेन्सको परिक्षा दिने व्यवस्था भएपनि यो बर्षदेखि रामेछाप केन्द्र तोकिएको हो । दोलखाका परिक्षार्थी रामेछाप जानु पर्ने भएपनि रामेछापकाले भने आफ्नै जिल्लावाट परिक्षामा सहभागि हुन पाउने छन् । सिन्धुली जिल्लाको परिक्षा सिन्धुलीमै हुनेछ भने सिन्धुपाल्चोकको काभ्रेपलाञ्चोकमा र सोलुखुम्बुको ओखलढुगांमा सञ्चालन हुने आयोगले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लामै सञ्चालन गर्दै आएको शिक्षक लाइसेन्सको परिक्षा यो वर्षदेखि शिक्षक सेवा आयोगले बाहिरी जिल्लामा सञ्चालन गर्न लागेकोले दोलखाका परीक्षार्थीहरु रामेछापमा जानुपर्ने अवस्था सिर्जना भएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखाका परिक्षार्थीका लागि तोकिएका परिक्षा केन्द्र

प्राथमिक शिक्षक लाईसेन्सको परीक्षाका लागि रामेछापको ६ वटा बिद्यालयमा केन्द्र तोकिएको छ । जसअनुसार दोलखाको परीक्षार्थीहरुका लागि शहीद स्मृति बहुमुखी क्याम्पस क र ख तथा मन्थली मावि क मा केन्द्र तोकिएको छ । यस्तै, रामेछापका परीक्षार्थिहरुका लागि जिल्ला सदरमुकाम स्थित मन्थली मावि क, ख र ग मा केन्द्र तोकिएको छ । शिक्षक लाइसेन्सको परिक्षाका लागि मुलुकभरबाट २ लाख ८३ हजार परिक्षार्थीले आवेदन दिएका थिए ।

परिक्षाका लागि आयोगले रामेछापसहित मुलुकभर ५२ वटा केन्द्र निर्धारण गरेको छ । प्राथमिक तहको परिक्षा  असोज ९, माध्यमिक तहको १० र निम्नमाध्यमिक तहको ११ गते सञ्चालन हुने आयोगले जनाएको छ । प्राथमिक तहको परिक्षाका लागि दोलखाबाट ५ सय ७९ जना परिक्षार्थीले आवेदन दिएका छन् । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक लाइसेन्सको परिक्षाका लागि गत असार २ देखि २२ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।

९ असोज, २०७६ । ८ः२० बजे प्रकाशित ।

VIEWS: 1430 पटक हेरीएको
error: Content is protected !!