वडादशैँ, तिहार र छठ पर्वको अवसरमा नेकपा दोलखाको चियापान

3 weeks ago/Sunday, September 29th, 2019

दोलखा, १२ असोज ।

नेपाल कम्युनिष्ट पार्टी दोलखाले बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

दशैं सुरु भएकै दिन अर्थात घटस्थापनाको दिन पारेर नेकपाले सदरमुकाम चरिकोट स्थित जिल्ला पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापान समारोहमा नेकपाका नेता तथा कार्यकर्ता, साँसदहरु, स्थानीय सरकारका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।

चियापान समारोहमा प्रदेश सभाका साँसदहरु विशाल खड्का र हिमाली गोले, नेकपाका जिल्ला सचिव गोपाल पाण्डे, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, उपप्रमुख मनमाया जिरेल, भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसी र मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठ सहभागि थिए । यस्तै, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्का, मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी लगायतका जनप्रतिनिधिहरु पनि कार्यक्रममा सहभागि थिए ।

नेकपा दोलखाले जिल्लास्तरमा चियापान कार्यक्रमको आयोजना गरेसँगै स्थानीय तह स्तरको पार्टी कमिटी र वडा स्तरसम्म चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरु हुने जिल्ला पार्टी सचिव पाण्डेले जानकारी दिनुभयो ।

१२ असोज, २०७६ । १२ः४५ बजे प्रकाशित ।

 

VIEWS: 1450 पटक हेरीएको
error: Content is protected !!