पहिरोका कारण गौरीशंकरका तीन जलविद्युत आयोजना पुर्ण रुपमा वन्द

5 months ago/Sunday, July 28th, 2019

दोलखा, १२ साउन ।

दोलखाको गौरीशंकर गाउँपालिकामा लगातारको वर्षासँगै आएको पहिरोका कारण तीन वटा जलविद्युत आयोजना पुर्ण रुपमा वन्द भएको छ ।

पहिरोका कारण गौरीशंकर गाउँपालिकाको वडा नम्वर ६ र ७ मा पर्ने तीन वटा जलविद्युत आयोजनाको काम पुर्ण रुपमा ठप्प भएको हो । पहिरोका कारण ४० मेगवाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना, ३० मेगवाट क्षमताको खानीखोला दोलखा जलविद्युत आयोजना र ५ मेगवाटको घट्टेखोला जलविद्युत आयोजनाको काम पुर्ण रुपमा ठप्प भएको हो । पहिरोले गाउँपालिकाको वडा नम्वर ६ र ७ मा पर्ने सुसिनटारमा करिव दुई किलो मिटर सडक बगाएपछि आवत जावतमा समस्या हुँदा सबै आयोजनाको काम ठप्प भएको खानीखोला दोलखा हाईड्रोपावरका डाईरेक्टर छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

दुई दर्जन परिवार विस्थापित

गौरीशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुस्थित सुसिङटारमा शुक्रबार राति आएको पहिरोका कारण वडा नम्वर ६ र ७ का दुई दर्जन बढि परिवार विस्थापित भएका छन् । पहिरोका कारण वडा नम्वर ६ का १३ र वडा नम्वर ७ का १६ घरपरिवार विस्थापित भएका हुन् । पहिरोले घरमा पुर्ण रुपमा क्षति नपु¥याएपनि घर वरपर चर्किएर जोखिम बढेपछि स्थानीय घर छाडेर हिडेका हुन् । विस्थापित भएका सबै परिवारलाई गाउँपालिकाले व्यवस्थापन गरेर राखेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्काले जानकारी दिनुभयो । पुर्ण रुपमा घर क्षति भएर विस्थापित भएका परिवारलाई गाउँपालिकाले अत्यावश्यक राहत सामाग्री सहित व्यवस्थापन गरेको र जोखिमका कारण घर छाडेर जान बाध्य भएका परिवारलाई आफन्तकोमा बस्ने व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । केही स्थानीय भने लगातारको वर्षाका कारण घर वरपरको जमिन चर्किएर जोखिम बढेपछि राति बस्न नसक्ने अवस्था भएको भन्दै घर छाडेर अन्यत्र गएका छन् ।

पहिरोमा पुरिएको पशु चौपाएको कारण दुर्गन्ध

सुसिङटारमा शुक्रबार राति गएको पहिरोले स्थानीय राजेन्द्र थामीको घर गोठ पुरिएपछि उनको परिवार पुर्ण रुपमा विस्थापित भएको छ । पहिरोका कारण विस्थापित भएका थामीको परिवारलाई पनि गाउँपालिकाबाट आवश्यक राहत प्रदान गरिसकिएको गाउँपालिकाले जनाएको छ । पहिरोले थामीको गोठ पुरीँदा ३ वटा गाई र २३ वटा बाख्रा पनि पुरिएको थियो । पहिरोमा परेका पशु चौपायको उचित व्यवस्थापन हुन नसक्दा वस्तीमा दुर्गन्ध फैलिन थालेको स्थानीयले बताएका छन् । पहिरोमा पुरिएर यत्रतत्र छरिएका पशु चौपाय सड्न थालेपछि वस्तीमा दर्गन्ध फैलिन लागेको हो ।

वर्षासँगै आएको पहिरोका कारण थामीको लु ३ त २३०४ नम्बरको ट्याक्टर र हेम बहादुर श्रेष्ठको बा १७ प ६५०२ नम्बरको मोटरसाइकल पनि पुरेको छ ।

१२ साउन, २०७६ । ७ः ३० बजे प्रकाशित ।

VIEWS: 2220 पटक हेरीएको
error: Content is protected !!