वार्षिक उत्सवको अवसरमा कालिन्चोक एफएमको साँस्कृतिक साँझ

7 days ago/Friday, November 8th, 2019

दोलखा, २१ कार्तिक ।

दोलखावाट प्रसारण हुँदै आएको कालिन्चोक सामुदायिक एफएम हिजोवाट १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ ।

कालिन्चोक एफएमले १३ औं वार्षिक उत्सवको अवसरमा हिजो साँझ सदरमुकाम चरिकोटका कालिन्चोक साँस्कृतिक साँझको आयोजना गरी बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु देखाएको छ । साँस्कृतिक साँझमा दोलखा डान्स क्रियुका कलाकार लगायत स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेको अध्यक्षतामा सम्पन्न साँस्कृतिक साँझमा समन्वय प्रमुख पाण्डे, तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्काले कालिन्चोक खवर स्मारिकाको विमोचन गर्नुभयो ।

वार्षिक उत्सवको अवसरमा कार्यक्रम प्रमुख गायत्री आचार्यलाई कालिन्चोक स्मार्ट अर्वाडवाट सम्मान गरिर्एको छ भने श्रोता, बिज्ञापनदाता, बिभिन्न संघ/सँस्था लगायतलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा एफएमका अध्यक्ष दिपक बस्नेतले नेपाल भ्रमण बर्ष ‘ट्वान्टि ट्वान्टि’ लाई लक्षित गरी रेडियोका कार्यक्रमहरुलाई पर्यटन केन्द्रित गर्ने जानकारी दिनुभयो । एक सय वाट क्षमताको कालिन्चोक एफएम दोलखावाट प्रसारण हुने पहिलो सामुदायिक एफएम हो ।

२१ कार्तिक २०७६ । ८ः०० बजे प्रकाशित

VIEWS: 855 पटक हेरीएको
error: Content is protected !!