वालिकालाई यौन दुरव्यहारको आरोप लागेका काब्रेका सात युवक धरौटीमा रिहा

2 weeks ago/Wednesday, November 27th, 2019

दोलखा, ११ मंसिर ।

दोलखाको बैतेश्वर गाउँपालिकाकी १४ वर्षिया वालिकालाई यौन दुरव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ७ जना धरौटीमा छुटेका छन् ।

दोलखा जिल्ला अदालतका न्यायधीश कविप्रसाद न्यौपानेको इजलासमा हिजो भएको थुनछेकको बहशपछि उनीहरु धरौटीमा रिहा भएका हुन् । अदालतले बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेका हरिराम रिमाल, शालिकराम शिवाकोटी र शुकदेव घिमीरलाई तीन–तीन लाख धरौटी तोकेको छ । यस्तै सोही घटनामा संलग्न गणेश शिवाकोटी, प्रदिप नेपाली, सुरज कार्की र कृष्ण खड्कालाई भने ५०–५० हजार धरौटी रकम तोकिएको अदालतका सुचना अधिकारी यमलाल पन्थीले जानकारी दिनुभयो । अदालतले धरौटी तोके लगत्तै उनीहरु धरौटी रकम बुझाएर रिहा भएको उहाँले बताउनुभयो ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेस्थित टोड्के भन्ने स्थानमा गत कात्तिक ११ गते राति १४ वर्षिया बालिकालाई यौन दुरव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेका ७ जनाविरुद्ध जवरजस्तीकरणी उद्योग अन्र्तगतको मुद्धामा अनुसन्धान पुरा गरी प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । पक्राउ परेका सातै जनाले प्रहरी, सरकारी वकिल र अदालतसम्म पनि आफुहरुले वालिकामाथि यौन दुरव्र्यवहार नगरेको बयान दिएका थिए ।

११ मंसिर, २०७६ । १०ः ५५ बजे प्रकाशित ।

VIEWS: 6610 पटक हेरीएको
error: Content is protected !!