विगुल फाउन्डेसनद्धारा दोलखाका चार सामाजिक अभियानता सम्मानित,शैक्षिक अक्षयकोष स्थापना

8 months ago/Wednesday, January 29th, 2020

दोलखा, १५ माघ ।

दोलखामा जन्मिएर कलाकारिता शिक्षा तथा पत्रकारीताको क्षेत्रबाट समाजलाई महत्वुपर्ण योगदान पु¥याउने चार जना व्यक्ति सम्मानित भएका छन् ।

विगुल फाउन्डेन्सन दोलखाले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्यापसमा आज एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, शिक्षाविद्, साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका पुर्व रेक्टर प्राध्यापक डा. सुधा त्रिपाठी, वरिष्ठ पत्रकार चिरन्जिवी मास्के र गौरीशंकर बहुमुखी क्यापसका प्रमुख शान्त बहादुर केसी रहेका छन् । सम्मानित हुने व्यक्तिरुहरुलाई वागमति प्रदेशसभाका सांसद विशाल खड्काले सम्मानपत्र प्रदान गर्नुभयो । आजै घोषणा गरीएको विगुल फाउन्डेसनले दोलखाका चार व्यक्तिलाई सम्मान गरेर सामाजिक कार्यको सुरुवात गरेको हो । फाउन्डेसनका संरक्षक लक्ष्मण गुभाजुले आगामी दिनमा फाउन्डेसनले सामाजिक क्षेत्रमा थप कार्यक्रमहरु ल्याउने जानकारी दिनुभयो ।

फाउन्डेसनका संरक्षक लक्ष्मण गुभाजु र उनकी श्रीमति विपना गुभाजुको पहिलो वैवाहिक वर्ष गाँठको अवसर पारेर शैक्षिक अक्षयकोष पनि खडा गरिएको छ । गुभाजुकी स्वर्गीय बहिनी होमकुमारी गुभाजुको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैँयाको शैक्षिक अक्षयकोष स्थापना गरिएको हो । कोषमा रहने रकमको चेक क्याम्पस प्रमुख केसीलाई हस्तान्तरण गरिएको छ । विगुल फाउन्डेसनकी अध्यक्ष विपना गुभाजुको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सांसद खड्का, जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे, सम्मानित डा.सुधा त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१५ माघ, २०७६। १२ः४० बजे प्रकाशित ।

VIEWS: 5915 पटक हेरीएको
error: Content is protected !!