दोलखामा फेरी भालुको आक्रमण, एक युवक घाईते

1 week ago/Tuesday, December 3rd, 2019

दोलखा, १७ मंसिर ।

विगु गाउँपालिकाका एक युवक भालुको आक्रमणबाट गम्भिर घाईते भएका छन् ।

विगु गाउँपालिका वडा नम्बर ४ चित्रेका २४ वर्षिय टुल्के तमाङ भालुको आक्रमणबाट गम्भिर घाईते भएका हुन् । आज विहान साँढे ७ बजे घरबाट गोठ जाँदै गरेका तमाङलाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी रेशम बोहोराले जानकारी दिनुभयो । घाईते तमाङलाई उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याँईदैछ ।

यसअघि गत कात्तिक १८ गते जिरी नगरपालिका वडा नम्बर १ च्यादुकेका ७४ वर्षिय पदम बहादुर खड्का भालुको आक्रमणबाट गम्भिर घाईते भएका थिए ।

१७ मंसिर, २०७६ । ९ः५० बजे प्रकाशित ।

VIEWS: 9250 पटक हेरीएको
error: Content is protected !!