विदेशबाट फर्किने जिरीबासीकोे पिसिआर परिक्षणको खर्च नगरपालिकाले व्यहोर्ने

4 weeks ago/Wednesday, July 8th, 2020

जिरी (दोलखा), २४ असार ।

दोलखाको जिरी नगरपालिकाले विदेशबाट फर्किने जिरीबासीकोे पिसिआर परिक्षणको खर्च व्यहोर्ने भएको छ ।

जिरी नगरपालिकाले अब विदेशबाट जिरी आउने जिरी बासीको कोरोना (पिसिआर) परिक्षणमा लाग्ने खर्च व्यहोर्ने भएको हो । विदेशबाट आएका नागरिकहरुको काठमाण्डौंमानै सरकारले तोकेको अस्पतालबाट पिसिआर परिक्षण गराइने भएको छ । परिक्षण बापत लाग्ने शुल्क ५ हजार ५ सय जिरी नगरपालिकाले राहत सहयोग स्वरुप भुक्तानी गरिदिने नगरपालिकाका मेयर टंक जिरेलले आज फेसबुक स्टाटस मार्फत जानकारी गराउनुभएको छ ।

यसैबीच, पछिल्लो पटक नगरभित्रको क्वारेन्टाइनमा बसेका, जिरी नगरपालिका र जिरी अस्पतालमा कार्यरत सवारी चालक तथा नगर प्रहरीहरुको कोरोनाको आशंकामा पिसिआर परिक्षण गरीएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

२४ असार, २०७७ । ७ः२५ बजे प्रकाशित ।

VIEWS: 2350 पटक हेरीएको
error: Content is protected !!