विस्वको सर्वोच्च शिखर सगरमाथा तिव्वतमा पर्ने चिनियाँ मिडियाको दावी

7 months ago/Sunday, May 10th, 2020

ईदोलखा संवाददाता ।

दोलखा, २८ बैशाख ।

भारतले नेपालको भूभाग मिचेर सडक मार्ग बनाएको भन्दै बिरोध भईरहेका बेला चिनियाँ सँचार माध्यमहरुले बिस्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख गरेका छन् ।

उत्तरको छिमेकी चीनले सगरमाथाको स्वामित्वको बिषयलाई लिएर गरेको दावीले विवाद निम्त्याउने देखिएको छ । चिनियाँ सञ्चार माध्यमहरुले सगरमाथालाई आफ्नो भएको दावी गर्न थालेपछि चीनको भूमिकालाई लिएर नेपालमा शंका र आक्रोश देखिन थालेको छ । चीनको चाईना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले ट्विटर ह्याण्डलमा सगरमाथालाई चीनको तिव्वत क्षेत्रमा पर्ने बिस्वको सर्वोच्च शिखर भनेर उल्लेख गरेको छ । सगरमाथा क्षेत्रका केहि तस्वीर समेत राखेर तिव्वत स्वायत्त क्षेत्रमा पर्ने विस्वको सर्वोच्च शिखर भनिएको छ ।


चीनको सरकारी सञ्चार माध्यम पिपल्स डेलीले पनि केहि साता अघि सगरमाथालाई चीनको भनेर एक समाचार सामाग्रि ट्विट गरेको थियो । सगरमाथाको उत्तरी मोहडातर्फ फाईभ जी टावर राख्दै गरेको तस्वीर र भिडियो सहित ट्विट गरेको पिपल्स डेलीले सगरमाथालाई चीनको स्वशासित क्षेत्र तिव्वतमा रहेको भनेर उल्लेख गरेको थियो । चिनियाँ सञ्चार माध्यमले एकपछि अर्को ट्विट गर्दै सगरमाथा चिनमा रहेको दावी गरेपछि नेपालमा त्यसको सामाजिक सञ्जाल मार्फत बिरोध भईरहेको छ । सामाजिक सञ्जालमा सगरमाथाको ऐतिहासिक तथ्य हेर्न र सच्याउन माग गरिएको छ ।

बिस्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहडा मात्रै चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सि सिन्ह्वाका अनुसार उत्तरी मोहडावाट चीनले सगरमाथाको उचाई नाप्न सुरु गरेको छ ।

२८ बैशाख, २०७७ । ११ः२० बजे प्रकाशित ।

VIEWS: 4160 पटक हेरीएको
error: Content is protected !!