विस्व बिख्यात आरोही पेम्वादोर्जे शेर्पा ठगि मुद्धामा पक्राउ, एक बर्षका लागि कारागार चलान

1 month ago/Tuesday, October 15th, 2019

ईदोलखा संवाददाता ।
दोलखा, २८ असोज ।

दोलखाको गौरीशंकर स्थायी घर भएका बिस्व बिख्यात आरोही पेम्वादोर्जे शेर्पा ठगि मुद्धामा पक्राउ परेका छन् ।

ठगि मुद्धामा अदालतवाट कैद सँजाय र जरिवाना तोकिएका पेम्वादोर्जेलाई प्रहरीको केन्द्रिय अनुषन्धान व्यूरो (सिआईवी) को टोलीले राजधानी काठमाण्डौंवाट पक्राउ गरेको हो । सिआईवीको टोलीले उनलाई हिजै पक्राउ गरेपनि आज प्रेस बिज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । पक्राउ परेका शेर्पालाई आजै काठमाण्डौं जिल्ला अदालत मार्फत डिल्लि बजार कारागार चलान गरिएको सिआईवीका प्रवक्ता एसपी बेलवहादुर पाण्डेले जानकारी दिनुभयो ।

ठगि मुद्धामा सर्वोच्च अदालतले आरोही पेम्वादोर्जेलाई १ बर्ष कैद सँजाय र ११ लाख जरिवानाको फैसला गरेको थियो । डिल्लि बजार कारागार चलान भएसँगै शेर्पा एक बर्षका लागि जेल चलान भएका छन् भने जरिवानाको रकम दाखिला गर्न नसके थप कैद सँजाय भोग्नु पर्नेछ ।दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङ स्थायी घर भएका शेर्पा बिस्व बिख्यात आरोही हुन् ।

ताम्टिङ शेर्पाको जाहेरी वमोजिम नेपाल सरकार वादी रहेको ठगि मुद्धामा सर्वोच्च अदालतले आरोही पेम्वादोर्जेलाई १ बर्ष कैद सँजाय र ११ लाख जरिवानाको फैसला गरेको थियो । डिल्लि बजार कारागार चलान भएसँगै शेर्पा एक बर्षका लागि जेल चलान भएका छन् भने जरिवानाको रकम दाखिला गर्न नसके थप कैद सँजाय भोग्नु पर्नेछ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङ स्थायी घर भएका शेर्पा बिस्व बिख्यात आरोही हुन् ।

उनले बिस्वको सर्वोच्च शिखर सगरमाथाको ८ घण्टा १० मिनेटमा आरोहण गरी बिस्व किर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका थिए । तर, उनको आरोहणका बिरुद्ध पर्यटन महाशाखामा उजुरी परेपछि किर्तिमानीको बिषय विवादित भएको थियो । पेम्वादोर्जेले सगरमाथाको मात्रै १६ पटक आरोहण गरिसकेका छन् ।

२८ असोज २०७६ । ७ः०० बजे प्रकाशित

VIEWS: 17180 पटक हेरीएको
error: Content is protected !!