वैतेश्वरमा गाउँपालिकास्तरिय खुल्ला पुरुष, महिला भलिबल प्रतियोगिता सुरु

4 weeks ago/Friday, February 5th, 2021

जिरी (दोलखा) , २३ माघ ।
दोलखाको वैतेश्वर गाउँपालिकामा आजदेखि गाउँपालिकास्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

आजदेखि वैतेश्वर गाउँपालिका २ स्थित बेटीडाडाँ खेल मैदानमा गाउँपालिकास्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाली कांग्रेसका जिल्ला उपसभापति छविलाल तमाङले उद्धघाटन गर्नुभयो । प्रतियोगितामा आज भएको पुरुष भलिबलतर्फ  आयोजक सानिटार टोल विकास समाज र हनुमन्तेश्वर माविबीच प्रतिस्पर्धा भएकोमा आयोजक सानिटार टोल विकास समाज विजयी भएको छ । यस्तै, आजै भएको महिला भलिबल प्रतियोगितातर्फ सनराइज एकेडेमि इग्लिस बोडिङ स्कुल र हनुमन्तेश्वर माविबीच प्रतिस्पर्धा भएकोमा हनुमन्तेश्वर मावि विजयी भएको छ ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ ९ र महिला भलिबलतर्फ ४ गरी १३ टिमकोे सहभागीता रहेको छ ।  गाउँपालिकास्तरिय  खुल्ला पुरुष भलिबलतर्फ प्रथम, द्धितिय,तृतीय र सान्तवना हुनेले क्रमशः नगद ५० हजार, २५ हजार १५ हजार र ७ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, महिला भलिबल प्रतियोगितातर्फ प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने टिमले क्रमशः२० हजार, १० हजार ५ हजार र २५ सय नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष भतिलबतर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद ५ हजार र महिला भलिबल प्रतियोगितातर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद १५ सय पुरस्कारको व्यवस्था पनि गरिएको सानिटार टोल विकास समाजका अध्यक्ष झलक प्राखिनले जानकारी दिनुभयो ।  सानिटार टोल विकास समाजको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिता २८ गते सम्म जारी रहनेछ ।

२३ माघ, २०७७ । ७ः१० बजे प्रकाशित ।

VIEWS: 2375 पटक हेरीएको
error: Content is protected !!