शैलुङको कालापानीदेखि झोरखोलासम्म पदमार्गः प्रकृतिसँग रमाउँदै यात्रा गर्न सकिने

2 months ago/Friday, May 22nd, 2020

दोलखा, ९ जेठ ।

दोलखाको शैलुङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीयस्थल शैलुङको कालापानीदेखि झोरखोलासम्म सफारी पदमार्ग निर्माण गरेको छ ।

गाउँपालिकाले शैलुङको बेसक्याम्प कालापानीदेखि झोरखोलासम्म सफारी पदमार्ग निर्माण गरेको हो । गाउँपालिकाको १० लाख लागतमा सो पदमार्ग निर्माण गरीएको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार कालापानीदेखि झोरखोलास्थित जुरेश्वर महादेव मन्दिरसम्म करिव ६ किलोमिटर जंगल सफारी पदमार्ग निर्माण गरीएको हो । दुई मिटर चौडाई रहेको पदमार्ग निर्माणकार्य अन्तिम चरणमा पुगेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । शैलुङको महत्वपुर्ण पर्यटकीय स्थलमा पर्यटकको आकर्षणलाई बढाउनका लागि सफारी पदमार्ग निर्माण गरीएको उहाँले बताउनुभयो ।

झोरखोलाले मनागाउँलाई पनि जोड्ने र पर्यटकलाई थप आकर्षित गर्न तथा घनाजंगलको यात्रा, स्थानीय बोटविरुवा, जडिबुटी, वनस्पति र चराचुरुङगीको दृश्यले पर्यटकलाई थप आकर्षित गर्छ भन्ने उद्धेश्यले सफारी पदमार्ग निर्माण गरीएको गाउँपालिकाका अध्यक्ष दुलालले बताउनुभयो । चालु वर्ष पदमार्ग मात्रै निर्माण गरीए पनि आगामी वर्ष पर्यटकलाई लक्षित गरी थप पुर्वाधारहरु निर्माण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । झोरखोलाले स्थानीय मनागाउँलाई जोड्ने भएकाले मनागाउँमा होमस्टे पनि निर्माण गरीएको गाउँपालिकाले जनाएको छ ।
पदमार्ग निर्माण भएसँगै शैलुङ गाउँपालिका भ्रमणमा आएका पर्यटकले जंगलको सफारी गर्न पाउने छन् भने स्थानीय प्रजातिका हिमाली बनस्पतीका साथै, लालिगुराँस, जडिबुटी र चराचुरुङगीको शान्त स्थानमा बसेर अवलोकन गर्न पाउने छन् ।

सय वटा थुम्का रहेको शैलुङ क्षेत्रको दोलखाको प्रमुख पर्यटकीय स्थल मध्ये एक हो । पछिल्लो समय शैलुङ गाउँपालिकाले सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बिभिन्न योजना र कार्यक्रमहरु गरिरहेको छ । कालापानीदेखि झोरखोलासम्म पदमार्ग बनेपछि घना जंगलका वीचमा पर्यटकले प्रकृतिसँग रमाउँदै यात्रा गर्न पाउने छन् ।

९ जेठ, २०७७ । २ः०० बजे प्रकाशित ।

VIEWS: 2735 पटक हेरीएको
error: Content is protected !!