शैलुङको पर्यटन प्रर्वद्धनका लागि धमाधम पूर्वाधार थपिँदै

1 month ago/Friday, January 22nd, 2021

विपना थापामगर ।

जिरी (दोलखा), ९ माघ ।

दोलखाको पर्यटकीय एवम् धार्मिक स्थल शैलुङको पर्यटन विकासका लागि धमाधम पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका छन् ।

प्राकृतिक रुपमै सुन्दर रहेको शैलुङ क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार र शैलुङ गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गरेर पर्यटन पूर्वाधारका संरचनाहरु निर्माण गरिरहेको हो । शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष पर्यटन पूर्वाधार विकासका लागि १ करोड ४० लाख भन्दा बढी बजेट विनियोजन गरेको छ । जसअन्र्तगत चालु वर्ष गाउँपालिकाको ७५ लाखको लागतमा शैलुङको बेस क्याम्प मानिने कालापानीमा बुद्धको मुर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले चाँडै बोलपत्र आह्वान गरेर बुद्धको मुर्ति निर्माणको प्रक्रिया अघि बढाउने जनाएको छ । यस्तै, गाउँपालिकाको बजेटबाटै १० लाखको लागतमा कालापानीमा पर्यटकहरुका लागि पिकनिक स्थल भवन र ५ लाखको लागतमा शैलुङडाडाँमा शेलुङेश्वरी देवीको मुर्ति पनि निर्माण हुने भएको छ ।

गाउँपालिकाका अनुसार देवीको मुर्ति र पिकनिक स्थल भवन निर्माणका लागि सम्झौता भइसकेकोले चाँडै काम सुरु हुनेछ । गाउँपालिकाको २५ लाख लागतमा कालापानिदेखि शैलुङडाडाँसम्म चालु वर्ष थप ६ वटा प्रतिक्षालय पनि निर्माण गरिनेछ । गाउँपालिकाले यही वर्ष कालापानीमा पर्यटकहरुका लागि साना होटल तथा लज सञ्चालन गर्ने व्यवसायीहरुका लागि अनुदान दिन २० लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको छ । तोकिएको मापदण्ड अनुसार होटल तथा लज सञ्चालन गर्ने व्यवसायीहरुलाई २ लाखका दरले अनुदान दिइने कार्यक्रम समेत रहेको गाउँपालिकाले जनाएको छ ।

प्राकृतिक रुपमै सुन्दर रहेको शैलुङ क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार र शैलुङ गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गरेर पर्यटन पूर्वाधारका संरचनाहरु निर्माण गरिरहेको छ । पछिल्ला २ वर्षमा निर्माण गरिएको पर्यटन पूर्वाधारले शैलुङको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण थपिएको छ भने सहजता समेत भएको छ । 

गत आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले वडा नम्बर ३ स्थित विरौटामा प्रदेश सरकारको १ करोड र गाउँपालिकाको ९ लाख गरी १ करोड ९ लाखको लागतमा शिवको मूर्ति र १० लाखको लागतमा जुगेश्वरी बेदिङ मन्दिर निर्माण गरेको थियो । यसैगरी, गाउँपालिकाले ४ नम्बर वडामा १९ लाखको लागतमा उर्गेनि गुम्बा, वडा नम्बर ७ मा १२ लाखको लागतमा थामी गुम्बा र २० लाखको लागतमा कालापानीमा छ्योर्तेन गुम्बा निर्माण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख बलराम पौडेलले जानकारी दिनुभयो । गत वर्ष नै शैलुङ गाउँपालिकाले शैलुङको थुम्कीमा पर्यटकलाई आकर्षित गराउन भन्दै २ सय ५० किलोको ठुलो घण्टी पनि राखेको थियो । ५ लाखको लागतमा राखिएको सो घण्टी जिल्लाकै सबैभन्दा ठुलो भएको गाउँपालिकाको दाबी छ ।

शैलुङ क्षेत्रको भ्रमण गर्ने पर्यटकको सहजतका लागि २० लाखको लागतमा गाउँपालिकाको केन्द्र देखि कालापानी हुदैँ शैलुङसम्म जाने सिँढी निर्माण र २५ लाखको लागतमा गाउँपालिकाको वडा नम्बर ३ विरौटादेखि कालापानीसम्म ६ वटा प्रतिक्षालय तथा स्वागत गेट निर्माण गरिएको थियो ।

शैलुङ भ्रमणको प्रवेशद्धार कालापानीलाई बेस क्याम्पको रुपमा विकास गर्ने र थप पर्यटन पूर्वाधारहरु निर्माण गर्ने गाउँपालिकाको योजना छ । शैलुङ भ्रमणमा आउने पर्यटकहरुले शैलुङका सय वटा थुम्का, धर्म ढोका, १२ वर्षमा गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा,  गाई ढुंगा, बाघ ढुंगा लगायतका पर्यटकीय स्थलको भ्रमण गर्न सक्ने छन् ।

पछिल्ला २ वर्षमा निर्माण गरिएको पर्यटन पूर्वाधारले शैलुङको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण थपिएको छ भने सहजता समेत भएको छ । गाउँपालिकाका अध्यक्ष भरत दुलालले शैलुङ भ्रमणको प्रवेशद्धार कालापानीलाई बेस क्याम्पको रुपमा विकास गर्ने र थप पर्यटन पूर्वाधारहरु निर्माण गर्ने गाउँपालिकाको योजना रहेको जानकारी दिनभुयो ।शैलुङ भ्रमणमा आउने पर्यटकहरुले शैलुङका सय वटा थुम्का, धर्म ढोका, १२ वर्षमा गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाँफे ढुंगा, गाई ढुंगा, बाघ ढुंगा लगायतका पर्यटकीय स्थलको भ्रमण गर्न सक्ने छन् । यस्तै, शैलुङको सय वटा थुम्काबाट गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खलाका साथै दोलखा रामेछाप र सिन्धुपाल्चोकको विभिन्न रमणीय क्षेत्रको अवलोकन गर्न सकिनेछ ।

९ माघ, २०७७ । ८ः२० बजे प्रकाशित ।

VIEWS: 2300 पटक हेरीएको
error: Content is protected !!