शैलुङलाई पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको योजना, धमाधम पर्यटन पूर्वाधार निर्माण गरिदै

1 month ago/Wednesday, January 15th, 2020

विपना थापा मगर ।

शैलुङ (दोलखा), १ माघ ।

दोलखाको शैलुङ गाउँपालिकाले पर्यटन विकासलाई प्राथमिकतामा राख्दै पर्यटन पूर्वाधार विकासका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

खासगरी शैलुङ क्षेत्रको पर्यटन विकास गर्ने र सोही माध्यमवाट गाउँपालिकामा रोजगारी सिर्जना गर्ने उद्धेस्यका साथ पर्यटन पूर्वाधार विकासका कामहरु भईरहेका छन् । शैलुङ गाउँपालिकाले गत आर्थिक बर्ष र चालु बर्ष पर्यटन विकासलाई प्राथमिकता दिँदै बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । जस अन्तर्गत पर्यटन पूर्वाधार निर्माणदेखि होटल, लज र हामे स्टे सँचालन सम्मका योजना रहेका छन् । गाउँपालिकाले गत आर्थिक बर्ष २० लाख रुपैयाँको लागतमा कालापानीदेखि शैलुङसम्म जाने पदमार्गमा सिँढी निर्माण, प्रतिक्षालय, पर्यटक स्वागत गेट, प्रतिक्षालय र रिचर्ड पोखरी निर्माण गरेको छ । कालापानीदेखि शैलुङसम्म निर्माण भएका पर्यटकीय पूर्वाधारले शैलुङ भ्रमणमा आउने पर्यटकहरुका लागि निकै सहज भएको छ ।

कालापानीदेखि निर्माण भएका ढुँगाका सिँढी, प्रतिक्षालय, पोखरी र पर्यटक स्वागत द्धारले शैलुङको यात्रालाई सहज र मनमोहक मात्र बनाएको छैन बिद्युत लाईन बिस्तार गरी सडक बत्तिको समेत व्यवस्था गरिएका कारण सुविधा थप भएको छ । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले शैलुङ क्षेत्रलाई पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनाउने गरी पर्यटन पूर्वाधार विकासको काम सुरु गरिएको जानकारी दिनुभयो । 

कालापानीदेखि निर्माण भएका ढुँगाका सिँढी, प्रतिक्षालय, पोखरी र पर्यटक स्वागत द्धारले शैलुङको यात्रालाई सहज र मनमोहक मात्र बनाएको छैन बिद्युत लाईन बिस्तार गरी सडक बत्तिको समेत व्यवस्था गरिएका कारण सुविधा थप भएको छ । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले शैलुङ क्षेत्रलाई पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनाउने गरी पर्यटन पूर्वाधार विकासको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु बर्ष बन्ने थप पर्यटन पूर्वाधारले शैलुङ भ्रमणलाई अझ सरल, सहज र रोमाञ्चकारी बनाउने छ ।
शैलुङ गाउँपालिकाले पर्यटहरुलाई लक्षित गर्दै मुडेदेखि शैलुङसम्म सडक निर्माण लगायतका अन्य भौतिक संरुचनाहरु पनि निर्माण गरिरहेको छ । गाउँपालिकाले हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रकारुपमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल शैलुङमा आउने पर्यटकलाई लक्षित गरी होमस्टे व्यवसाय सञ्चालनका लागि गाउँपालिकाका करिब ५० जनालाई हालै मात्र ७ दिन तालिम दिएको छ । गाउँपालिकाको वडा नम्बर ३, ६, ७ र ८ मा होमस्टे सञ्चालन गर्न एच्छुक व्यवसायीहरुलाई दिएको छ । शैलुङ भ्रमणका लागि आउने पर्यटकहरुलाई स्थानीय अर्र्गानिक खानेकुरा खुवाई स्थानीय शैलीको घरमा बास बस्नका लागि होमस्टे तालिम दिएको गाउँपालिकाले जनाएको छ । पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले पर्यटन प्रर्वद्धनको विकासका लागि गाउँपालिकाको वडा नम्बर ५ काटाकुटिमा नेपाल हान्गुक बुदिष्ट कलचक्र संस्थालाई ध्यान केन्द्र, बौद्ध बिहार र बुद्ध मुर्ति स्थापना गर्नका लागि प्युसे भन्ने स्थानमा २० रोपनी जग्गा भोगाधिकारका लागि दिएको छ ।

पर्यटन क्षेत्रका लागि ५० लाख बजेट विनियोजन

यस्तै , नेपाल तेक्वान्दो संघले निर्माण गर्ने उच्च प्रशिक्षण केन्द्र स्थापनाका लागि पनि गाउँपालिकाको वडा नम्बर १, ६ र ८ को सिमानामा पर्ने कालापानीमा ५ रोपनी जग्गा भोगाधिकारका लागि दिई नयाँ पर्यटकीय गन्त्व्यको रुपमा विकास गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिले चालु आर्थिक वर्ष वडा नम्बर ३ को बिरौटामा महादेवको मुर्ति, सार्वजनिक सौचालय निर्माण गर्ने लगायतका योजना बनाएको अध्यक्ष दुलालले बताउनुभयो । शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष पर्यटन क्षेत्रका लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट शौचालय, सामुदायिक हल, रिचर्ड पोखरी, गाउँपालिकादेखि शैलुङसम्म सडक लगायतका भौतिक संरचनाहरु निर्माण हुनेछ । कालापानीमा होटल सञ्चालन गर्ने व्यवसायीलाई २ लाख अनुदान दिने कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

शैलुङ भ्रमणमा आउने पर्यटकहरुले शैलुङका सय वटा थुम्काका अलावा, धर्म ढोका, १२ वर्षमा गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाफे ढुंगा, जरेश्वर महादेव, गाई ढुंगा, बाघ ढुंगा लगायतका पर्यटकीय स्थलको भ्रमण गर्न सक्ने छन् ।

१ माघ, २०७६ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 2630 पटक हेरीएको
error: Content is protected !!