शैलुङ गाउँपालिकाका विद्यालय असोज १ गतेबाट खुल्ने

1 week ago/Saturday, September 12th, 2020

सिर्जना गोले ।

जिरी (दोलखा), २७ भदौ ।

दोलखाको सैलुङ गाउँपालिकामा असोजबाट विद्यालय सञ्चालनमा आउने भएको छ ।

गाउँपालिकाले असोज १ गतेबाट पालिकाभित्रको सबै विद्यालयहरुलाई सञ्चालनको लागि अनुमति दिएको हो । गाउँपालिकाबाट हालसम्म स्वाव संकलन गरी पठाइएको कसैमा पनि कोरोना नदेखिएको र अहिलेसम्म शैलुङमा कोरोना संक्रमण नरहेपछि सामाजिक दुरी कायम लगायतका स्वास्थ सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालनका लागि विद्यालयहरुलाई अनुमति दिइएको गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष दाहालले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरुले सामाजिक दुरी कायम गर्नुको साथै मास्क अनिवार्य लगाउनु पर्नेछ भने कक्षाकोठा प्रवेश गर्नुअघि शिक्षक र विद्यार्थी दुवैले अनिवार्य साबुनपानीले हात धुनुपर्नेछ । मास्क र सेनिटाइजरकोे व्यवस्था गर्नका लागि गाउँपालिकाबाट प्रति विद्यार्थी बराबर १ सयका दरले खर्च गर्नेगरी विद्यालयहरुको खातामा गाउँपालिकाले रकम पठाउने तयारी गरेकोे उपाध्यक्ष लालमाया योञ्जनले जानकारी दिनुभयो । जसअनुसार पालिकाभित्रको सबै विद्यालयलाई गाउँपालिकाबाट करिब ४ लाख रकम खर्च हुनेछ । यो सँगै शैलुङ गाउँपालिकाभित्र रहेका सामुदायिक र निजी दुवै विद्यालयहरुले पठनपाठन सञ्चालनमा ल्याउन सक्ने भएका छन् । हालसम्म कोरोना संक्रमण नरहेको गाउँपालिकाले जोखिम कम गर्नका लागि पालिका प्रवेश गर्ने नाकाहमा पनि कडाई गर्ने जनाएको छ ।

गाउँपालिकाबाट हालसम्म स्वाव संकलन गरी पठाइएको कसैमा पनि कोरोना नदेखिएको र अहिलेसम्म शैलुङमा कोरोना संक्रमण नरहेपछि सामाजिक दुरी कायम लगायतका स्वास्थ सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालनका लागि विद्यालयहरुलाई अनुमति दिइएको गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष दाहालले जानकारी दिनुभयो ।  मास्क र सेनिटाइजरकोे व्यवस्था गर्नका लागि गाउँपालिकाबाट प्रति विद्यार्थी बराबर १ सयका दरले खर्च गर्नेगरी विद्यालयहरुको खातामा गाउँपालिकाले रकम पठाउने तयारी गरेकोे उपाध्यक्ष लालमाया योञ्जनले बताउनुभयो । जसअनुसार पालिकाभित्रको सबै विद्यालयलाई गाउँपालिकाबाट करिब ४ लाख रकम खर्च हुनेछ ।

यसअघि लकडाउनमा कुनै पनि प्रभावकारी वैकल्पिक शिक्षण सिकाई हुन नसकेको सैलुङमा विकल्पमा विद्यालयनै सञ्चालनमा आउने भएको हो । सरकारले असोज १ गतेबाट कुनै न कुनै माध्यमबाट सिकाई सहजिकरण गर्न भनेपछि र स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर संक्रमण नभएको ठाउँमा विद्यालय पनि खोल्न पाउने भन्ने कार्यविधि आइसकेपछि विद्यालय सञ्चालनको कामलाई अघि बढाएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । तर, विद्यालय सञ्चालनमा रहने क्रममा गाउँपालिकाभित्र कोही संक्रमित व्यक्तिहरु फेला परेमा भने विद्यालयहरु बन्द हुनेछन् । जिल्लामा ९ वटा स्थानीय तह रहेकोमा शैलुङले  कोरोनाको महामारीसँगै गत चैतदेखि बन्द भएको विद्यालय सञ्चालन गर्नेगरी तयारी अघि बढाएको हो ।

शैलुङ गाउँपालिकामा ९ वटा माध्यमिक विद्यालय, ६ निम्म माध्यमिक र १८ वटा प्राथमिक विद्यालय गरी ३३ वटा सामुदायिक विद्यालयमा करिब ४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । गाउँपालिकाको शिक्षा शाखाका अनुसार शैलुङमा ३ वटा निजी विद्यालय रहेकोमा वडा नम्बर ८ मा रहेको किङस बोर्डिङ सामुदायिक विद्यालयमा मर्ज भइसकेको र ८ मै रहेको अर्काे एउटा मर्ज हुने चरणमा रहेको तथा एउटा निजी विद्यालयमा कक्षा २ सम्म पठनपाठन हुँदै आइरहेको छ ।

२७ भदौ, २०७७ । ११ः५० बजे प्रकाशित ।

VIEWS: 3025 पटक हेरीएको
error: Content is protected !!