शैलुङ गाउँपालिकाका ४० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

4 weeks ago/Tuesday, August 25th, 2020

जिरी (दोलखा), ९ भदौ ।
दोलखाको शैलुङ गाउँपालिकाका ४० जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

शैलुङ गाउँपालिकाबाट पिसिआर परिक्षणका लागि ४० जनाको स्वाब संकलन गरी काभ्रेपलान्चोकस्थित धुलिखेल अस्पताल पठाइएकोमा उनीहरु सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो । यही भदौं ४ गते स्वाव संकलन गरि पठाइएको उनीहरुको आज रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।

शैलुङ गाउँपालिकाबाट विदेशबाट आएर क्वारेन्टाइनमा बसेका, ट्राभल हिस्ट्री भएको, कर्मचारी र संकास्पद व्यक्तिको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो ।

९ भदौ । २०७७ । २ः४० बजे प्रकाशित ।

VIEWS: 1560 पटक हेरीएको
error: Content is protected !!