श्रीमतीले श्रीमानको घाँटीमा खुकुरी प्रहार गरेपछि…..

7 days ago/Sunday, September 13th, 2020

जिरी (दोलखा) २८ भदौ ।

दोलखाको भीमेश्वर नगरपालिकामा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते भएका छन् ।

भीमेश्वर नगरपालिका ४ स्थित जिलुमा २४ वर्षीय श्रीमती अप्सरा चौलागाईले २६ वर्षीय श्रीमान भरत चौलागाईलाई खुकुरी प्रहार गरी घाइते बनाएकी हुन् । आज बिहान करिब साढे ६ बजे घरायसी विवादका क्रममा अप्सराले श्रीमानलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घाँटीको दायापट्टी गम्भीर चोट लागेको चौलागाईलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको दोलखाका प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

काठमाण्डौं लैजानका लागि विहानै हेलिकप्टर चरिकोट आएपनि खराब मौसमका कारण अवतरण हुन नसकेपछि मौसममा सुधार आएपछि  उनलाई मध्यान्ह काठमाण्डौं लगिएको हो । खुकुरी प्रहार गर्ने श्रीमती अप्सरालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

२८ भदौ, २०७७ । १०ः४० बजे प्रकाशित

VIEWS: 20940 पटक हेरीएको
error: Content is protected !!