सँक्रमित मुलुकवाट दोलखा आएका मानिसका बारेमा स्थानीय सरकार र प्रशासन बेखवर

1 week ago/Wednesday, March 25th, 2020

ईदोलखा सँवाददाता ।

दोलखा, १२ चैत्र ।

कोरोना भाईरसको त्रास फैलिरहेका बेला वैदेशिक रोजगारीमा गएर दोलखा स्थित घर फर्किएकाहरुको अवस्थाका बारेमा स्थानीय सरकार र स्थानीय प्रशासन बेखवर रहेको छ ।

कोरोना सँक्रमित मुलुकहरुवाट दोलखामा ठूलो सँख्यामा मानिसहरु भित्रिए पनि अहिलेसम्म उनीहरुको अवस्थाका बारेमा सरकारी निकायमा कुनै जानकारी नभएको हो । मुलुक लक डाउन हुनु अघि भित्रिएका ठूलो सँख्याका मानिसहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी नहुँदा कोही सँक्रमित भएमा त्यसवाट उनको परिवार, छिमेक, टोल र सिँगो जिल्ला नैं खतरामा पर्ने अवस्था छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले वैदेशिक रोजगारीमा गएका र सँक्रमति मुलुकवाट घर फर्किएकाहरुको अवस्थाका बारेमा कुनै जानकारी नभएको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिहरुको बारेमा स्थानीय सरकारको सहयोग लिएर विवरण लिने तयारी भईरहेको जानकारी दिनुभयो ।

श्रोतका अनुसार वैदेशिक रोजगारीमा गएर मुलुक लक डाउन हुनु अघि स्वदेश फर्किएकाहरु गाउँघर पुगिसकेका छन् भने केहि सदरमुकाम चरिकोट र जिल्लाका अन्य बजार क्षेत्रमा पनि रहेका छन् । यसरी सँक्रमित मुलुकवाट फर्किएकाहरुको जिल्लामा कुनै स्वास्थ्य परिक्षण नभएको र सिधै गाउँघर गएका कारण ग्रामिण बस्तिहरुमा खतराको सँकेत देखिएको हो । बिभिन्न मुलुकवाट गाउँ फर्किएकाहरुका बारेमा दोलखाका ९ वटै स्थानीय सरकार पनि बेखवर छन् । स्थानीय सरकारले वैदेशिक रोजगारीवाट फर्किएकाहरुको अवस्थाका बारेमा जानकारी लिने कुनै व्यवस्था नगरेका कारण गाउँघरको तथ्याँक सरकारी निकायसम्म पुग्न नसकेको हो ।

संक्रमित मुलुकहरुवाट फर्किएका व्यक्तिलाई कम्तिमा दुई साता क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण पछि स्वस्थ भए मात्रै घर पठाउनु पठाईन्छ । तर, हवाई र स्थलमार्ग हुँदै सँक्रमित मुलुकवाट दोलखा भित्रिएकाहरुको स्वास्थ्य परिक्षण भयो या भएन भन्ने बिषय यकिन हुन सकेको छैन । यसरी सँक्रमित मुलुकवाट फर्किएकाहरुको जिल्लामा कुनै स्वास्थ्य परिक्षण नभएको र सिधै गाउँघर गएका कारण ग्रामिण बस्तिहरुमा खतराको सँकेत देखिएको हो ।

दोलखामा कोरोना भईरस सँक्रमणको आशँका भएमा उपचारका लागि २२ बेड क्षमताको आईसोलेसन स्थापना गरिए पनि अहिलेसम्म कुनै पनि व्यक्तिलाई क्वारेन्टाइन वा आईसोलेसनमा राखिएको छैन । स्वास्थ्य सँस्थाहरुले पनि कोही कसैलाई यस्तो शिफारिस गरेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले अहिलेसम्म कोरोना सँक्रमणको आशँका भएको वा सँक्रमित भएका कोही पनि व्यक्ति फेला नपरेको र आईसोलेसनमा पनि कोही नआएको बताउनुभयो । संक्रमित मुलुकहरुवाट फर्किएका व्यक्तिलाई कम्तिमा दुई साता क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण पछि स्वस्थ भए मात्रै घर पठाउनु पठाईन्छ । तर, हवाई र स्थलमार्ग हुँदै सँक्रमित मुलुकवाट दोलखा भित्रिएकाहरुको स्वास्थ्य परिक्षण भयो या भएन भन्ने बिषय यकिन हुन सकेको छैन ।

दोलखामा रुघाखोकी र ज्वरोका बिरामीहरुको तथ्याँक समेत छैन । जिल्लाका सरकारी र निजी स्वास्थ्य सँस्थामा कति बिरामी आउँछन् ? र तिनमा कस्तो सँक्रमण छ भन्ने बिषयमा जिल्ला स्वास्थय कार्यालय नैं बेखवर छ । जिल्ला स्वास्थ्य प्रमुख झाले आजवाट जिरी अस्पताल, तिन वटा प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्य केन्द्रगरी ५६ वटा सरकारी स्वास्थ्य सँस्था र निजी अस्पतालहरुले समेत दैनिक बिरामीको विवरण जिल्ला बिपद् व्यवस्थापन समितिलाई पठाउने व्यवस्था मिलाईएको छ । त्यस क्रममा उच्च ज्वरो भएका वा कोरोनाको आशँका भएका व्यक्ति फेला परे तत्काल क्वारेन्टाईन र आईसोलेसनमा राखिने छ ।

१२ चैत्र २०७६ । १२ः०० बजे प्रकाशित

VIEWS: 5985 पटक हेरीएको
error: Content is protected !!