सञ्चारमन्त्रीले स्मार्ट जिल्ला घोषणा गरे लगत्तै दोलखामा नेपाल टेलिकमको टेलिफोन र इन्टरनेटमा समस्या

2 weeks ago/Saturday, February 20th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), ८ फागुन ।

दोलखामा हावाहुरी, वर्षा र गड्याङगुडुङ गर्ने वित्तिकै टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुन थालेको छ ।

यसअघि वर्षादको समयमा विद्युत आपूर्तिमा मात्रै समस्या आउने गरेपनि यो वर्ष दोलखामा हावाहुरी, वर्षा र गड्याङगुडुङ गर्नासाथ टेलिफोन र एन्टरनेट सेवा अवरुद्ध हुने समस्या आएको हो । यही साता मात्रै दोलखामा हावाहुरी, वर्षा र गड्याङगुडुङ गर्दा दुई पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । पछिल्लो समय हिजो मात्रै दोलखामा इन्टरनेट र टेलिफोन ल्याण्डलाइन सेवा र एन्टिसी मोबाईल सेवा अवरुद्ध भएर करिब २१ घण्टापछि सेवा सुचारु भएको छ । जिल्लामा पटक–पटक इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा पर्ने गरेका छन् । हिजो सिन्धुपाल्चाकको बलेफीमा हावाहुरीका कारण अप्टिकल फाइबर चुडिएपछि अपरान्ह करिब ४ बजेदेखि दोलखामा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दोलखा शाखाको दावी छ ।

सरकारले दोलखाबाट मुलुकलाई स्मार्ट जिल्ला बनाउने बताइरहँदा यस्तो समस्या जिल्लामा पटक–पटक दोहोरीरहेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचनाप्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतको स्मार्ट जिल्ला निर्माण कार्यको सुभारम्भ गरेको केही समयमै जिल्लामा यस्ता समस्याहरु आएका छन् । नेपाल टेलिकम अन्तर्गतको ल्याण्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेटमा आएको पछिल्लो समस्याले दोलखा घर भएका मन्त्री गुरुङको प्रतिवद्धतालाई समेत खिल्ली उडाएको छ ।

नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले फाइबर चुडिँदा जिल्लामा बेला–बेला एडिएसएल र टेलिफोन सेवामा समस्या आउने गरेको बताउनुभयो । सिन्धुपाल्चोकको लाइनमा समस्या आइराख्ने हुँदा समस्या समाधानको लागि करिब एक महिनाअघि देखि खुर्काेटको पनि लाइन जोडेको उहाँले बताउनुभयो । टेलिकम दोलखाले खुर्काेटको लाइन जडान गरेपनि त्यसको खास प्रभाव भने देखिएन । सरकारले दोलखाबाट मुलुकलाई स्मार्ट जिल्ला बनाउने बताइरहँदा यस्तो समस्या जिल्लामा पटक–पटक दोहोरीरहेको छ ।

मन्त्री गुरुङले जिल्लाको ९ वटै स्थानीय तह, ७४ वटा वडा कार्यालय, ५७ वटा स्वास्थ्य संस्था र १ सय ३६ सामुदायिक विद्यालयहरुमा फागुन महिनाभित्रै इन्टरनेटको व्यवस्था गरी डिजिटल सेवा सञ्चालन गर्ने बताउनुभएको थियो । तर, पटक–पटक यी सेवामा आउने समस्याको समाधान समेत हुन सकेको छैन । नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले फाइबर चुडिँदा जिल्लामा बेला–बेला एडिएसएल र टेलिफोन सेवामा समस्या आउने गरेको बताउनुभयो । सिन्धुपाल्चोकको लाइनमा समस्या आइराख्ने हुँदा समस्या समाधानको लागि करिब एक महिनाअघि देखि खुर्काेटको पनि लाइन जोडेको उहाँले बताउनुभयो ।

टेलिकम दोलखाले खुर्काेटको लाइन जडान गरेपनि त्यसको खास प्रभाव भने देखिएन । एक सातामा दुई पटक सेवा अवरुद्ध हुँदा खुर्काेटको लाइनले पनि काम गरेको पाइएन । बलेफीमा फाइबर चुडिँदा सेवामा समस्या आएको बताएका दोलखा शाखाका प्रमुख गिरीले हिजो खुर्काेटको लाइन पनि अवरुद्ध भएको बताउनुभयो । दोलखामा पटक–पटक आइरहने समस्यालाई स्वीकार गर्दै यसको विषयमा केन्द्रिय निकायले नयाँ व्यवस्था गरे समस्याको समाधान हुने तर आफुहरु कर्मचारीले यसको समाधान गर्न नसक्ने बताउनुभयो ।

हिजो सिन्धुपाल्चोकको बलेफीमा एडिएसएल इन्टरनेट सेवाको फाइबर चुडिँदा सिन्धुपाल्चोक, दोलखा र रामेछापका सेवाग्राही मारमा परेका थिए । एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुँदा एनटीसी मोबाईल सेवा र ल्याण्डलाइन टेलिफोन सेवा पनि ठप्प हुने भएपछि सरकारी तथा गैरसरकारी कार्यालयको काम र स्थानीयको जनजिवन प्रभावित हुने गरेको छ ।

८ फागुन, २०७७ । ६ः४० बजे प्रकाशित ।

VIEWS: 4010 पटक हेरीएको
error: Content is protected !!