सदरमुकाम चरिकोटमा हुने चोरिका घटनामा पूनः बालकहरु संलग्न रहेको खुलासा

7 months ago/Friday, January 10th, 2020

दोलखा, २५ पौष ।

दोलखा सदरमुकाम चरिकोटमा पछिल्लो समय भएका शृंखलावद्ध चोरीको घटनामा बालकको गिरोह संलग्न भएको खुलासा भएको छ ।

सदरमुकाम चरिकोटको भालुखोलास्थित एक घरमा हिजो भएको चोरीको घटनामा संलग्न एक वालक पक्राउ परेसँगै यसअघि चोरीमा संलग्न बालकहरुको गिरोह पूनः सक्रिय भएको पाईएको हो । यद्धपी दोलखा प्रहरीले पक्राउ परेका बालकको विवरण भने खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेकाले अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले थप विवरण नखुलाएको हो । उनी सदरमुकाम चरिकोटमै एक बोर्डिङ स्कुलमा अध्ययनरत रहेको दोलखा प्रहरीले जनाएको छ । ती बालक सो घरको ढोका फुटाएर चोरी गर्न लागेपनि मान्छे आएपछि फरार भएका थिए ।

चरिकोटमा पछिल्लो समय भएका शृंखलावद्ध चोरीको घटनामा पुनः बालकको गिरोह संलग्न भएको खुलासा भएको छ । पक्राउ परेका बालक सदरमुकाम चरिकोटमै एक बोर्डिङ स्कुलमा अध्ययनरत रहेका छन् । घटनास्थलबाट फरार भएका बालकलाई उनले लगाएको सर्ट र टाईको आधारमा पहिचान गरिएको हो । यसअघि पनि चोरीका घटनामा बालकहरुनै संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिईएपनि सम्झाएर छाड्ने गरिएको थियो ।

घटनास्थलबाट फरार भएका बालकलाई उनले लगाएको सर्ट र टाईको आधारमा पहिचान गरि प्रहरीले घरमै पुगेर नियन्त्रणमा लिएको हो । उनी सदरमुकाम चरिकोटमा पछिल्लो समय भएको चोरीका अन्य घटनामा पनि संलग्न भएको आशंकामा थप अनुसन्धान भईरहेको छ । यद्धपी घटनामा संलग्नता भए नभएको पुष्टी भईनसकेको प्रहरी स्रोतले जनाएको छ । दोलखा सदरमुकाम चरिकोटमा पछिल्लो समय पुनः शृंखलावद्ध चोरीका घटना हुन थालेको छ । दोलखामा दिन दहाडै घरको ढोका फुटाएर नगद तथा गरगहना चोरी तथा चोरीको प्रयास हुने गरेको छ । चोरी भएका अधिकांश स्थानमा ढोकाको कव्जा काटेर तथा रडको प्रयोग गरि कव्जा उक्काएर चोरी हुँदै आएको छ ।

दोलखामा केही समय कमी आएको चोरीको घटना पुनः बढ्न थालेको छ । यसअघि पनि चोरीका घटनामा बालकहरुनै संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिईएपनि सम्झाएर छाड्ने गरिएको थियो । चोरीका घटनामा कलिला बालकहरुको संलग्नता पाईएकाले उनीहरुलाई मुद्धा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नहुँदा पनि दोषीलाई कडा कारबाही हुन नसक्दा चोरीको घटनामा कमी आउन सकेको छैन ।

पौष, २०७६ । ६ः २० बजे प्रकाशित ।

VIEWS: 5985 पटक हेरीएको
error: Content is protected !!