समपुरक अनुदानतर्फ दोलखाका सात योजना प्रदेश सरकारबाट स्वीकृत

3 weeks ago/Thursday, February 6th, 2020

सिर्जना गोले ।

दोलखा, २३ माघ ।

प्रदेश सरकारले समपुरक अनुदान अन्तर्गत दोलखाका ३ स्थानीय तहमा सञ्चालन हुने दोस्रो चरणका योजनाहरु स्वीकृत गरेको छ ।

बागमती प्रदेश सरकारले एक साता अघि मात्रै जिल्लाको तामाकोशी गाउँपालिका, बैतेश्वर र शैलुङ गाउँपालिकामा सञ्चालन हुने समपुरक अनुदान अन्तर्गतको दोस्रो चरणका योजनाहरु स्वीकृत गरेको हो । यही माघ १३ गते प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न जिल्लाका विभिन्न स्थानीय तहमा समपुरक अनुदान अन्तर्गत सञ्चालन हुने दोस्रो चरणका योजनाहरु सार्वजनिक गरेको छ । दोलखावाट बागमति प्रदेश सभामा प्रतक्ष्य निर्वाचित साँसद विशाल खड्काको पहलमा तामाकोशी र बैतेस्वर गाउँपालिकामा निर्माण हुने सडक योजनाका लागि प्रदेश सरकारवाट बजेट बिनियोजन भएको हो । स्थानीय सरकारको आवस्यक्ताका आधारमा गरिएको शिफारिस वमोजिम आवस्यक सडक योजना निर्माण गर्न बजेटका लागि साँसद खड्का लागिपरेका थिए ।

बागमति प्रदेश सरकारले दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गत सञ्चालन हुने मालुखोला डाँडागाउँ–फ्यात्तल सडक योजना, देउराली–बाघखोर–जैघारे सडक र छौंडे–देउराली–कालिका मावि सडक आयोजना स्वीकृत गरेको छ । प्रदेश सरकारले तामाकोशी ४ मालुमा पर्ने मालुखोला डाँडागाउँ–फ्यात्तल सडकका लागि ५० लाख ३८ हजार, वडा नम्बर ६ च्यामामा पर्ने देउराली–बाघखोर–जैघारे सडकका लागि ५७ लाख ८ हजार र वडा नम्बर ३ देखि ७ सम्म छुने छौंडे–देउराली–कालिका मावि सडक आयोजनाका लागि ५५ लाख २८ हजार बजेट विनियोजन गरेको छ । हालै मात्रै बजेट विनियोजन भएकोले अब छिट्टै बोलपत्र आव्हान गरी काम सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो । गाउँपालिकाको पनि आधा रकम लगानी रहने सो योजना अन्तर्गत तीनै वटा सडकको स्तरोन्नतिको काम हुनेछ ।

बागतमी प्रदेशले बैतेश्वर गाउँपालिकामा समपुरक अनुदानमा सञ्चालन हुने ३ योजनालाई स्वीकृत गरेको छ । प्रदेशले बुस्ती–पुतलीकाठ सडक र मैनापोखरी–फेदी–क्षेत्रपा सडकलाई एक साता अघि मात्रै स्वीकृत गरेको हो । गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने बुस्ती पुतलीकाठ सडकको लागि ९९ लाख ९६ हजार र ८ मा पर्ने मैनापोखरी–देउराली–फेदी–क्षेत्रपा सडकको लागि ९९ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी, बागतमी प्रदेशले बैतेश्वर गाउँपालिकामा समपुरक अनुदानमा सञ्चालन हुने ३ योजनालाई स्वीकृत गरेको छ । प्रदेशले बुस्ती–पुतलीकाठ सडक र मैनापोखरी–फेदी–क्षेत्रपा सडकलाई एक साता अघि मात्रै स्वीकृत गरेको हो । गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने बुस्ती पुतलीकाठ सडकको लागि ९९ लाख ९६ हजार र ८ मा पर्ने मैनापोखरी–देउराली–फेदी–क्षेत्रपा सडकको लागि ९९ लाख बजेट विनियोजन गरिएको छ । प्रदेशबाट आएको सो रकमबाट बुस्ती पुतलीकाठ सडकको कालोपत्रेको काम सुरु हुने र मैनापोखरी देउराली फेदी क्षेत्रपा सडकको स्तरोन्नति गरिने बैतेश्वर गाउँपालिकाले जनाएको छ । सो योजनाका लागि बैतेश्वर गाउँपालिकाले पनि १/१ करोड बजेट विनियोजन गरेको छ । सडक स्तरोन्नति अन्तर्गत ग्राभेल, सोलिङ, नाला कटिङ लगायतका कामहरु हुनेछन् ।

बैतेश्वरमा समपुरक अनुदानमा सञ्चालन हुने अर्काे सडक योजना वडा नम्बर १ मा पर्ने गोपीखोला गैरीमुदी सडक योजना पनि प्रदेश सरकारले केही समय अघि मात्रै स्वीकृत गरेको थियो । त्यसको लागि प्रदेशले १ करोड बजेट छुट्याएको छ भने गाउँपालिकाको पनि १ करोड रकम रहेको छ । सो सडकको पनि यो वर्ष कालोपत्रेको काम सुरु हुनेछ । प्रदेशबाट समपुरक अनुदानमा स्वीकृत भएर आएको तीन योजना गाउँपालिकाकामा प्रमुख प्रशासकिय अधिकृत नभएका कारण बोलपत्र हुन बाँकी रहेको र प्रमुख प्रशासकिय अधिकृत गाउँपालिका हाजिर भएसँगै प्रक्रिया अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । बैतेश्वरको प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्का रसुवाको उत्तरगया गाउँपालिका सरुवा भएर गएपछि अहिलेसम्म बैतेश्वरमा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छैनन् ।

यसैगरी, प्रदेश सरकारले समपुरक अनुदानमा सञ्चालन हुने शैलुङ गाउँपालिकाको ओखरफेद दुलाल टोल खानेपानी आयोजना पनि स्वीकृत गरेको छ । त्यसका लागि प्रदेश सरकारले ६३ लाख २८ हजार बजेट विनियोजन गरेको छ ।

२३ माघ, २०७६ । १२ः४० बजे प्रकाशित ।

VIEWS: 3795 पटक हेरीएको
error: Content is protected !!