समाज कल्याण परिषद र रेडक्रशमा दोलखाका ६ जना अभियान्तालाई अवसर

6 days ago/Wednesday, July 29th, 2020

ईदोलखा संवाददाता ।

दोलखा, १४ साउन ।

दोलखाका सामाजिक अभियान्ताले एकपछि अर्को सरकारी नियुक्ति पाउन थालेका छन् ।

दोलखाका ६ जना अभियान्ताले एक महिनाको अवधिमा सरकारी नियुक्ति पाएका हुन् । सँघीय सरकारको महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत बिभिन्न समितिको मुख्य पदाधिकारीमा उनीहरुले जिम्मेवारी पाएका हुन् । जस अनुसार दोलखाको भीमेस्वर नगरपालिका १ सुष्पाक्षमावति स्थायी घर भएका पुस्कर खाति समाज कल्याण परिषदको सदस्य सचिवमा नियुक्त भएका छन् । नेपालमा रहेका सामाजिक संघ/संस्थाहरुको नियामक निकायको रुपमा रहेको परिषदको कार्यकारी मानिने सदस्य सचिव पदमा उनलाई चार बर्षका लागि नियुक्त गरिएको हो । बिभिन्न सामाजिक संघ/संस्था र दातृ निकायमा लामो समय काम गरेका खाति नेपालको सामाजिक अभियानलाई नजिकवाट नियालेका र अनुभबि व्यक्ति मानिन्छन् । पछिल्लो पटक खाति वल्र्ड भिजन इन्टरनेशनलको जिम्मेवार पदमा कार्यरत थिए ।

दोलखाका ६ जना अभियान्ताले एक महिनाको अवधिमा सरकारी नियुक्ति पाएका छन् । सँघीय सरकारको महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत बिभिन्न समितिको मुख्य पदाधिकारीमा उनीहरुले जिम्मेवारी पाएका हुन् । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको शिफारिसमा दोलखाका ६ जना समाज कल्याण परिषद, बिभिन्न समिति र रेडक्रशमा नियुक्त भएका हुन् ।

दोलखाको भीमेस्वर नगरपालिकाकै सामाजिक अभियान्ता रमेश लामा राष्ट्रिय अपाङ्ग कोषको सभापतिमा नियुक्त भएका छन् । राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका लामालाई साउन १ गतेवाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त गरिएको हो । कोषको सदस्य सचिवमा पनि दोलखाको लापिलाङकी सुष्मा कार्की र सदस्यमा फस्कुका टेकवहादुर गुरुङलाई मनोनयन गरिएको छ । सोही समयमा नेकपा दोलखाका नेता बसन्तराज कार्की पनि समाज कल्याण परिषद अन्तर्गतको जेष्ठ नागरिक कोषको सभापतिमा नियुक्त भएका थिए । कार्की नेकपाको बागमति प्रदेश कमिटी सदस्य पनि हुन् ।

पछिल्लो पटक मन्त्रिपरिषदको बैठकवाट नेपाल रेडक्रश सोसाईटीको उपकोषाध्यक्षमा होम पाठकलाई मनोनयन गरिएको छ । भ्रष्टाचार भएको भन्दै सरकारले नेपाल रेडक्रश सोसाईटीको बर्तमान कार्य समिति भङ्ग गरेर तदर्थ समिति गठन गरेसँगै पाठक उपकोषाध्यक्षमा मनोनित भएका हुन् । अधिकारकर्मी एवँ सामाजिक अभियान्ता समेत रहेका पाठक दोलखाको सुनखानीका हुन् । उनी नेकपा दोलखाको सचिवालय सदस्य पनि हुन् । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको शिफारिसमा दोलखाका ६ जना समाज कल्याण परिषद, बिभिन्न समिति र रेडक्रशमा नियुक्त भएका छन्् । दोलखा घर भएका मन्त्री गुरुङले विभागिय मन्त्रालय अन्तर्गतका पदमा नियुक्ति र मनोनयन गर्दा दोलखालाई प्राथमिकता दिएका छन् ।

१४ साउन, २०७७ । १२ः१० बजे प्रकाशित ।

VIEWS: 7175 पटक हेरीएको
error: Content is protected !!