समुदायस्तरमा कोरोना फैलिएपछि दोलखाका स्थानीय तहमा धमाधम एन्टिजिन परिक्षण गरिदै

2 weeks ago/Friday, June 4th, 2021

प्रमिला नेपाली ।
जिरी (दोलखा), २१ जेठ ।

दोलखाको सबै स्थानीय तहमा एन्टिजिन परिक्षण सुरु भएको छ । दोस्रो लहरको कोरोना संक्रमण अन्र्तगत जिल्लाको दुई नगरपालिका सहित सात गाउँपालिकामा एन्टिजिन परिक्षण सुरु भएको हो ।

सबै पालिकाहरुमा कोरोना भाइरस संक्रमण फैलिएपछि समुदाय स्तरमा एन्टिजेन परीक्षण सुरु गरिएको छ । पछिल्लो समय दोलखाको विभिन्न पालिकाका नागरिकहरुको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएकोमा रिपोर्ट ढिलो आउने र चरिकोट अस्पतालमा किट अभाव भएपछि सबै पालिकाहरुमा एन्टिजिन परिक्षण सुरु गरिएको स्थानीय तहका स्वास्थ्य शाखाहरुले बताएका छन् ।

दोलखाका स्थानीयहरुले केहि समयअघि देखि पालिकाभित्र एन्टिजिन परिक्षण गर्न सुरु गरेका हुन् । बुधवारसम्म सबैभन्दा बढी तामाकोशी गाउँपालिकामा एन्टिजिन परिक्षणबाट २ सय ५५ जनाको परिक्षण गरिएकोमा ६३ जनाको पोजेटिभ रिपोर्ट आएको छ । गाउँपालिकामा एन्टिजिन परिक्षणको लागि जिल्ला स्वास्थ्य कार्यालय दोलखाले २ सय किट दिएको थियो भने गाउँपालिकाले ३ सय किट खरिद गरेको थियो । यस्तै, गौरीशंकर गाउँपालिकाले ५ सय किट एन्टिजिन खरिद गरेर १ सय २ जनाको परिक्षण गरेकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने शैलुङ गाउँपालिकामा स्वास्थ्य कार्यालयले दिएको २ सय किटबाट ७० जनाको परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय दोलखाको विभिन्न पालिकाका नागरिकहरुको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएकोमा रिपोर्ट ढिलो आउने र चरिकोट अस्पतालमा किट अभाव भएपछि सबै पालिकाहरुमा एन्टिजिन परिक्षण सुरु गरिएको स्थानीय तहका स्वास्थ्य शाखाहरुले बताएका छन् । जिल्लामा एन्टिजिन परिक्षण सुरु भएपछि पिसिआर परिक्षण पनि कम हुँदै गएको छ । जसअनुसार दोलखा जिल्लामा शुक्रवार १३ जना, विहिवार ३२ जना र बुधवार २० जना मात्रैको पिसिआर परिक्षण भएको छ ।

यसैगरी, बैतेश्वर गाउँपालिकाले १ सय ५० किट खरिद गरी १२ जनाको एन्टिजिन परिक्षण गरेकोमा ८ जना, विगु गाउँपालिकाले ५ सय किट खरिद गरी ३ सय जनाको एन्टिजिन परिक्षण गरेकोमा ३४ जना र कालिञ्चोक गाउँपालिकामा स्वास्थ्य कार्यालयले दिएको २ सय किट र गाउँपालिकाले ५ सय किट खरिद गरी १ सय ४० जनाको एन्टिजिन परिक्षण गरेको १४ जनामा संक्रमण पुष्टि भएको पालिकाको स्वास्थ्य शाखाहरुले बताएका छन् । जिल्लाको मेलुङ गाउँपालिकामा स्वास्थ्य कार्यालयले दिएको ३७ किट र पालिकाले २ सय किट खरिद गरी ९० जनाको एन्टिजिन परिक्षण गरेकोमा ४७ जनामा संक्रमण पुष्टि भएको छ भने जिरी नगरपालिकामा २८ जनाको एन्टिजिन परिक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

भीमेश्वर नगरपालिकामा एन्टिजिन परिक्षण सुरु गरिएपनि हालसम्म कति मानिसमा संक्रमण पुष्टि भयो भन्ने यकिन तथ्याक प्राप्त हुन सकेको छैन । अब समुदायस्तरमा एन्टिजिन परीक्षण गरेर कतिलाई संक्रमण भएको रहेछ भन्ने पत्ता लाग्नेछ भने पिसिआर परिक्षणका लागि दिएको स्वाबको रिपोर्ट दुई तिन दिनसम्म कुर्नु पर्ने बाध्यता पनि हटेको छ । जिल्लामा एन्टिजिन परिक्षण सुरु भएपछि पिसिआर परिक्षण पनि कम हुँदै गएको छ । जसअनुसार दोलखा जिल्लामा शुक्रवार १३ जना, विहिवार ३२ जना र बुधवार २० जना मात्रैको पिसिआर परिक्षण भएको छ ।

२१ जेठ २०७८ । ३ः१५ बजे प्रकाशित

 

 

VIEWS: 1300 पटक हेरीएको
error: Content is protected !!