दोलखामा भित्रिए दर्जनौं सवारीका साधन, भारत र बंगलादेशवाट आएका यात्रु गाउँ पसे

2 weeks ago/Monday, March 23rd, 2020

ईदोलखा संवाददाता ।

दोलखा, १० चैत्र ।

कोरोना भाईरसको सँक्रमण हुन नदिनका लागि सरकारले आजदेखि लामो दुरीका सवारीका साधन चल्न नदिने घोषणा गरेपनि दोलखामा जिल्ला बाहिरवाट यात्रुवाहक बस र अन्य सवारीका साधन भित्रिएका छन् ।

सरकारले सार्वजनिक यातायातका साधन सँचालनमा रोक लगाएकै दिन भारत र बंगलादेशदेखि आएका मानिसहरु दोलखा भित्रिएका हुन् । काठमाण्डौं र अन्य जिल्लावाट छुटेका दर्जनौं सवारीका साधनहरु दोलखा प्रवेश गरेका छन् । सरकारी निर्देशनको अवज्ञा गर्दै खरिढुँगा नाका हुँदै ११ वटा यात्रु वाहक बस दोलखा प्रवेश गरेका छन् भने किर्नेटार नाका हुँदै प्रवेश गरेका बस र अन्य सवारीका साधनको तथ्याँक आउन बाँकी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुँगा हुँदै भित्रिएका ११ वटा बसवाट करिव ४ सय ५० र निजी सवारीका साधनवाट अहिले सम्म ७ सय बढी यात्रुहरु जिल्ला भित्रिएका छन् ।

प्रहरीका अनुसार बंगलादेशवाट भारत र झापाको काकडभिट्टा हुँदै बस मार्फत चरिकोट आएका नागरिक पनि जिल्ला भित्रिएका छन् । ति यात्रुले आफ्नो गन्तव्य बैतेस्वर गाउँपालिका वडा नम्बर २ लेखाएका छन् । कतिपयले भारतमा चल्ने भारतिय नम्बर प्लेटका सवारीका साधन समेत लिएर आएका छन् । कोरोना सँक्रमित मुलुक भारत र बंगलादेशवाट धमाधम मानिसहरु दोलखाका गाउँवस्तिमा प्रवेश गरिरहेका कारण त्रास थपिदो छ ।

 

सार्वजनिक बस र निजी सवारीका साधन मार्फत दोलखा भित्रिने यात्रुमा छिमेकी मुलुक भारत र बंगलादेशदेखि आएका यात्रुहरु समेत छन् । भारतको सिक्किम, दार्जिलिङ, रम्फु, गान्तोक लगायतका क्षेत्रमा कामको शिलशिलामा रहेका सैंयौं नागरिक बस रिर्जभ गरेर आएका हुन् ।प्रहरीका अनुसार बंगलादेशवाट भारत र झापाको काकडभिट्टा हुँदै बस मार्फत चरिकोट आएका नागरिक पनि जिल्ला भित्रिएका छन् । ति यात्रुले आफ्नो गन्तव्य बैतेस्वर गाउँपालिका वडा नम्बर २ लेखाएका छन् । कतिपयले भारतमा चल्ने भारतिय नम्बर प्लेटका सवारीका साधन समेत लिएर आएका छन् । कोरोना सँक्रमित मुलुक भारत र बंगलादेशवाट धमाधम मानिसहरु दोलखाका गाउँवस्तिमा प्रवेश गरिरहेका कारण त्रास थपिदो छ ।

एकैसाथ धेरै यात्रुहरु भित्रिएको र दुई वटा नाकामा एक/एक गरी दुई वटा मात्रै थर्मल गन भएका कारण सवै यात्रुको तापक्रम मापन गर्न नसकिएको हो । दोलखा प्रवेश गर्ने मुख्य नाका खरिढुँगा र किर्नेटारमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितको टोलीले हेल्प डेस्क राखेर यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाईएको छ भने चरिकोट सातदोवाटोमा पनि हेल्प डेस्क खडा गरिएको छ ।

सरकारी निर्देशनको अवज्ञा गर्दै जिल्ला प्रवेश गरेका सवारीका साधनलाई स्थानीय प्रशासनले खरिढुँगा र किर्नेटार नाकामा रोके पनि साँसद र मन्त्रि समेतको दवाव पछि छाडिएको हो । किर्नेटार नाका र चरिकोट बजारको सातदोवाटोमा दिउँसो ‘थर्मल गन’ वाट यात्रुहरुको तापक्रम मापन गरेर मात्रै जिल्ला प्रवेश गराउने स्थानीय प्रशासनको प्रयास पनि असफल भएको छ । एकैसाथ धेरै यात्रुहरु भित्रिएको र दुई वटा नाकामा एक÷एक गरी दुई वटा मात्रै थर्मल गन भएका कारण सवै यात्रुको तापक्रम मापन गर्न नसकिएको हो । दोलखा प्रवेश गर्ने मुख्य नाका खरिढुँगा र किर्नेटारमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितको टोलीले हेल्प डेस्क राखेर यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाईएको छ भने चरिकोट सातदोवाटोमा पनि हेल्प डेस्क खडा गरिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बिभिन्न स्थानवाट आएका यात्रुवाहक बसमा सवार यात्रुहरुलाई वीच बाटोमै अलपत्र पार्न नहुने भएका कारण बाध्य भएर गन्तव्यतर्फ जान दिईएको र अव कडाई गर्ने जानकारी दिनुभयो । सरकारले कोरोना भाईरसको सँक्रमण हुन नदिनका लागि उच्च सतर्कता अपनाउँदै आजवाट छिमेकी चिन र भारतका सवै सिमा नाका बन्द गर्ने तथा लामो दुरीका सार्वजनिक सवारीका साधन चल्न नदिने घोषणा गरिसकेको छ ।

तस्विर सौजन्यः जिल्ला प्रहरी कार्यालय दोलखा ।

१० चैत्र, २०७६ । २ः१० बजे प्रकाशित ।

VIEWS: 17395 पटक हेरीएको
error: Content is protected !!