सरकारी बिद्यालयमा अध्ययन गर्ने ३६ सय बिद्यार्थीलाई बैतेस्वर गाउँपालिकाद्धारा ‘ट्रयाक सुट’ बितरण

7 months ago/Tuesday, January 14th, 2020

सिर्जना गोले ।

बैतेश्वर (दोलखा), २९ पौष ।

दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ‘ट्रयाक सुट’ वितरण गरेको छ ।
बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्ष गाउँपालिकाका ३१ वटै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो । गाउँपालिकाले बाल कक्षादेखि कक्षा १० सम्मका ३ हजार ६ सय १० जना विद्यार्थीलाई ड्रेस वितरण गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले विषेशगरी जाडो महिनालाई लक्षित गरेर विद्यार्थीहरुलाई न्यानो भई शिक्षा हाँसिल गर्ने अवसर जुटाउनका लागि तातो टिसर्ट सहितको ट्रयाक सुट वितरण गरिएको अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिकाले ट्रयाक सुट बितरण गरेसँगै बैतेश्वरका सामुदायिक विद्यालयका सबै विद्यार्थीहरु एउटै ड्रेसमा सजिएर विद्यालय जान सुरु गरेका छन् । गाउँपालिकाले ट्रयाक सुट बनाउनका लागि खोटाङ हलेसी सप्लायर्सलाई गत कात्तिकमा जिम्मा दिएको थियो । ट्रयाक सुट वितरण योजनाका लागि गाउँपालिकाले चालु वर्षको बजेटबाट ४० लाख बजेट विनियोजन गरेकोमा खोटाङ हलेसीले भ्याट समेत गरी ३३ लाखमा ड्रेस तयार गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

चालु वर्ष बिनियोजन गरिएको ४० लाख मध्ये ३३ लाख ड्रेसमा खर्च भएको र बाँकी रकम पनि ड्रेस खरिदमै खर्च गर्ने गाउँपालिकाको योजना छ । बैतेश्वर गाउँपालिकाले बाल कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई ड्रेस वितरण गर्ने योजना बनाएको समाचार ईदोलखा अनलाइन र जिरी सामुदायिक एफएमले प्रकाशन/प्रसारण गरेपछि गाउँपालिकाभित्रका कक्षा ११ र १२ का विद्यार्थीले पनि माग गरेका थिए ।

गाउँपालिकाभित्रका सबै विद्यालयको ड्रेसमा एक रुपता ल्याउनका लागि गाउँपालिकाको लोगो सहितको ड्रेस वितरण गरिएको उपाध्यक्ष रविचन्द्र आचार्यले बताउनुभयो । एक सेट बराबर ७ सय ८० रुपैंया पर्ने ड्रेस सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई गाउँपालिकाले निशुल्क वितरण गरेको छ । चालु वर्ष बिनियोजन गरिएको ४० लाख मध्ये ३३ लाख ड्रेसमा खर्च भएको र बाँकी रकम पनि ड्रेस खरिदमै खर्च गर्ने गाउँपालिकाको योजना छ । बैतेश्वर गाउँपालिकाले बाल कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई ड्रेस वितरण गर्ने योजना बनाएको समाचार ईदोलखा अनलाइन र जिरी सामुदायिक एफएमले प्रकाशन÷प्रसारण गरेपछि गाउँपालिकाभित्रका कक्षा ११ र १२ का विद्यार्थीले पनि माग गरेका थिए ।

सोही आधारमा बैतेस्वर गाउँपालिकाले बिद्यालय पोशाक खरिदमा बिनियोजन भई बाँकी रहन आएको रकमवाट कक्षा ११ र १२ का विद्यार्थीलाई पनि ड्रेस वितरण गर्ने योजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष आचार्यका अनुसार आगामी वर्ष ‘टेन प्लस टु’ का विद्यार्थीलाई पनि गाउँपालिकाले ड्रेस वितरण गर्नेछ । गाउँपालिकाले विद्यार्थीहरुलाई २/२ वर्षको अन्तरालमा निरन्तर ड्रेस वितरण गर्ने जनाएको छ ।

तस्विर सौजन्यः पदम बहादुर जिरेल प्रधानाध्यापक, क्षेत्रावती मावि क्षेत्रपा दोलखा ।

२९ पौष, २०७६ । ४ः४५ बजे प्रकाशित ।

VIEWS: 6450 पटक हेरीएको
error: Content is protected !!