सवारी साधन र चालकको अनुगमनमा कडाई हुनेछः खगेन्द्रप्रसाद रिजाल, प्रजिअ दोलखा

7 days ago/Friday, November 8th, 2019

दोलखामा एकपछि अर्को सवारी दुर्घटना भइरहेका छन् । पछिल्लो पटक शैलुङ गाउँपलिकाबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा दोलखाका १४ सहित १८ जनाको मृत्यु भयो । त्यसअघि भाइटिकाको भोलिपल्ट भीमेश्वर नगरपालिका २ मा बोलेरो दुर्घटना हुँदा ९ वर्षिया वालिकाले ज्यान गुमाईन । सवारी दुर्घटनाका यी दुई घटना प्रतिनिधिमुलक घटना मात्रै हुन् । समग्रमा हेर्दा दोलखा जिल्लामा विगतको तुलनामा सवारी दुर्घटनाको संख्यामा बृद्धि भइरहेको छ भने अदालतमा सवारी ज्यान मुद्धाको संख्या पनि बढ्दो छ । यो परिस्थितिमा सवारी साधन र सवारी चालकको अनुगमन, कारवाही र व्यवस्थापनमा स्थानीय प्रशासनले के गरीरहेको छ ? भन्ने बिषयमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, सहकर्मी दुर्गा बस्नेतले गरेको कुराकानी ।

सवारी दुर्घटनाका घटनाहरु एक पछि अर्काे भईरहेका छन् । यस्ता घटनाहरु खास के कारण भईरहका होलान् ?

मुख्य कारणहरुमा मैले प्राविधिक, मानविय र पूर्वाधारको पाटोलाई एकै ठाउँमा राखेर हेर्ने प्रयत्न गर्छु । प्राविधिक पाटो भन्नाले सवारी साधनको अवस्था हो । तिनीहरु अत्यन्त पुरानो छन् कतिपय ठाउँमा चल्ने सवारी साधनहरुको प्राविधिक तन्दुरुस्थिको पाटो रहन सक्छ । पूर्वाधार भन्नाले सबै तहका सडक उतिकै गुणस्तर छैनन् । त्यो बाहेक मानविय पाटो भन्नाले सवारी चालक र अर्काे पक्ष पनि छ त्यो भनेको यात्रुको पाटो, जो कतिपय अवस्थामा पनि असुरक्षित यात्रा गर्न बाध्य हुन्छौं । मुलुभुत रुपमा यी चार वटा कारण मुख्य हुन् जस्तो लाग्छ ।

सडकको दुरावस्था पनि एउटा कारण होला । तर, यस्ता दुर्घटनाको बढी जस्तो कारण क्षमता भन्दा बढी यात्रु राख्नु, लापरवाहीपूर्ण तरिकाले सवारी चलाउनु भनिन्छ, नी ?

तपाईले भनेको कुरा पक्कै पनि हो । अघि नै मैले भनि सकेँ एक त सवारी साधनहरु नै पूराना छन् कतिपय गाउँमा जाने सवारी साधनहरु दिनमा एक÷दुई पटक मात्र जाँदा यात्रुहरु त्यही चढ्न बाध्य हुन्छन् । जनघनत्वको आधारमा र यात्रुको चापको आधारमा सवारी साधन नभएपछि चालकहरुले खचाखच भरिदिने र त्यहि आधारमा अनियन्त्रित रुपमा चलाइदिने पनि अवस्था छ । पर्याप्त सवारीका साधनको अभावमा यात्रुहरु खचाखच भरिने गरी यात्रा गर्न बाध्य हुनु र सडकको दुरावस्थाका कारण पक्कै पनि दुर्घटनाका घटनाहरु बढ्ने सम्भावना बढेको छ । अधिकांश दुर्घटनाका कारणहरु यी नै हुन् ।

सडक पूर्वाधारको सुधारका लागि सम्वद्ध निकायहरुसँग, स्थानीय तह र सडक कार्यालयहरुसँग समन्वय गरेर दुरावस्था भएका सडकहरुको स्तरोन्नती गर्ने कार्यमा स्थानीय प्रशासनले निरन्तर काम गरिरहेको छ । यसका अतिरिक्त यातायात व्यवसायीहरुले पूराना सवारी साधानहरुको विस्थापन गर्ने र तीनका ठाउँमा नयाँ सवारीका साधानहरु व्यवस्थापन गर्नका लागि पनि पटक–पटक अनुरोध गरिएको छ । हाम्रा संयन्त्रहरु ट्राफिक प्रहरी र नेपाल प्रहरीका निकायहरुबाट सवारी साधान र यात्रुहरुको यात्राको अवस्थाका विषयमा निरन्तर रुपमा अनुगमन गर्ने र अनुगमनलाई खास गरि कडाइका साथ लागू गरिएको छ ।

स्थानीय प्रशासनले चाँही सवारी दुर्घटनाका घटनामा कमी ल्याउनका लागि केहि गरेको छैन ?

खासगरी सडक पूर्वाधारको सुधारका लागि सम्वद्ध निकायहरुसँग, स्थानीय तह र सडक कार्यालयहरुसँग समन्वय गरेर दुरावस्था भएका सडकहरुको स्तरोन्नती गर्ने कार्यमा स्थानीय प्रशासनले निरन्तर काम गरिरहेको छ । यसका अतिरिक्त यातायात व्यवसायीहरुले पूराना सवारी साधानहरुको विस्थापन गर्ने र तीनका ठाउँमा नयाँ सवारीका साधानहरु व्यवस्थापन गर्नका लागि पनि पटक–पटक अनुरोध गरिएको छ । हाम्रा संयन्त्रहरु ट्राफिक प्रहरी र नेपाल प्रहरीका निकायहरुबाट सवारी साधान र यात्रुहरुको यात्राको अवस्थाका विषयमा निरन्तर रुपमा अनुगमन गर्ने र अनुगमनलाई खास गरि कडाइका साथ लागू गरिएको छ । तथापि, यति हुँदाहुँदै पनि दुर्घटनाका घटनाहरु पक्कै पनि बढेका छन् । यसमा सम्पूर्ण सरोकारवाला पक्षहरुको, हाम्रो एकिकृत कार्ययोजना र त्यसको प्रभावकारी कार्यन्वयनको जरुरी छ भन्ने मलाई लाग्छ । यसका साथै कतिपय अनियमित गर्ने सवारी साधानहरुलाई दशैँ तिहारमा कारवाही, जरिवाना समेत गरेका छौं ।

सवारीका साधन कण्डिसनमा भए/नभएको, चालकले मनपरी चलाए/नचलाइएको त अनुगमन हुनु पर्ने हो नी, होईन र ?

सवारी साधनको प्राविधिक पाटोको विषयमा पक्कै पनि प्राविधिक जनशक्ति नै चाहिन्छ यो छुट्टै पाटो हो । तथापि क्षमता भन्दा बढी यात्रुहरु चढेका सवारी साधनमा निगरानी गर्ने, बढी यात्रुहरुलाई गाडिबाट उत्रार्ने र बढी भाडा लिएको छ भने फिर्ता गर्ने तथा कानुन अनुसार कारवाहि गराउने कार्यमा स्थानीय प्रशासन प्रतिवद्ध छ भन्ने कुरा यहाँ मार्फत जानकारी गराउन चाहन्छु ।

दोलखा जिल्ला प्रशासनले चाँहि सवारीका साधनको अनुगमन कसरी गरिरहेको छ त ?

मुलत चरिकोटमा सवारी साधानको अनुगमन गर्नका लागि ट्राफिक प्रहरीको व्यवस्था गरिएको छ । जनशक्तिको सिमितताको कारणले हाम्रो सेवा सबै ठाउँमा पुग्न सकेको छैन । ट्राफिक प्रहरीको जहाँ सेवा पुग्न सकेको छैन त्यहाँ नेपाल प्रहरीबाट नै सवारी साधनको चेकजाँच, यात्रुहरुको यात्राको अवस्था लगायतका विषयमा जानकारी लिने गरेका छौ । मुलत भन्दाखेरी हामीले सिमित नेपाल प्रहरी कर्मचारीहरुकै सहयोगमा यात्राको व्यवस्थापन, सवारी साधनको अवस्था र चेकजाँच लगायतका कार्यहरु गर्नुपरेको छ । त्यसमा पनि मैले अघि नै भने सिमित जनशक्तिको कारणले हामीले जति प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हो त्यति गर्न नसकेको अवस्था भने पक्कै छ ।

गैरकानुनी काम गर्ने विरुद्ध प्रचलित यातायात र सवारी ऐन बमोजिम त कारवाही हुने नै छ ।  पुराना सवारी साधनहरु विस्थापन गर्ने कुरा, तोकिएको भन्दा बढी भाडा लिने कुरा र तोकिएका ठाउँमा गाडीहरु रोक्ने, तोकिएका ठाउँमा गाडीहरु पार्किङ गर्ने लगायतका व्यवस्थाहरुमा कडाइ गरिने छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको चेकजाँच प्रणालीलाई अझ शसक्त बनाईने छ । 

जिल्लाको कुरा गर्दा यात्रुबाहक बस मात्र नभई भाडामा बोलेरो गाडि चलाउने र दुर्घटना भएर ज्यान जाने घटना पनि धेरै भईरहेका छन् नी ?

पक्कै पनि हो । अहिले दोलखा जिल्लाको तथ्यांक हेर्दा संख्यात्मक रुपले धेरै दुर्घटनाका घटनाहरु भएका छन् धेरैले ज्यान गुमाउनु परेको छ । मुलत मैले अघि नै भनिसकेँ सडकको अवस्था र त्यसमा पनि कतिपय सन्दर्भमा यात्रुहरुले जस्तो भएपनि म गाडिमा चढ्छु, चढ्न पाए म गन्तव्यमा पुग्छु भन्ने जुन मनोकांक्षा लिएर चढ्नुहुन्छ यसको कारणले दुर्घटना बढेको छ । यसका अतिरिक्त हामीले हेर्दै गर्दा पुराना सवारीसाधान र कतिपय सन्दर्भमा सवारी चालकले जति सर्तकता अपनाउनुपर्ने हो त्यो नगरेका कारण पनि धेरैजसो दुर्घटना भएको पाइएको छ ।

आगामी दिनमा सवारी दुर्घटनाका घटनामा कमि ल्याउन, सवारीका साधनमा यात्रु ठगिन नदिन र सवारी आवागमनलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?

सर्वप्रथम म तपाई मार्फत जानकारी गराउनु चाहन्छु, तपाईले उठाएका विषयलाई नीतिगत रुपमा समाधान गर्न प्रचलित कानुन बमोजिम यस्ता गैरकानुनी काम गर्ने विरुद्ध प्रचलित यातायात र सवारी ऐन बमोजिम त कारवाही हुने नै छ । यसका अतिरिक्त अन्य पाटाहरु पनि छन्, मैले भने पुराना सवारी साधनहरु विस्थापन गर्ने कुरा, तोकिएको भन्दा बढी भाडा लिने कुरा र तोकिएका ठाउँमा गाडीहरु रोक्ने, तोकिएका ठाउँमा गाडीहरु पार्किङ गर्ने लगायतका व्यवस्थाहरुमा कडाइ गरिने छ । यसका अतिरिक्त हाम्रो जनशक्ति नेपाल प्रहरी र ट्राफिक प्रहरीको चेकजाँच प्रणालीलाई अझ शसक्त बनाईने छ । यसका साथै यात्रुहरुको सचेतिकरण र आवश्यक सावधानी र सचेतनाका लागि समेत विभिन्न प्रवर्धनात्मक कार्यक्रम समेत सरोकारवाला निकायको साझेदारीमा गर्नेछौं । यसैगरी सडक पूर्वाधारको सुधार, स्तरउन्नतीका लागि स्थानीय तह र सडक कार्यालयसँग समन्वय गरेर खासगरी जिर्ण सडकहरु र दुरावस्थाका सडकहरुलाई प्राथमिकताका साथ मर्मत सम्भार गर्ने कार्यमा पहल एवम् समन्वय गर्नेछौं ।

२२ कार्तिक २०७६ । १०ः०० बजे प्रकाशित

VIEWS: 1995 पटक हेरीएको
error: Content is protected !!