सशस्त्र प्रहरी बलको ट्रकमा मोटरसाईकल ठोक्किदा एक गम्भिर घाईते

1 month ago/Wednesday, January 22nd, 2020

दोलखा, ८ माघ ।

दोलखा सदरमुकाम चरिकोटमा सशस्त्र प्रहरीबलको ट्रकमा मोटरसाईकल ठोक्किदा एक युवक गम्भिर घाईते भएका छन् ।

चरिकोट–दोलखा सडक खण्डअन्र्तगत सशस्त्र प्रहरी बलको बेस क्याम्प अगाडी ट्रकमा मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक सिन्धुपाल्चोकको चौतारा घर भई चरिकोट बस्दै आएका १७ वर्षीय मनिष तामाङ गम्भिर घाईते भएका हुन् । दुर्घटनामा परि मोटरसाईकलमा सवार दोलखाको भिमेश्वर नगरपालिका वडा नमवर १ सुष्पा क्षमावतीका १८ वर्षीय सदीप थामी सामान्य घाईते भएका छन् । गम्भिर घाईते तामाङको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल १८ नम्वर गुल्म चरिकोटका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी मोहन बहादुर क्षेत्रीले पनि दुर्घटना भएको पुष्टी गर्नुभएको छ । चरिकोट–दोलखा सडकखण्ड अन्र्तगत वेसक्याम्प तर्फ आउँदै गरेको सशस्त्र प्रहरी बलको ट्रकसँग सोही दिशातर्फ जाँदै गरेको बाईक अनियन्त्रित भएर ठोक्किएको र चालक घाईते भएको डिएसपी क्षेत्रीले बताउनुभयो । मोटरसाईकल तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई ट्रकसँग ठोकिएको उहाँले जानकारी दिनुभयो ।

चरिकोट बजारबाट दोलखातर्फ जाादै गरेको बा ३६ प ३७२८ नम्वरको मोटरसाईकल आज साँझ सशस्त्र प्रहरी बलको ट्रकसँग ठोकिएको हो । मोटरसाईकल चालक तामाङसँग लाईसेन्स समेत नभएको पाईएको छ ।

८ माघ, २०७६, ६ः ३० बजे प्रकाशित ।

VIEWS: 3790 पटक हेरीएको
error: Content is protected !!