सशस्त्र प्रहरी बल दोलखाका डिएसपी किरणकुमार कठाएतको सरुवा

4 weeks ago/Wednesday, July 24th, 2019

दोलखा, ८ साउन ।

सशस्त्र प्रहरी बल दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) किरण कुमार कठाएतको सरुवा भएको छ ।

सशस्त्र प्रहरीले दोलखाका डिएसपी कठाएतसहित १ सय ५१ डिएसपीको सरुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर दोलखा नम्बर १८ गुल्म चरिकोटका डिएसपी किरण कुमार कठायतको सरुवा भएको छ । उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौँमा सरुवा भएको हो । डिएसपी कठाएतको सरुवा भएपछि दोलखामा सशस्त्र प्रहरी बल नेपाल नम्वर ८ गण हेडक्वाटर धनुषाबाट मोहनबहादुर क्षेत्री आउने भएका छन् ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण काभ्रेपलाञ्चोकका डिएसपी भोला प्रसाद कुशवाहको पनि सरुवा भएको छ । उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५३ गुल्म कैलालीमा सरुवा भएको हो । सशस्त्र प्रहरीले सिन्धुपाल्चोकका डिएसपी कृष्ण गोपाल गुरुङको उदयपुरमा सरुवा गरेको छ । उनको ठाउँमा ईलामबाट हरी थापा आउने भएका छन् ।

सशस्त्र प्रहरीबल नेपालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै एकैपटक १ सय ५१ जना डिएसपीको सरुवा गरेको हो । सरुवा भएका डिएसपीहरुले साउन महिनाको तलव भत्ता समेत सरुवा भएकै स्थानबाट पाउनेछन् ।

८ साउन, २०७६ । २ः ०० बजे प्रकाशित ।

VIEWS: 2460 पटक हेरीएको
error: Content is protected !!