सहकारी क्षेत्रका विकृति र विसंगति हटाउन मेरो उम्मेदवारीः अध्यक्षका प्रत्यासी दहाल

8 months ago/Friday, January 29th, 2021

सहकारीको उर्वर भूमि मानिएको दोलखा जिल्लामा सहकारीका साधारण सभा तथानिर्वाचनका प्रक्रियाहरु चलिरहेका छन् । बैतेस्वर गाउँपालिका वडा नम्बर ५ काब्रे स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन पूर्ण मतदान प्रक्रियाबाट यही २०७७ माघ १७ गते सम्पन्न हुदैछ । प्रस्तुत छ, यसै सन्दर्भमा आधारित रहेर जनमुखी साकोसका बर्तमान अध्यक्ष एवं नयाँ कार्यकालकालागि अध्यक्ष पदका उमेदवार सीताराम दहालसँग गरिएको कुराकानी ।

जनमुखी सहकारीको निर्वाचन प्रक्रिया के हुदैछ ?

सहकारीको साधारण सभा समापनपछि निर्वाचन समितिले आफ्ना प्रक्रियाहरु अघि बढाइरहेको छ, निर्वाचनमा नामावली प्रकाशन, दावी विरोधका कार्यक्रम साथै सहमतिका प्रयासहरु पनि भए र सहमति नजुटेपछि २०७७ साल माघ १७ गते बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको मिति र समय तय गरिएको छ । हामी हनुमन्तेश्वर माविको प्राङ्गणमा निर्वाचन गराउदै छौँ । हामीले सकभर सहमतिमै जाऔँ भन्ने सोचेका थियौं तर अध्यक्षका अर्का उम्मेदवार माधव दहालले सहमति गर्न मान्नु भएन, मैले हामी दुवै जना फिर्ता लिऔँ नयाँ मान्छे अध्यक्ष बनाएर जाऔँ भन्दा पनि उहाँले अस्वीकार गर्नुभयो म जसरी पनि अध्यक्ष बन्नु छ भन्ने अडान लिनु भएपछि निर्वाचनमा जाने कुरा भयो ।

तपाईले उहाँलाई अध्यक्ष किन नस्वीकार्ने, तपाई भन्दा अघिको अध्यक्ष, अग्रज पनि होईन र ?

हो, उहाँ म भन्दा सिनियर नै हो । सहकारीलाई एक दशकभन्दा बढी समय नेतृत्व दिनुभयो तर उहाँमा पछि त्यो पद थाम्न सक्ने अवस्था रहेन र सहकारी अभियानको नियम विपरीत लोभमा फस्नु भयो । संस्थामा आर्थिक अपचलन गरेर संस्थालाई बदनाम गराउनुभयो । नीतिनियम बिनाको नेतृत्व दिनुभयो र संस्थालाई भीरमा पुर्याएर भाग्नुभयो । संस्थाले मुद्धामामिलामा फस्नु पर्यो । शेयर सदस्यले दुःख गरेर बचत गरेको पैसाको अपचलन र अपमान गर्नुभयो त्यसकारण उहाँलाई अध्यक्ष पदमा राख्दा सुहाउँदैन । अब उहाँमा संस्था चलाउने क्षमता, हैसियत र अधिकार केही पनि छैन ।

हामीले सकभर सहमतिमै जाऔँ भन्ने सोचेका थियौं तर अध्यक्षका अर्का उम्मेदवार माधव दहालले सहमति गर्न मान्नु भएन, मैले हामी दुवै जना फिर्ता लिऔँ नयाँ मान्छे अध्यक्ष बनाएर जाऔँ भन्दा पनि उहाँले अस्वीकार गर्नुभयो म जसरी पनि अध्यक्ष बन्नु छ भन्ने अडान लिनु भएपछि निर्वाचनमा जाने कुरा भयो । निलम्बन गरेको ब्यक्तिले संस्थामा पुन प्रवेश गरी कब्जा गर्ने र आर्थिक विसंगती मच्चाउने सम्भावना देखेकाले संस्थालाई सुशासन दिलाउन, शेयर सदस्यका पैसा सुरक्षित गर्न र सहकारी क्षेत्रका विकृति र विसंगति हटाउन मेरो उम्मेदवारी हो । एक अरबको कारोबार भएको संस्थामा क्षमतावान र आर्थिक अनुशासित नेतृत्व हुनुपर्छ भन्ने लागेको छ । 

पैसा अपचलन गरेको घटनाको वास्तविकता के थियो ?

२०७२ सालको माघमा संस्थाका तत्कालीन अध्यक्ष माधव दाहालको अगुवाईमा शेयर सदस्यहरु राधाकृष्ण दहाल र दीपक राउतको नाममा जनही २ करोडका दरले जम्मा ४ करोड रुपैँया झिकेर काठमाण्डौमा जग्गा कारोबार गर्न लैजानु भएछ । जुन कुरा संस्थाको विनियम र यो सहकारी आन्दोलनको मर्म विपरीत कालो कर्म हो । सञ्चालक समिति र कर्मचारी कसैलाई थाहा नदिइ, निकै गोप्य योजना बनाएर यो काम गरिएको रहेछ तर उहाँहरुको योजना असफल भएपछि एकाएक कुरा बाहिर आयो । कुरा बाहिर आएपछि संस्थाका संस्थापक अध्यक्ष बालकुमार दहालले कानुनी मुद्धा गर्नुभयो, चारैतिर हल्लामच्चियो, संस्थाको बेइज्जत भयो, अध्यक्ष र सचिव फरार हुनुभयो । म्यानेजर, ऋण समिति सदस्य र अन्य कर्मचारी जेल पर्नुभयो । निकै समय पछि सचिव र अध्यक्षले पटक पटक गरी १ करोड ७२ लाख तिर्नुभयो र बाँकी पैसा काठमाण्डौँका भोला रायमाझीको घर शेयर सदस्य केदारप्रसाद दहालको नाममा आपसी लेनदेनमा पास गरेर सोही घर दृष्टिबन्धक गरी, ११ आना काठमाण्डौकै जग्गा र ठूलोपातलको ८६ रोपनीजग्गा राखी केदार दाहाल, नारायण दहाल, नवराज घिमिरेको नाममा ऋण कायम गरी उहाँहरु फुकुवा त हुनुभयो तर संस्थालाई निकै दुख दिनुभयो त्यस्तो संकटका बेला मैले संस्थालाई थाम्नु पर्यो । पछि त्यो काठमाण्डौको घर संस्थाले केदार दहालसँग किन्यो तर पहिलेको घरबेटी भोला रायमाझीले केदार दहाललाई मुद्धा हाले जसका कारण घर बेच्न सकिएको छैन । त्यो बेला कार्यकारी मान्छेहरु कारवाहीमा परेका थिए । खराब सन्देश बाहिर गएकाले सदस्यता फिर्ता लिने चाप थियो, कर्मचारीका प्रमुख नै कारवाहीमा परेकाले अन्य कर्मचारी अन्यौलमा थिए र बाह्य ऋणको चापपनि धेरै थियो त्यस्तो बेलामा मैले संस्था सम्हालेर ल्याएँ, बदनाम भएको संस्थालाई आजको अवस्थामा ल्याएँ र अब म पनि म खराब मान्छेको हातमा संस्था जान दिन्न भन्ने मेरो भनाइ हो ।

अब उहाँको (माधव दहालको) आर्थिक कारोबार संस्थामा केही बाँकी छ कि छैन ?

त्यो ठूलो कारोबार त लगभग सकिएको छ तैपनि घरको बिक्री नहुन्जेल अझै सुरक्षित अवतरण भयो भन्ने अवस्था छैन यसबाहेक पनि उहाँको श्रीमती लक्ष्मी दहालको नाममा करिव ४० लाख ऋण रहेको छ र पछिल्लो २ वर्षदेखि व्याजसम्म समेत असुल नभएको अवस्था रहेको छ । धितो, धितोको मन्जुरीनामा, साक्षी उहाँ आफै हुनुहुन्छ ।

तपाई नेतृत्वमा आएपछि संस्थामा के–के कुरा सुधार गर्नुभयो ?

म एकदमै बिषम परिस्थितिमा नेतृत्वमा आएको थिएँ । म आएपछि सञ्चालक र कर्मचारीलाई क्षमता विकासका तालिमहरु सञ्चालन गराएँ । नयाँ र कुशल ब्यवस्थाप कल्याएँ । पहिले ४\५ वटा नीति थिए । मैले ४१ वटा नीतिनिर्माण गरेँ, सबै सञ्चालकहरुले स्वयंसेवकको रुपमाा काम गर्यौँ, पहिले ५ हजार ऋण लगानी गर्न पनि अध्यक्षलाई सोध्नु पर्ने रहेछ तर अब कर्मचारीहरु निकै सक्षम भएका छन् । सञ्चालकहरुका बीचमा टीममा काम गर्ने वातावरण बनाएँ, संस्थामा प्रविधिको विकास गरेँ, छाता संस्थाहरुसँग समन्वय र सहकार्य तथा पहुँच विस्तार गरेँ । संस्थालाई पल्र्स र हिमालका सूचकहरुमा केन्द्रित गरेर काम गरेँ । खराब ऋणीका नाम पत्रिकामा प्रकाशन गरेर ऋण उठाउने काम गरेँ । हाल सस्थाले प्रोव्यासन व्राण्ड प्राप्त गरेको छ ।

२०७२ सालको माघमा संस्थाका तत्कालीन अध्यक्ष माधव दाहालको अगुवाईमा शेयर सदस्यहरु राधाकृष्ण दहाल र दीपक राउतको नाममा जनही २ करोडका दरले जम्मा ४ करोड रुपैँया झिकेर काठमाण्डौमा जग्गा कारोबार गर्न लैजानु भएछ । जुन कुरा संस्थाको विनियम र यो सहकारी आन्दोलनको मर्म विपरीत कालो कर्म हो । सञ्चालक समिति र कर्मचारी कसैलाई थाहा नदिइ, निकै गोप्य योजना बनाएर यो काम गरिएको रहेछ तर उहाँहरुको योजना असफल भएपछि एकाएक कुरा बाहिर आयो । त्यो ठूलो कारोबार त लगभग सकिएको छ तैपनि अझै सुरक्षित अवतरण भयो भन्ने अवस्था छैन यसबाहेक पनि उहाँको श्रीमती लक्ष्मी दहालको नाममा करिव ४० लाख ऋण रहेको छ र पछिल्लो २ वर्षदेखि व्याज समेत असुल नभएको अवस्था रहेको छ ।

एक कार्यकाल अध्यक्ष भईसकेपछि पुनः तँपाईको अध्यक्ष पदमा उम्मेदवारी किन ?

मेरो उम्मेदवारी संस्थाले निलम्बन गरेको ब्यक्तिले संस्थामा पुन प्रवेश गरी कब्जा गर्ने र आर्थिक विसंगती मच्चाउने सम्भावना देखेकाले संस्थालाई सुशासन दिलाउन, शेयर सदस्यका पैसा सुरक्षित गर्न र सहकारी क्षेत्रका विकृति र विसंगति हटाउने नै हो । यस बाहेक नेतृत्व हस्तान्तरण गर्दै जाने थिति बसाल्न, एक अरबको कारोबार भएको संस्थामा क्षमतावान र आर्थिक अनुशासित नेतृत्व हुनुपर्छ भन्ने लागेको छ । त्यस्तै संस्थालाई एक्सेस ब्राण्डिङमा लैजानु पर्छ भन्ने योजना पूरा गर्न र सेवा केन्द्रहरुलाई ब्यवस्थित र शेयर सदस्य मैत्री बनाउने लगायतका विविध योजनाहरु सम्पन्न गर्न मेरो उमेदवारी हो ।

चुनाव जित्ने आधारहरु चाँहि के छन् त ?

जनमुखी सहकारीको निर्वाचन हुदैछ । यो निर्वाचनमा सबै शेयर सदस्यहरुले विवेकको प्रयोग गर्नुहुने छ । गलतनियतको मान्छेलाई नेतृत्व दिँदा संस्था समाप्त हुन्छ भन्ने सबैलै बुझ्नु भएको छ । मेरो पहिलो कार्यकालको कामलाई पनि मूल्यांकन गर्नुहुने छ । सस्थाका कर्मचारी र निर्विरोध निर्वाचित सञ्चालक समितिका साथीहरुले मलाई सहयोग गर्नुहुन्छ । म पेशाले शिक्षक र प्रतिष्ठित विद्यालयको सहायक प्रधानाध्यापक भएकाले पनि मैले संस्थामा गलत काम गर्न सक्दिन भन्ने बुझाई आम शेयर सदस्यमा छ । मेरा विद्यार्थी भाईबहिनी र शिक्षक स्टाफहरुले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेरो स्वच्छ भावना, पारदर्शी कार्यशैलीको प्रचार .गरिरहनु भएको छ । पूर्व विद्यार्थीहरु, जिल्लाभरका सहकारी अभियन्ताहरु, छाता संस्था र सम्पूर्ण सहकारी पे्रमी ब्यक्तिहरुले भ्रष्ट आचरण भएका ब्यक्तिलाई परास्त गरेर सहकारी अभियानलाई शुद्ध, स्वच्छ र दृढ बनाउन मेरै नेतृत्व चाहनुभएको छ त्यसकारण यो निर्वाचनमा मैरै जीत हुन्छ । सहकारीको चुनावमा पैसा खर्च गर्ने, बल प्रयोग गर्ने, हुलदंगा गर्ने प्रलोभन देखाउने जस्ता हर्कतहरु पनि प्रतिस्पर्धीबाट भैरहेको सुनेको छु, यी सबै कुरा यही निर्वाचनबाट समाप्त हुने छन् । हामी र हाम्रो संस्था नयाँ ढंगले अघि बढने छ ।

१६ माघ २०७७ । ९ः४५ बजे प्रकाशित

VIEWS: 5365 पटक हेरीएको
error: Content is protected !!