सहकारी दिवसमा जनसचेत साकोसको रक्तदान कार्यक्रम

3 weeks ago/Wednesday, March 31st, 2021

दोलखा, १ चैत ।

दोलखाको वैतेश्वर गाउँपालिका ५ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा रहेको जनसचेतन साकोसले आज आफ्नै प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी, सदस्य लगायत ५६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ४९ जना पुरुष र ७ जना महिलाले रक्तदान गरेको जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदाताहरुबाट ५६ पिन्ट रगत संकलन भएको छ । सो रगत आजै नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेललाई हस्तान्तरण गरीएको जनसचेतन साकोसले जनाएको छ । संस्थाका अध्यक्ष हेमन्त चौंलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्सकुनका सञ्चालक समितिका सदस्य जिवसराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

१८ चैत, २०७७ । ३ः०० बजे प्रकाशित ।

 

VIEWS: 1300 पटक हेरीएको
error: Content is protected !!