सहमतिमै बिशेष गाउँ सभा आव्हान गरिएको होः कालिका पाठक, उपाध्यक्ष, कालिन्चोक गाउँपालिका

2 weeks ago/Sunday, November 3rd, 2019

दोलखाको कालिन्चोक गाउँपालिकाको केन्द्र सम्वन्धि विवाद उत्कर्षमा पुगेपछि गाउँपालिकाले बिशेष गाउँसभाको आव्हान गरेको छ । सुनखानीमा रहेको अस्थायी केन्द्रलाई कायम गर्ने वा अध्यक्ष सहितका जनप्रतिनिधिले गाउँपालिकाको कागजात र सामाग्रि कव्जा गरेर लगेको वडा नम्बर ५ लापिलाङ स्थित बन्देथलीमा स्थायी केन्द्र राख्ने भन्ने बिषयमा निर्णय लिन बिशेष गाउँ सभाको आयोजना गरिएको हो । गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले गाउँ कार्यापालिकाका सबै सदस्यहरुलाई कार्तिक २१ गते हुने बिशेष गाउँ सभामा अनिवार्य उपस्थित हुन पत्राचार गर्नुभएको छ । श्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी गाउँपालिका सँगठन समिति समेतको निर्देशनमा नेकपाबाट निर्वाचित अध्यक्ष थामीले समस्या समाधानका लागि बिशेष गाउँ सभाको आव्हान गर्नुभएको हो ।

बिशेष गाउँ सभामा कालिन्चोक गाउँपालिका वडा नम्बर ७, ८ र ९ अर्थात सुनखानी र सुन्द्रावतीलाई भीमेस्वर नगरपालिकामा गाभ्न सहमति दिने, ३ वडा भीमेमस्वर नगरपालिकामा गाभिए पछिको अवस्थामा बाँकी रहेको वडाहरुलाई पायक पर्ने स्थानमा स्थायी केन्द्र तोक्ने र वडाहरुको पुर्न सँरचना गर्ने तथा अर्को निर्वाचन नभएसम्मका लागि गाउँपालिकाको कार्यालय बन्देथलीवाट सँचालन गर्ने भन्ने बिषयमा छलफल हुने बताईएको छ । आज हामीले यसै सन्दर्भमा आधारित रहेर कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, सहकर्मी लक्ष्मी बस्नेतले गरेको कुराकानी ।

अन्तत, कालिन्चोक गाउँपालिकाको केन्द्र विवादलाई टुँगो लगाउन बिशेष गाउँ सभा बस्ने भएछ, हैन ?
हजुर ।

यो गाउँसभा अध्यक्ष, तँपाई र अन्य जनप्रतिनिधिहरुको सहमतिमै बोलाईएको हो कि ? एकतर्फि रुपमा ?

हैन, अहिले सहमतिमै गाउँसभा बोलाईएको छ । तर, अब कतिपय एजेण्डामा चाँहि छलफल गर्नुपर्छ ।

कतिपयले चाँहि पार्टीको निर्देशन वमोजिम बिशेष गाउँ सभा बोलाएको भनेका छन् । सत्य के हो ?

दुई वटै कुरा हो । चुनावमा टिकट पनि पार्टीले दिएको हो । हामी पार्टीकै मातहतका कार्यकर्ता पनि हौँ । पार्टीले हामीलाई सहकजीकरण गरेको छ । पालिकामा समस्या आएको छ र समस्या आएपछि समाधानका लागि पार्टीले पनि सहजिकरण गरिदिएको हो । सल्लाह सुझाव दिएको छ ।

त्यसो भए, यो गाउँ सभामा कुन–कुन बिषय र एजेण्डामा छलफल हुन्छ ? बिशेष सभाले समस्या समाधान गर्ला ?

समस्या समाधान अब एक दिनमा मात्रै हुँदैन । गाउँसभामा जुन विगतदेखि भएको केन्द्रको विवादको विषयमा पनि छलफल हुन्छ । अब वडाहरु नमिलेको अवस्था पनि छ, जसको कारणले पनि समस्या आईरहेको छ । वडाहरु पनि छुट्याउने की ? भन्ने खालको कुरा आईरहेको छ र कतिपय कुराहरु सार्वजनिक पनि भईसकेका छन् । ती कुराहरु विशेष गाउँसभामा छलफल गरेर टुंग्याउने कुरा छ ।

केन्द्र राख्ने त अहिले राजपत्रमा प्रकाशन गरेको छैन । छलफल गर्ने हो । विषेश गाउँसभाले म्याण्डेड दिन्छ र हामी प्रदेशमा पठाउछौँ । त्यसपछि प्रदेशले सिफारिस गरेर सँघमा पठाउँछ । सँघले सिफारिस दिइएसके पछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ र त्यसपछि मात्रै स्थायी केन्द्र हुन्छ । अहिले सहमति भयो भने सेवा केन्द्रको रुपमा पनि अघि जान सकिन्छ । तर, सहमति भएन भने त्यो केन्द्र भन्ने खालको कुरा अहिले हुँदैन ।

फेरिपनि जनप्रतिनिधि वीच नैं असमझदारी भएर कुटाकुट पो हुने हो कि ?

हैन त्यो त छलफल भईहाल्छ, शान्तिपुर्ण रुपमा हुन्छ, त्यस्तो कुटाकुट नै त किन गर्नुप¥यो ? छलफल हुन्छ, छलफलमा अलि गरमागरम पनि हुन्छ, कहिलेकाहीँ छलफलमा चर्काचर्की पनि हुन सक्छ, त्यो हरेक ठाउँमा हुन्छ । किनकी हरेक विषयहरुको आ–आफ्नै महत्व हुन्छ । त्यो अनुसारको कुनै–कुनै विषयहरुमा चर्काचर्की पनि हुन सक्ला । सामान्य पनि हुन सक्ला । तर, त्यस्तो कुटाकुट वा असामान्य अवस्था होला भन्ने मलाई लाग्दैन ।

यसको अर्थ, कालिन्चोक गाउँपालिका वडा नम्बर ७, ८ र ९ लाई भीमेस्वरमा गाभ्ने र लापिलाङको बन्देथलीमै केन्द्र राख्ने बिषयमा तँपाईहरु पनि सहमत हुनुभयो ?

केन्द्र राख्ने त अहिले राजपत्रमा प्रकाशन गरेको छैन । छलफल गर्ने हो । कहिले देखि त्यो केन्द्र हुन्छ भन्ने खालको करा चाहीँ विषेश गाउँसभाले म्याण्डेड दिन्छ र हामी प्रदेशमा पठाउछौँ । त्यसपछि प्रदेशले सिफारिस गरेर सँघमा पठाउँछ । सँघले सिफारिस दिइएसके पछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ र त्यसपछि मात्रै स्थायी केन्द्र हुन्छ । अहिले सहमति भयो भने सेवा केन्द्रको रुपमा पनि अघि जान सकिन्छ । तर, सहमति भएन भने त्यो केन्द्र भन्ने खालको कुरा अहिले हुँदैन । हामीले त केन्द्र भनौँला कुनै पक्षले त भन्ला, तर केन्द्र हुनका लागि प्रक्रियामा जानुप¥यो । गाउँसभाको दुई तिहाई बहुमतले पारित गर्नुप¥यो । त्यो कुरा प्रदेशमा पठाउनुप¥यो । प्रदेशले सिफारिसका साथ सँघमा पठाउँछ र सँघले सिफारिस दिईसकेपछि केन्द्रको राजपत्रमा प्रकाशित गरेपछि मात्रै आधिकारिक केन्द्र हुन्छ । अहिले चाहीँ स्थायी केन्दै्र नतोकुनजेलसम्म कालिञ्चोक वडा नम्वर ८ मा राख्ने नेपाल सरकारको निर्णय छ, सोही अनुसार हामीले कार्यालय चलाएका हौँ ।

तिन वटा वडालाई भीमेस्वरमा गाभ्ने, बाँकी वडाको पुर्न सँरचना गर्ने र फेरि पायक पर्ने स्थानमा कालिन्चोक गाउँपालिकाको केन्द्र तोक्ने बिषय त्यति सजिलो छ र ?

छलफलमा भाग लिने हो । हामीले एक पटक छलफल नै नगरि यसै भन्न सकिन्न । छलफल गर्ने हो र स्पष्ट रुपमा विशेष प्रक्रिया छ, त्यसमै तोकिएको छ । तोकिएको प्रक्रिया पुरा गरेर, गाउँसभा गरेर सहमतिका साथ पठाईयो भने त्यो करिवन समय त लाग्छ, तर, हामीले गर्न चाहीँ प्रोशेस अनुसार नै गर्नुपर्छ । त्यो गरिसकेपछि तत्कालिन रुपमा नभएपनि चुनावको एक वर्ष अघि कार्यान्वयन गर्ने भनिएको छ । सायद, त्यो प्रक्रिया पुरा भयो भने कार्यान्वयन हुन पनि सक्छ ।

१७ कार्तिक २०७६ । ९ः०० बजे प्रकाशित

VIEWS: 6695 पटक हेरीएको
error: Content is protected !!